सभामुख महरा चीनबाट फर्किएलगत्तै निकाले ७ बुँदे यस्तो विज्ञप्ति
भाद्र २७ गते, २०७५ बुधवार 12th September, 2018 Wed१२:०८:१७ मा प्रकाशित
काठमाडाैं । सभामुख कृष्णबहादुर महरा चीनको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । सभामुख महरा तिब्बत सरकारको निमन्त्रणामा ल्हासामा आयोजित चौथो चीन तिब्बत पर्यटन तथा सास्कृंतिक एक्सपोमा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । भ्रमणको उपलब्धिका बारेमा जानकारी दिँर्दै सभामुख महराले नेपाल र चीनबीच व्यापार तथा पर्यटनका क्षेत्रमा भ्रमणबाट उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी हुँदा सभामुख महराले भौगोलिक रुपमा सिमाना जोडिएका नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत बीच हजारौं वर्षौंदेखि विकसित हुंदै आएको ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक, व्यापारिक, आर्थिक एवं द्विपक्षीय कूटनीतिक सम्बन्धका बहुआयमिक विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए ।
भ्रमणकै अवधिमा ल्हासास्थित नेपाली महावाणिज्य दुतावासको परिसरमा चीनको केन्द्र सरकार तथा तिब्बत स्वशासित क्षेत्र सरकारको सहयोगमा पुनर्निर्माण हुने ३ वटा आयोजनाको समेत महराले शिलान्यास गरेका थिए । नेपाली महावाणिज्य दुतावासको भवन, नेपाल र चीनको सिमानामा रहेको तातोपानीको मितेरी पुल तथता रसुवागढी पुलको शिलान्यास उनले गरेका थिए ।
यसैगरी तिब्बतको लिन्ची प्रिफेक्चर अन्तरगत लुलाङ्ग शहरमा आयोजित कार्यक्रममा सभामुख महराले वेल्ट एण्ड रोड एनिसियटिभमा नेपाल आवद्ध भइसकेको सन्दर्भमा यस अवधारणाका माध्यमबाट नेपाल र चीन एवं तिब्बतबीच के कसरी पूर्वाधार विकास, पर्यटन, आर्थिक, सामाजिक, व्यापारिक तथा लगानीका क्षेत्रमा सम्बन्ध विस्तार गर्दै दुई देश र हिमालय क्षेत्रका जनता बीचको आपसी सम्बन्ध एवं हित प्रबद्र्धन गर्न सकिन्छ भन्ने विषयमा धारणा राखेको सचिवालयले जनाएको छ ।
प्रतिनिधिमण्डलमा सांसद शान्तिमाया तामाङ पाख्रिन, रंगमती शाही, अकवाल मिया, उमाशंकर अरगरिया, दुर्गा पौडेल र सचिवालय सचिव भरतराज गौतम, सभामुखज्यूका प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी, निजी सचिव टीका बुढामगर र पत्रकार सन्तोष धिताल रहेका थिए ।
पाँच दिने चीन भ्रमणपछि स्वदेश फर्किनुभएका सम्माननीय सभामुख कृष्णबहादुर महरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा ! चीन भ्रमणबारे प्रेस विज्ञप्ति ! संघीय संसद सचिवालय मितिः २०७५ भदौ २७ प्रेस विज्ञप्ती १. संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख कृष्णबहादुर महरा छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीन र यसको स्वशासित क्षेत्र तिब्बत सरकारको निमन्त्रणामा तिब्बतको ल्हासामा आयोजित 4th China Tibet Tourism and Culture Expo, 7-12 September, 2018 मा प्रमुख अतिथिको रुपमा १० सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भई आज स्वदेश फर्कनु भयो । उक्त प्रतिनिधिमण्डलमा नेपाली महावाणिज्यदूत श्री गोविन्द वहादुर कार्कीको समेत सहभागिता रहेको थियो । २. September 7 मा भएको 4th China Tibet Tourism and Culture Expo को उद्घाटन समारोहमा सम्माननीय सभामुखज्यूले प्रमुख अतिथिको रुपमा उद्घाटन मन्तव्य दिनुभयो । सो क्रममा सभामुखज्युले भौगोलिक रुपमा सिमाना जोडिएका नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत बीच हजारौं वर्षौंदेखि विकसित हुंदै आएको ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक, व्यापारिक, आर्थिक एवं द्विपक्षीय कूटनीतिक सम्बन्धका बहुआयमिक विषयमा नेपालको धारणा प्रस्तुत गर्नुभयो । सो अवसरमा सभामुखज्यूले नेपाल एक चीन नीतिमा दृढ रहेको र यसै नीतिको आधारमा नेपाल र चीन एवं स्वशासित क्षेत्र तिब्बत बीचको सम्बन्ध थप बलियो हुंदै जाने धारणा राख्नुभयो । ३. सम्माननीय सभामुख र मा. सदस्यहरु 4th China Tibet Tourism and Culture कार्यक्रम अन्तर्गत ल्हासामा आयोजित Summit मा सहभागी भै तिब्बतको बहुआयमिक पक्ष एवं विशेष गरि तिब्बत स्वशासित क्षेत्रको भौगोलिक विशिष्टता, संस्कृति तथा पर्यटन, आर्थिक, धार्मिक तथा सांस्कृतिक विकास, पर्यावरणीय पक्षका बारेमा तिब्बत एवं चीनका सरकारका उच्च पदाधिकारी एवं विज्ञहरु, जनप्रतिनिधि एवं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहभागीबाट प्रस्तुतीकरण कार्यक्रममा सहभागी हुनुभयो । साथै 4th China Tibet Tourism and Culture Expo मा सभामुखज्यू र प्रतिनिधिमण्डलका सदस्यहरुले नेपाल र तिब्बतका उद्यमी तथा व्यापारीहरुले राखेका विभिन्न मौलिक औद्योगिक, पर्यटकीय वस्तुका स्टलहरुको अवलोकन गरी नेपाल र चीन एवं तिब्बत बीचको व्यापार एवं बजारीकरणको अवस्था र सम्भावनाका सम्बन्धमा जानकारी लिनुभयो । ४. सम्माननीय सभामुखज्यूले September 9 मा तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दुतावासको परिसरमा चीनको केन्द्र सरकार तथा तिब्बत स्वशासित क्षेत्र सरकारको सहयोगमा पुनर्निर्माण हुने निम्न ३ आयोजनाहरुको शिलन्यास गर्नुभयो । उक्त शिलान्यास कार्यक्रममा तिब्बतका पार्टी सचिव, जनकांग्रेसका अध्यक्ष, जनसरकार प्रमुख तथा अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो । • नेपाली महावाणिज्य दुतावासको भवन, • नेपाल र चीनको सिमानामा रहेको तातोपानीको मितेरी पुल • नेपाल र चीनको सिमानामा बन्ने रसुवागढी पुल उपरोक्त शिलन्यास कार्यक्रममा नेपाली संसदीय प्रतिनिधिमण्डल मा.सदस्यहरु, ल्हासास्थित नेपाली महावाणिज्य दुत, नेपाल–चीन हिमालय मैत्री समाजका अध्यक्ष र सदस्यहरुको समेत उपस्थिति रहेको थियो । ५.सम्माननीय सभामुखज्यूले सेप्टेम्बर १० मा एक्स्पो अन्तर्गत तिब्बतको लिन्ची प्रिफेक्चर अन्तरगत लुलाङ्ग शहरमा आयोजित Trans-Himalayan Belt and Road International Economic Cooperation Forum मा प्रमुख अतिथिको रुपमा Keynote Speech प्रस्तुत गर्नुभयो । सो अवसरमा सभामुखज्यूले चीनका महामहिम राष्ट्रपतिले अगाडि बढाउनु भएको वेल्ट एण्ड रोड एनिसियटिभमा नेपाल आवद्ध भइसकेको सन्दर्भमा यस अवधारणाका माध्यमबाट नेपाल र चीन एवं तिब्बतबीच के कसरी पूर्वाधार विकास, पर्यटन, आर्थिक, सामाजिक, व्यापारिक तथा लगानीका क्षेत्रमा सम्बन्ध विस्तार गर्दै दुई देश र हिमालय क्षेत्रका जनता बीचको आपसी सम्बन्ध एवं हित प्रबद्र्धन गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्नुभयो । उक्त कार्यक्रम नेपाल र चीन (तिब्बत) बीचको बहुआयमिक विषयमा केन्द्रित भएकोले सो कार्यक्रममा नेपालको संसदीय प्रतिनिधिमण्डलका मा. सदस्यहरु, नेपाल र तिब्बत एवं चीन सरकारका प्रतिनिधि, तिब्बतस्थित नेपालका महावाणिज्यदुत, नेपाल–चिन हिमालयन मैत्री समाजका अध्यक्ष एवं पदाधिकारी, व्यापारिक समाज एवं बैंकर्स, विश्वविद्यालयका प्राध्यापक एवं बुद्धिजिवी र नेपाल एवं तिब्बतका पत्रकारहरुको सहभागिता रहेको थियो । ६. तिब्बत भ्रमणका अवसरमा सम्माननीय सभामुखज्यूले चीनको तिब्बत स्वशासित क्षेत्रका पार्टी प्रमुख Wu Yingie एवं उच्चपदस्थ पदाधिकारीसँग शिष्टाचार भेटघाट समेत गर्नुभयो । सो अवसरमा उहाँहरु बीच नेपाल, तिब्बत र चीन बीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्ध, व्यापार, लगानी एवं पर्यटन लगायतका विषयमा छलफल भएको थियो । ७. समग्रमा सम्माननीय सभामुखज्यूको नेतृत्वको नेपालको संसदीय प्रतिनिधिमण्डलको यस भ्रमणबाट नेपाल र चीन एवं यसको स्वशासित क्षेत्र तिब्बत बीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको छ । प्रतिनिधिमण्डलमा मा० शान्तिमाया तामाङ पाख्रिन, मा० रंगमती शाही, मा० अकवाल मिया, मा० उमाशंकर अरगरिया, मा० दुर्गा पौडेल र सचिवालय सचिव भरतराज गौतम, सभामुखज्यूका प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी, निजी सचिव टीका बुढामगर र पत्रकार सन्तोष धिताल रहनुभएको थियो । धन्यवाद !
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: