Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

डोनाल्ड ट्रम्पको रात्रिभोजमा प्रधानमन्धी अोली, क-कसलार्इ भेट्दैछन् ?

अमेरिका । संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रसंघ महासभामा भेट हुनेबाहेक भियतनामका प्रधानमन्त्री हुन सेन, क्यानाडाका प्रधानमन्त्री जस्टिन थ्रडेउ, बेलायतकी प्रधानमन्त्री थेरेसा मे र स्वीट्जरल्याण्डका राष्ट्रपति अलेन बर्सेटसँग भेटवार्ता गर्नेछन् । त्यसबाहेक ओलीले संयुक्त राष्ट्रसंघको महासभा उद्घाटनकै दिन बुधबार (९ असोज) मा राष्ट्रसंघका महासचिव न्टोनियो गुटेरेस र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नेछन् । महासचिव गुटरेससँग महासभाकै क्रममा ११ असोजमा भेटघाट हुन लागेको हो भने राष्ट्रपति ट्रम्पसँग भोलि साँझ उनले आयोजना गर्ने रात्रिभोजका क्रममा भेट हुन लागेको हो । नेपाली प्रतिनिधि मण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल सरकारका अन्य बरिष्ठ अधिकारी छन् । न्यूयोर्कस्थित नेपालको राष्ट्रसंघीय स्थायी नियोगले जनाए अनुसार, न्यूयोर्क पुगेको प्रतिनिधि मण्डललाई वासिङटन डिसीस्थित नेपाली राजदूत डा अर्जुन कार्की र न्यूयोर्कस्थित नेपाली नियोग उपप्रमुख निर्मलराज काफ्लेले स्वागत गरेका थिए । भोलि (९ असोज) देखि सुरु हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले ११ असोजमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । भोलि नै प्रधानमन्त्री ओली स्व नेल्सन मण्डेलाको १०० औँ जन्मदिनको स्मृतिमा हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ उनले सम्बोधन गर्ने कार्यक्रम पनि छ । भोलि बेलुकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिने रात्रिभोजमा पनि ओली सहभागी हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending