बनेपा, ८ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीको लागि आवश्यक पर्ने काम सबै स्थानीय तहबाट गर्ने व्यवस्थाको सुनिश्चित गरेको बताएका छन् । आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी नमुना माविको नवनिर्मित भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको भवनको अनुगमनका क्रममा उहाँले पुनःनिर्माणको सबै कामलाई अगाडि बढाउन स्थानीय तहलाई जिम्मेवारी दिइएको बताए । लाभग्राही र त्यसमा नपरेकाहरुको गुनासो धेरै आइरहेको कुरालाई छिटोभन्दा छिटो सम्बोधन गर्ने र वास्तविक हो÷होइन भन्ने कुरामा समेत जनप्रतिनिधिलाई पूर्ण जानकारी हुने भएकाले सबै प्रकारको समस्याको समाधान गर्ने जिम्मा गाउँपालिका र नगरपालिकाबाट नै सम्बोधन हुने गरी कार्यविधि बनाएर अगाडि बढिसकेको बताए । विद्यालय भवन पनि स्थानीय तहअन्तर्गतकै काम भएकाले सबै हेर्ने, गर्ने र संरक्षणको जिम्मा पनि स्थानीय तहको नै हुने भएकाले सबै जिम्मा दिएको उनको भनाइ थियो । ‘‘छिटो ढङ्गले काम गर्न र गुनासोलगायतको कामको सुनुवाइ तत्काल सम्बोधन गर्ने गरी यसअघि जिल्ला तहमा हुने गरेको काम स्थानीय तहमा नै गर्ने गरी वरिष्ठ इञ्जीनियरहरु खटाएर काम गर्ने गरी निर्णय गरेको कार्यविधि मन्त्रिपरिषद्मा गइसकेकाले पारित हुनेबित्तिकै कार्यान्वयन हुन्छ,’’ उनीले भन्छन् । गुनासोको छिटो सम्बोधन गर्नका लागि पुनःसर्वेक्षण गर्ने प्रक्रिया अगाडि बढाएको र निश्चित समयभित्र टुङ्गो लगाउनु पर्ने भएकाले त्यसअनुसार छिटो गतिमा काम भइरहेको उनले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणको कामले गति लिएको भएपनि चाहेजति काम नभएको भन्दै त्यसको लागि लक्षित ढङ्गले कार्यक्रम बनाइरहेको बताए । उनले त्यसको लागि सहज बनाउन प्रत्येक गाउँ तथा नगरपालिका तहको पुनःनिर्माण समितिलाई कार्ययोजना बनाउन आग्रह गरेका छौँ भने । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको सञ्जीवनी नमूना माविको भवन निर्माणका लागि भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत एशियाली विकास बैङ्कको रु नौ करोड ९८ लाख १८ हजार ५१७ सहयोग तथा शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ काठमाडौँको आयोजनामा आगामी पुस १२ गते सम्पन्न गर्ने गरी तीनवटा भवन निर्माणको काम भइरहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा विसं २०७२ मा भएको भूकम्पमा परी ६९० वटा विद्यालयको पाँच हजार २१० कक्षा कोठामध्ये पूर्णक्षति भएका ९५४ कक्षा कोठा, बढी क्षति भएको कक्षा कोठा ९१४ र सामान्य क्षति कक्षा कोठा एक हजार ४८३ रहेको थियो । अहिलेसम्म ८०० वटा कक्षा कोठा निर्माण कार्य सम्पन्न भएको जिल्ला कायोजना कार्यान्वयन एकाइले जनाएको छ । बाँकी कक्षा कोठा सरकार, विभिन्न सङ्घसंस्था र एशियाली विकास बैङ्कको सहयोगमा निर्माण कार्य भइरहेको इञ्जिनियर सोभित श्रेष्ठले जानकारी दिए। रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: