काठमाडौं । नेपाल कानून आयोगले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई बुझाएको छ । आयोगका अध्यक्ष माधव पौडेलसहितको टोलीले आज मन्त्री ढकाललाई वार्षिक प्रतिवेदन बुझाएको हो । संविधानअनुसार आयोगको गरेको वार्षिक काम कारवाहीका बारेमा वार्षिक प्रतिवेदन कानून मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था अनुरुप वार्षिक प्रतिवेदन कानूनमन्त्रीलाई बुझाएको आयोगका अध्यक्ष पौडेलले जानकारी दिए । आयोगले आवश्यक कुनै विषयमा र सरकारको कुनै मन्त्रालयको अनुरोधमा नयाँ नयाँ कानूनका विधेयक तर्जुमा गर्छ । आयोगले नेपालको कानून तथा न्यायका क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्दै कानून तर्जुमा गरी कानूनको सुधार र परिमार्जनलार्ई निरन्तरता दिने र सम्बन्धित निकायलाई सुझाव दिने गर्छ । आयोगले गत आवमा पाँच वटा विधेयक तर्जुमा गरेको छ । जसमा प्राणी उद्यान प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, पेट्रोलियम पद्धार्थ तथा ग्यासको कारोवारसम्बन्धी विधेयक, शिक्षाको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, शिक्षासम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्ने सम्बन्धमा बनेको विधेयक र वैयक्तिक गोपनीयताको हकसम्बन्धी विधेयक रहेका छन् । आयोगले तयार गरेको अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक र गोपनीयताको हकसम्बन्धी विधेयक प्रनिधिभिसभामा पारित हुने क्रममा रहेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: