मुसिकोट, १० असोज । रुकुम पश्चिमका दुई विमानस्थल उडानविहीन बनेका छन् । जिल्लाको सल्ले र चौरजहारी विमानस्थल उडानविहीन बनेका हुन् । हवाई सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या परेको छ । विगत १५ महिनादेखि चौरजहारी विमानस्थलको हवाई सेवा ठप्प बनेको विमानस्थल स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए । नेपाल वायुसेवा निगमसँग प्रयाप्त जहाज र पाइलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाई सेवा बन्द गरिएको उनको भनाइ छ ।
यता सदरमुकाम मुसिकोटस्थित सल्ले विमानस्थलको हवाई सेवासमेत बन्द भएको दुई महिना पुगेको छ । सल्ले विमानस्थल स्टेशन प्रमुख अमरदीप राईका अनुसार निगमसँग भएका पुराना दुई जहाजको नेपालगञ्जमा मर्मत कार्य भइरहेकाले यहाँको हवाई सेवा रोकिएको छ । जहाज मर्मतको काम अन्तिम चरणमा पुगेकाले अबको एकहप्ता भित्रै सल्ले विमानस्थलको हवाई सेवा पुनःसञ्चालनमा आउने उनले जानकारी दिए ।
गत वर्ष जेठको अन्तिम सातादेखि बन्द भएको चौरजहारी विमानस्थलमा हवाई सेवा पुनःसञ्चालनमा नआउँदा रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिक समस्यामा परेका छन् । यस्तै दुई महिनाअघिबाट सल्ले विमानस्थलको हवाई सेवा रोकिएपछि रुकुम पश्चिम र पूर्वका सेवाग्राहीलाई समस्या भएको छ ।
जिल्लाका दुई वटै विमानस्थल उडानविहीन भएको भन्दै सेवा सञ्चालनका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । जिल्लाबाट बाहिर जाने सडकको अवस्थासमेत बिग्रिएको र जटिल प्रकृतिका बिरामी र गर्भवती महिलालाई अन्यत्र रिफर गर्दा समस्या हुने देखिएकाले उक्त प्रयास गरिएको प्रजिअ रेग्मीको भनाइ छ । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: