Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

यौन आक्रमणको अभियोगमा हास्य कलाकारलाई कैद सजाय

संयुक्त राज्य अमेरिकाका ख्यातिप्राप्त हास्य कलाकार बिल कोस्बीलाई यौन आक्रमणको मुद्दामा दोषी ठहर गर्दै तीन देखि दश वर्ष सम्मको कैद सजाय सुनाइएको छ। पेन्सिल्भेनियाका एक न्यायाधीशले ८१ वर्षीय हास्य कलाकार कोस्बीलाई \"हिंसक यौन आक्रमणकारी\"को संज्ञा दिए। कोस्बीले कैद सजायका अतिरिक्त आजीवन मनोपरामर्शदाताको सहयोग लिनु पर्ने भनिएको छ। गत एप्रिल महिनामा भएको सुनुवाइको क्रममा कोस्बी सन् २००४ मा एन्ड्रियाज कन्स्ट्यान्ड लाई लागुपदार्थ दिएको र यौन हमला गरेको मुद्दामा दोषी ठहर भएका हुन्। अन्य महिलाले पनि कोस्बीले आफूलाई यौन आक्रमण गरेको आरोप लगाएका छन्। तर ती घटना धेरै पुराना भएकोले ती मुद्दा अघि बढेनन्। कोस्बीको नाम अब अमेरिकामा यौन अपराधमा संलग्न व्यक्तिहरूको सूचीमा समेत रहनेछ। फैसलापछि बिल कोस्बीले कुनै प्रतिक्रिया दिएनन्। पेन्सिल्भेनिया पुगेकी बीबीसीकी एक संवाददाताका अनुसार बिल कोस्बीले कारागारमा पहिलो रात बिताएका छन्। न्यायाधीशले कोस्बीलाई कोही पनि कानुनभन्दा माथि नरहेको बताएका थिए। कोस्बीलाई कम सजाय दिएमा उनको अपराधविरुद्ध न्याय हुन नसक्ने उनको भनाइ थियो। \"\" कोस्बी अमेरिकामा #मिटू अर्थात म पनि पीडित भन्ने यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलन सुरुभएपछि कैद सजाय भोग्ने पहिलो ख्यातिप्राप्त व्यक्ति हुन्। #मिटू आन्दोलनका क्रममा अमेरिकाको मनोरञ्जन उद्योग, राजनीति र अन्य क्षेत्रका दर्जनौँ शक्तिशाली पुरुषहरूमाथि विभिन्न आरोप लागेका छन्। अस्वीकार कोस्बीले धरौटी तिरेर पुनरावेदन गर्न गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको थियो। सन् १९८०को दशकमा टेलिभिजनको कोस्बी शो चलाएपछि हास्यकलाकारको रूपमा कोस्बीले निकै ख्याति कमाएका थिए। ब्रुकलिन, न्यूयोर्कको धनाढ्य अफ्रिकी-अमेरिकी परिवारको प्रतिनिधि बनेका कोस्बीलाई त्यतिबेला \'अमेरिकाको ड्याड\' अर्थात पिता पनि भनिन्थ्यो। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending