Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बाढी पीडितले १८ वर्षदेखि लालपुर्जा पाएनन्

कावासोती । विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बाढीका कारण विस्तापित भएसँगै तत्कालिन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर १० धुरका दरले विभिन्न समयमा विस्थापितहरुलाई जग्गा वितरण गरेको थियो । विसं २०५७ मा विस्थापित भएकाले ती जनताले १८ वर्ष हुदाँ पनि प्रशासनले दश धुरका दरले दिएको जमीनको लालपुर्जासमेत पाउन सकेका छैनन् । यस अघि विसं २०४५ र २०५० मा विस्थापितलाई पनि जिल्लाकै विभिन्न स्थानमा राखिएको छ । तर उनीहरुले पनि आफूले बसोबास गरेको जमीनको लालपुर्जा प्राप्त गर्न सकेका छैनन् । २०५७ मा विस्थापित साविक कोल्हुवा गाविस नन्दपुरका ९७ घर धुरीमध्ये ९४ घरपरिवारलाई कोल्हुवाटारमा राखियो । जिल्ला प्रशासनको नाममा दुई विगाह ६ कठ्ठा १२ धुरजग्गा खरीद गरी विस्थापितलाई राखिएकोमा यस स्थानमा बस्ने बाढी पीडितले भोगचलन गर्दै आएको प्रशासनले दिएका जग्गा आफ्नो नाममा दर्ताका लागि विसं २०५८ देखि आवाज उठाउँदै आएका छन् । तर उनीहरुका आवाज अझै सुनुवाइ भएको छैन । विसं २०५८ पुस २६ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी बिष्णुराज कुसुमको अध्यक्षतामा बसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले प्रशासनको नाममा जग्गा खरीद गर्ने निर्णय गरेको थियो ।

प्रशासनले खरीद गरेको जग्गामा बसोबास गर्दै आएकाहरुको नाममा जग्गा दर्ता गर्न विसं २०६९ चैत्र ४ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले गृहमन्त्रालय विपद् व्यवस्थापन शाखाका लागि निवेदन लेखेको भए पनि त्यस यता गृहमन्त्रालयबाट बाढीपीडितको नाममा जग्गा दर्ताका लागि कुनै पहल नभएको भूमि अधिकार मञ्च नवलपरासीका अध्यक्ष पुर्णबहादुर बोहराले बताए । विसं २०६६ माघ २५ मा जिल्लाका विभिन्न समयमा बाढीबाट विस्थापित भएकाहरुको तथ्याङ्कसहित जिल्ला प्रशासन कार्यालय नवलपरासीले गृहमन्त्रालयमा जग्गा दर्ताका लागि पत्र काटेको छ । तर नारायणी नदीबाट विस्थापित परिवारहरुले अझै आफुले भोग चलन गर्दै आएको १० धुर जमीनको लालपुर्जासमेत पाउन सकेका छैनन् । भुूमि अधिकार मञ्चका अध्यक्ष बोहराकाअनुसार यहाँबाट पठाइएका सबै पत्र गृह मन्त्रालयमा र भूमि सुधार मन्त्रालयमा गएर थन्किएका छन् । नारायाणी नदीमा आएको बाढीका कारण पछिल्लो तीन दशकमा सयौँ घर विस्तापित भएका छन् । नवलपुरका हजाराैं विगाह खेतीयोग्य जमीन कटान भएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending