काठमाडौँ, २ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकका युवा विदेशीएका कारण नेपालको उत्पादनमा कमी आएको बताउनुभएको छ । उपभोक्ता अधिकारका लागि सक्रिय रहँदै आएको संस्था कन्जुमर आइ नेपालले आज यहाँ आयोजना गरेको ‘कृषिजन्य उत्पादनमा यन्त्रीकरण, गुणस्तरिय मल, विषादी न्यूनिकरण र उपभोक्ता अधिकार’ विषयक कार्यशाला गोष्ठीमा उहाँले युवा देशमा रहेर कृषि पेशा अगाल्नेभन्दा विदेश पलायन भएकाले उत्पादन कमी भएको बताउनुभएको हो । उहाँले सरकार उपभोक्ताको स्वास्थ्यसँग सरोकार राख्ने कृषि उपभोगको सवालप्रति सदैव सचेत र चनाखो रहँदै आएको बताउनुभयो । मन्त्री खनालले नेपालको कृषि योग्य जमिनलाई सहकारिताको आधारमा भोग गर्दै जाने अथवा चक्लाबन्दी गर्ने प्रणालीको अवलम्बन गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले नेपालमा उत्पादित कृषि वस्तुहरुमा रासायनिक मलको प्रयोग हुँदै गएको भन्दै यसलाई विस्तारै कम गर्दै जानुपर्ने बताउनुभयो । “रासायनिक मल हालिएका वस्तुहरु विदेशबाट बढी आयात हुने गरेका छन्,” उहाँले भन्नुभयो । कार्यक्रममा मेकानिकल इञ्जिनियर देवदास मानन्धर, कृषि विज्ञ भगवान खतिवडा, कञ्जुमर नेपालका अध्यक्ष बिमला खनाललगायतले कृषिमा यान्त्रीकरण, कृषिमा रासायनिक मलको अवस्था, कृषि बालीमा विषादीको प्रयोगलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: