Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

बाल्टिमोरमा काठमाडौं महानगरका मेयर शाक्यलाई यसरी गरियो स्वागत (फोटोफिचर)

मेरिल्याण्ड । काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोर स्वागत गरिएको छ । उनलाई बाल्टिमोर स्थित नेपाल हाउसमा भब्य स्वागत गरिएको हो ।
 
वरिष्ठ लोक गायक तथा महा बाणिज्य दुत प्रेम राजा महतले नगर प्रमुख शाक्यलाई बाल्टिमोरमा गत सेप्टेम्बर १७ तारिखका दिन स्वागत सहित रात्री भोजनको आयोजना गर्नु भएको थियो ।
\"\"
 
अमेरिकाको भ्रमणमा आएको काठमाडौं महानगरपालिकाका नगर प्रमुख शाक्य सहित टोलि तथा बिदेशी अतिथिहरुलाई समेतलाई महाबाणिज्य दुत प्रेम राजा महतलगायत नेपाली समुदाय तथा संघ संस्थाका प्रतिनिधिहरुले भब्य स्वागत गरेका छन् ।
 
साथै अमेरिका आएको काठमाडौँ महानगरपालिकाका टोलीलाई बाल्टिमोर नगर परिषदका प्रमुख लगायत उनका साथमा आएका बिदेशी टोलिका सदस्यहरु ,बाल्टिमोरका नेपाली समुदाय ,बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना )का अध्यक्ष अनु श्रेष्ठ वन्त, लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजका अध्यक्ष विजय श्रेष्ठ ,बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य ,वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष सिजन सिजन श्रेष्ठ लगायतले समेत स्वागत गरेका छन् ।
\"\"
 
उक्त अनौपचारिक स्वागत तथा रात्री भोज कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्य लाई महा बाणिज्य दुत प्रेम राजा महत तथा संघ/संस्थाका प्रतिनिधिहरुले खादा लगाउनुको साथै लाइन्स क्लब अफ बाल्टिमोरले लाइन्स क्लबको बिल्ला (पिन ) समेत प्रदान गरेको थियो । नगर प्रमुख शाक्य नेपाली समुदाय तथा आफुलाई स्वागत गर्नु भएकोमा धन्यवाद दिएका थिए ।
\"\"
 
आफूले यहाँका राम्रा राम्रा कुरा सिक्ने र महा नगर पालिकालाई कसरि व्यवस्थित तथा सुन्दर बनाउन सकिन्छ त्यस बारेमा आफू लागि पर्ने बताए । नगर प्रमुख शाक्यले आगामी बुधबार १९ तारिखमा एक भब्य कार्यक्रम बीच र्जिनिया राज्यको फेड्रिकवर्ग नगर संग भगिनी सम्बन्ध स्थापना गर्ने भएको बताए ।
\"\"
 
नगर प्रमुख शाक्यले आफु र आफ्नो टोलि अमेरिकाको भर्जिनिया राज्यको फेड्रिकवर्ग नगर संग भगिनी सम्बन्ध स्थापना गर्न आएको बताए । उनको साथमा नेपालबाट काठमाडौँ महा नगर पालिकाको टोलि तथा अमेरिकाको भर्जिनिया राजको फेड्रिकवर्ग नगरका टोलि सहित उक्त स्वागत तथा रात्री भोजमा उपस्थिति रहेका थिए । साथै बाल्टिमोर नगर परिषदका प्रमुख/सभापति बरनार्ड सी ज्याक योङ्ग लाई बिद्या सुन्दर शाक्यले काठमाडौँ बाट ल्याएको बुध बुद्धको तस्बिर प्रदान गरेका थिए । बरनार्ड दोश्रो पटक उक्त पदमा निर्वाचित भएका थिए ।
\"\"
 
गत बर्ष भर्जिनिया राज्यको फेड्रिकवर्ग शहरका नगरका प्रमुख मेरी क्याथरिन ग्रीन नेपाल पुगेका थिए भने नेपालमा हुदा उनले दुई सहरको भगिनी सम्बन्ध हुने बताएका थिए ।
 
नगर प्रमुख शाक्यले कुनै पनि सहरको विकासका लागि सूचना तथा ज्ञानले टेवा पुग्नुको साथै स्थानीय क्षेत्रको पहिचान कायम गर्दै समृद्धितर्फ जान विश्वव्यापी आपसी सम्बन्ध लाभदायी हुने बताए ।
\"\"
 
गत बर्ष नेपाल भर्जिनियाको फेड्रिकवर्ग शहरका मेयर ग्रीनलको नेतृत्वमा १० सदस्यीय नेपाल पुगेको थियो भने काठमाडाैं महानगरपालिकाको ९ सदस्यीय टोलि अमेरिका आएको छ ।
 
भर्जिनियाको राजधानी रिचमण्डबाट ५८ माइल उत्तरमा रहेको फेड्रिकवर्ग कोलोनियल कालखण्डसँग इतिहास जोडिएको स्थान हो । नागरिक अधिकार प्राप्तिकालागि भएको संघर्षका क्रममा पहिलो र दोश्रो पटक फ्रेड्रिकवर्ग युद्ध भएको स्थानलाई अहिले स्पोर्टसलभनिया नेशनल मिलिटरी पार्कका रुपमा संरक्षण गरिएको छ । मेरी क्याथरिन ग्रीन नगर प्रमुखमा दोश्रो पटक निर्वाचित भएका थिए ।
\"\"
\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies