Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

प्रशान्त महासागरमा बिमान खस्यो, यात्रु सबै सकुशल

वेलिङ्टन, न्यूजिल्यान्ड, १२ असोज । प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्यू गिनी (पिएनजी)को एउटा हवाइजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवाइ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा खसेको थियो ।

पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुङ्गाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । विमानमा यात्रु र चालक दलका सदस्यसहित ४७ जना सवार थिए । विमानमा यात्रारत एकजना यात्रुले पानीमा डुब्दै गरेको जहाजभित्र पानी पस्न थालेपछि विमानका कर्मचारी र यात्रुहरु आपतकालीन ढोकाबाट बाहिर निस्केको बताए । स्थानीय डुङ्गाहरुले विमानमा रहेका सबै ४७ जनाको उद्धारका लागि सहयोग गरेका थिए । यो बिमान माइक्रोनेसियाली द्वीपको चूक आइल्यान्ड (द्वीप) मा अवतरण गर्न लागेको थियो । बिमानका एक यात्रु बिल जेनेसले एयर न्यूजिनी बिमान धेरै तलबाट उडेको बताए । “मैले बिमान यति तलबाट उडेकामा आश्चर्य मान्दै थिएँ । पानीमा झर्नासाथ बिमानको माथिल्लो भागबाट पानी भित्र पस्न थालेको थियो ।” जेनेसले डुब्दै गरेको बिमानको आपतकालीन ढोकाबाट बाहिर निस्केर पानीमा हाम फालेको बताए । आफूलाई सामान्य चोट लागेको बताउँदै जेनेसले बिमानमा सवार पत्नी पनि चिच्याइरहेको जानकारी दिए । यो दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन । बिमान कम्पनीले हवाइजहाज बिमानस्थलमा उत्रनुअघि नै बिमान पानीमा झरेको जानकारी दिएको छ । जेनेसले धावनमार्गमा छोएर पानीमा झरेको बताए । उक्त हवाइजहाज ३० मिटरजति पानीमा डुबेको थियो । बिमान डुब्नुअघि सबै मानिसलाई उद्धार गरिएको थियो ।  सन् २००९ मा अमेरिकाको न्यूयोर्कमा पनि एउटा बिमान हड्सन नदीमा खसेको थियो, तर बिमानका यात्रुलाई हवाइजहाज डुब्नुअघि नै उद्धार गरिएको थियो । यो घटनालाई “हड्सनको चमत्कार” पनि भनिन्छ । बिमान कम्पनीका अनुसार बोइङ ७३७ बिमानमा ३५ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए । कम्पनीले बिमान अवतरण गर्नेक्रममा मौसम राम्रो नभएको, ठूलो पानी परेको र दृश्यता (भिजिबिलिटी) कम रहेको जनाएको छ । एयर न्यूगिनी पपुआ न्यू गिनीको राष्ट्रिय ध्वजाबाहक बिमान हो । यो कम्पनीले हालैका दिनहरुमा मनिला, सिड्नी र सिंगापुरमा पनि उडान गरिरहेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending