Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

मोदीलार्इ मख्खै बनाउने के कुरा गरेका थिए प्रचण्डले भारतमा ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको विषयमा पार्टीलाई जानकारी दिएका छन् । बुधबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा भारत भ्रमणबारे ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटघाटका विषयमा पार्टीलाई जानकारी गराएका हुन् । प्रचण्डले मोदीसँग भदौ २३ गते भएको भेटको जानकारी बुधबार साँझ बालुवाटारमा सुनाएका थिए । उनले भने, ‘प्रधानमन्त्री मोदीले अघिल्लो दिन मैले गरेको सबै सम्बोधन सुनेका रहेछन्, मसँगको कुराकानीमा उनले ‘तपाईंले भनेका सबै कुरा थाहा पाएँ भने र मैले बोलेको कुराको प्रशंशा गरे ।’ २३ भदौमा मोदीसँग भेट हुनुअघि प्रचण्डले २२ भदौमा नयाँदिल्लीको सप्रु हाउसमा ‘इन्डियन काउन्सिल फर वल्र्ड अफेयर्स’ ले आयोजना गरेको नेपाल–भारत सम्बन्धबारे लामो प्रबचन दिएका थिए । त्यसैदिन साँझ ‘पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’ ले नयाँ दिल्लीको अगष्ट क्रान्ति मार्गमा आयोजना गरेको अर्को कार्यक्रममा पनि उनी सहभागी थिए । त्यो कार्यक्रममा उनले उद्योगी व्यापारीहरुसँग अन्तरक्रिया गरेका थिए । प्रचण्डले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको र ढुक्कसँग लगानी गर्न भारतीय व्यापारीहरुलाई आग्रह गरेका थिए । प्रचण्डले आफ्नो भनाइ सुनेर मोदी मात्र नभइ भारतीय व्यापारीहरु पनि प्रभावित भएको पार्टीलाई जनाकारी गराए । ‘तपाईंले दुबै कार्यक्रममा निकै राम्रो बोल्नु भएछ, त्यसबाट भारतका व्यापारी, बुद्धिजीवी तपाईंसँग प्रभावित भएका छन्’ प्रचण्डले भने, ‘भारतमै चुनाव लडेपनि तपाईं प्रचण्डले जित्न सक्नुहुन्छ भनेर मोदीले मलाई सुनाए ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending