सञ्चिता घिमिरे । ललितपुर, १ असोज । पाटन अस्पतालमा बिरामी आउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । दुई वर्षपहिलेको तुलनामा अहिले बिरामी आउने सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो । तर बिरामीको सङ्ख्या बढ्दै गए पनि त्यसअनुसारको पूवाधार नहुँदा व्यवस्थापन गर्न कठिन भएको अस्पतालले जनाएको छ ।
दुई वर्षपहिलेसम्म दैनिक झण्डै एक हजार तीन सय हाराहारीमा बहिरङ्ग सेवा (ओपिडी) मा बिरामी आउने गरेका थिए । अहिले यो सङ्ख्या झण्डै दुई हजारको हाराहारीमा छ । अस्पतालका अरू किसिमका सेवा लिन आउने बिरामीको पनि सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ ।
देशभरबाट आउने बिरामीको सङ्ख्या बढ्दै गएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताए । यहाँको सेवा चित्त बुझेकै कारण बिरामी बढिरहेको उनको बुझाइ छ । सेवाग्राहीलाई अस्पतालले साधनस्रोतले भ्याएसम्मको सेवा दिइरहेको छ । उनले भने, “हामीले भएका साधन र जनशक्तिले भ्याएसम्मको सेवा बिरामीलाई दिइरहेका छौँ ।”
सानो क्षेत्रफलमा भएको अस्पतालमा चारैतिर भवन बनिसकेका छन् । भवन बनाउन बाँकी खाली जग्गा कम मात्रै बाँकी रहेको निर्देशक शर्माले बताए । अस्पतालमा बिरामीको चाप बढ्दा अझै धेरै सेवा विस्तारको खाँचो छ । कतिपय भवन पुराना बन्दै गएकाले पनि नयाँ भवनको खाँचो रहेको उनले बताए । उनले भने, “तर अस्पताल परिसरमा नयाँ भवन बनाउन खाली जमीन ज्यादै कम छ ।”
अस्पतालमा प्रसूति सेवा लिन र गर्भवती जाँचका लागि आउने दुवै खालका बिरामी बढिरहेको छ । प्रसूति सेवा दिनेमा प्रसूतिगृहपछि यो अस्पताल काठमाडौँ उपत्यकाको नै दोस्रो भएको शर्माले बताए ।
काठमाडौँ उपत्यका र देशभरबाट नै सिफारिश भएर आएका बिरामी यहाँ आउने गरेका छन् । उनले भने, “प्रसूति सेवामा झन् ह्वात्तै बढेको छ ।” अस्पतालले परोपकार कोष स्थापना गरेको छ । जसबाट गरीब सेवाग्राहीलाई निःशुल्क उपचार हुँदै आएको छ । अस्पतालमा छिटो सेवा लिन चाहने बिरामीका लागि निजी क्लिनिक रहेको छ । निजी क्लिनिकबाट भएको नाफाबाटै निजी क्लिनिक सञ्चालन हुने गरेको हो ।
उनले भने, “खर्च गरेर पनि चाँडो सेवा लिन्छु भन्नेबाट महँगो शुल्क लिएर गरीब र असहायलाई निःशुल्क गर्नु हाम्रो उद्देश्य रहेको छ ।” निजी क्लिनिक र साधरण सेवामा दुवैमा सेवाको गुणस्तर उस्तै भए पनि निजीमा बिरामीले चाँडो सेवा पाउँछन् । कतिपय बिरामीलाई सघन उपचार कक्षमा समेत निःशुल्क उपचार गरिएको निर्देशक शर्माले बताए ।
अस्पतालको सघनउपचार कक्ष सधैँ भीडभाड हुने गरेको छ । भुइँमा नै राखेर पनि उपचार गरिँदै आएको निर्देशक शर्माले बताए । उनले भने, “हामीले जसरी सक्छौँं, त्यसो गरेर नै उपचार गरिरहेका छौँ ।” उपचार नै नगरी बिरामीलाई फिर्ता नगरिएको उनको भनाईछ ।
सबै खालका बिरामीलाई समान व्यवहार गर्ने उद्देश्य रहेको अस्पतालले जनाएको छ । पैसा हुने र नहुने कोही पनि बिरामी उपचार नपाएर फर्कन नपर्ने उनको दाबी छ । उनले भने, “भुइँमा राखेर लगाएर पनि उपचार गर्ने तर बिरामीलाई फर्काएर नपठाउने हाम्रो उद्देश्य छ ।” रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: