Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

जोहानेस माइबर्ग । साओ पाउलो, ४ असोज । ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने चिन्तामा डुबेका हुन्छन् । कमजोर अर्थतन्त्रका कारण आफ्नो सुरक्षाका लागि उनीहरुसँग यथेष्ट रकम पनि छैन । अर्कैले प्रयोग गरिसकेको बुलेटप्रुफ (गोली छेक्न सक्ने) कार उनीहरुको रोजाइमा पर्न थालेको छ ।

साँच्चिकै सुरक्षाका लागि होस् वा अरुलाई देखाउन, निजी बुलेटप्रुफ कार धनदौलतको रवाफ देखाउन पनि प्रयोग गरिन थालेको छ । ब्राजिलमा अरु धेरै मुलुकमा भन्दा ज्यादै बढी बुलेटप्रुफ कार प्रयोग हुने मुलुकमा दर्ज भइसकेको छ । औद्योगिक क्षेत्रका विज्ञहरुका अनुसार ब्राजिलमा विश्वमै सबैभन्दा ठूलो बुलेटप्रुफसम्बन्धी उद्योग सञ्चालनमा छ । यहाँ करिब २४ करोड ५० लाख अमेरिकी डलर बराबरको बुलेटप्रुफ निर्माणसम्बन्धी उद्योग छ । तर आर्थिक मन्दीबाट बिस्तारै घस्रेर सुधारतर्फ अघि बढेको ब्राजिलमा सवारी चालकहरु बजेटको चाँजोपाँजो मिलाउनमै व्यस्त देखिन्छन् । लगातार दुई वर्षसम्म निकै ओरालो लागेको ब्राजिलको अर्थतन्त्र सन् २०१७ मा एक प्रतिशतले झिनो वृद्धि भएको थियो । “मलाई कार औधी मन पर्छ, तर एउटा मात्र कारका लागि यतिधेरै खर्च गर्न मलाई ठीक लागेको छैन,” एकजना कानुन व्यवसायी माउरिसियो पाउलोले बताउनुभयो । उहाँ अहिले दोस्रो बजारबाट खरिद गरिएको बुलेटप्रुफ भोल्भो एक्सजेड ६० चढ्दै हुनुहुन्छ । पाउलोको यो ४० वर्ष पुरानो चौथो बख्तरबन्ध कार हो । ट्राफिक लाइटमा रोकिएको बेला डकैती भएपछि उहाँले पहिलो बुलेटप्रुफ कार किन्नुभएको थियो । १८ महिनाअघि छोरी जन्मिएपछि उहाँले अर्को पनि बुलेटप्रुफ गाडी किन्नुपरेको थियो । तर यसपटक पनि उहाँसँग मितव्ययी हुनुको विकल्प थिएन । “असुरक्षित परिस्थितिका कारण मलाई बुलेटप्रुफ कार नै चाहिएको थियो,” उहाँले भन्नुभयो । “मैले अरुले चढेको पुरानो कार किनें किनभने थोरै पैसामा सुरक्षितसाथ घुम्ने एकमात्र विकल्प यही थियो ।” सामान्य कारलाई बुलेटप्रुफ बनाउन थप १३ हजार अमेरिकी डलर आवश्यक हुन्छ । यो रकमले त अर्को कार किन्न पनि पुग्छ । तर पुराना बुलेटप्रुफ कारको मूल्य भने १० देखि ४० प्रतिशतसम्म न्यून हुने गरेको छ । अर्को ठूलो बजार मेक्सिकोको हो । यहाँ सन् २०१७ मा दुई हजार ९८६ वटा कारमा बुलेटप्रुफ राखियो । गत वर्षको आर्थिक जटिलताका बाबजूद ब्राजिलमा १५ हजार कारमा बुलेटप्रुफ जडान गरिएको छ । ब्राजिलको आर्थिक राजधानी साओ पाउलोमा खासगरी मध्यमवर्गले कारलाई बुलेटप्रुफ बनाएको पाइएको छ । यद्यपी, ब्राजिलका विभिन्न भागमा तनाब भइरहे पनि साओ पाउलोलाई सबैभन्दा सुरक्षित मान्ने गरिन्छ । झण्डै दुई तिहाई बुलेटप्रुफ जडानको कार्य साओ पाउलोमै हुने गरेको छ, र मुलुकका करिब एकलाख ५० हजार बुलेटप्रुफ जडित कारमध्ये अधिकांश यही सहरमा छन्, बुलेटप्रुफसम्बन्धी संस्था अब्राबलीनले जनाएको छ । अब्राबलीन वा पुराना कार बिक्रेताको छाता संस्था फेनाउतो दुबैले पुराना बुलेटप्रुफ गरिएका कारको अभिलेख राखेका छैनन् । तर औद्योगिक क्षेत्रका विज्ञहरुको भनाइमा यो वास्तविक प्रवृत्ति हो । “यो वर्ष पुराना कारको बिक्री अझ बढ्ने देखिन्छ,” साओ पाउलोस्थित बुलेटप्रुफको काम गर्ने कम्पनीका निर्देशक फाबिओ रोभेडो डे मेल्लोले बताउनुभयो । “मुलुकको पछिल्लो परिस्थितिका कारण प्रयोग भइसकेका कारको माग ह्वात्तै बढेको छ ।” ब्राजिलमा सन् २०१६ मा नयाँ कारको खरिदबिक्री १० वर्ष यताकै सबैभन्दा कम भएको छ । मानिसहरु पुराना गाडीमा बुलेटप्रुफ जडान गर्नतिर आकर्षित भएका छन् किनभने नयाँ कार खरिद गरेर त्यसमा बुलेटप्रुफ लगाउँदा अति महङ्गो पर्दछ । “नयाँ कारको बिक्री घट्नुको अर्थ प्रयोग भइसकेका पुराना कारको माग बढ्नु हो, किनभने मानिसले नयाँ कार खरिद गर्न सकिरहेका हुँदैनन्,” हाइड्रोइलेक्ट्रिक कम्पनीमा कार्यरत व्यवस्थापक इलीयान वाकाचुकीले बताउनुभयो । उहाँ बुलेटप्रुफ गरिएको आरामदायी मर्सिडिज बेन्ज जीएलए २०० को “टेस्ट–ड्राइभ” गरिरहुनभएको थियो । नयाँ कार खरिद गरेर बुलेटप्रुफ जडान गरेकाहरु पनि आफ्नो कार बिक्री गर्न खोजिरहेका पाइन्छन् । गत वर्ष, सबैभन्दा बढी टोयोटा कोरोल्लाको नयाँ कारमा बुलेटप्रुफ गरिएको थियो । कारधनीहरुले अपराधमा भएको तिब्र वृद्धिका कारण थप सुरक्षा चाहेको बताएका छन् । ब्राजिलमा रहेका केही अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्ना कर्मचारीलाई बुलेटप्रुफ कार अनिवार्य रुपमा चढ्न बाध्य बनाएका छन् । तर कार नै चाहिन्छ वा चाहिन्न भन्ने अर्को प्रश्न हो । ब्राजिलकै सबैभन्दा धनी राज्य साओ पाउलोमा सन् २०१६ मा सबैभन्दा न्यून दरमा हत्याका घटना भएका थिए । यो राज्यमा प्रति एक लाख जनतामा १०.९ हत्या भएका थिए जबकी ब्राजिलको राष्ट्रिय औसत दर ३०.३ प्रतिशत रहेको छ । ब्राजिलको उत्तरपूर्वी सर्जीप राज्यमा यो दर ६४.७ प्रशितशत रहेको छ । “ब्राजिलमा बुलेटप्रुफ कारले व्यक्तिको प्रतिष्ठा जनाउँछ । मानिसले आफ्नो सुरक्षाभन्दा पनि आफ्नो प्रतिष्ठालाई बढी महत्व दिएका छन् ।” पाउलोका लागि बुलेटप्रुफ सवारीसाधनले सुरक्षामै सुनिश्चित गराइरहेको छ । “यदि कसैसँग केही बढी रकम छ भने उनीहरुले आफ्नो सुरक्षामा बढी नै खर्च गर्नु स्वाभाविक हो,” उहाँले बताउनुभयो । “पैसा नहुनेले सानो मुद्दामा पनि ज्यान गुमाउन बाध्य हुन्छन् ।” रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies