Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गर्ने हो: खानेपानीमन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्रालयले आधारभुत खानेपानीको पहुँच पु-याउन तय गरिएका योजनाहरु कार्यान्वयन गर्न सक्रियता बढाउने बताएको छ ।
खानेपानी मन्त्रालयले मंगलबार सात वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र भौतिक सचिवहरु सँग सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा संघीय सरकार र प्रदेश सरकार बीच समन्वय गरेर आयोजनाहरु कार्यान्वयन गर्ने बताएको हो ।
कार्यक्रमको अध्यक्षता गर्नु हुँदै खानेपानी मन्त्री बीना मगरले संघ र प्रदेश सरकार बीच कुनै किसिमको अन्यौलता नहुने गरी खानेपानीका आयोजनाहरु अघि बढाईने बताइन् । उनले सन् २०३० सम्म दीगो विकासका लक्ष्यहरु पुरा गर्नु पर्ने जिम्मेवारी सरकारको काँधमा रहेकाले त्यस्तो लक्ष्य हासिल गर्न खानेपानीको क्षेत्रमा धेरै काम गर्नुपर्ने चुनौति रहेको बताए ।
उनले भनिन् ‘ तीन वर्ष भित्र देशैभरि आधारभूत खानेपानीको पहुँच पु¥याउन निकै चुनौति छ । तीनै वटै तहका सरकारले विशुद्ध सेवाको रुपमा खानेपानी आपूर्तिलाई लिनु पर्दछ । खानेपानीका आयोजनाहरु सञ्चालन गर्ने सम्बन्धी कतिपय ऐन नियमहरु निर्माणको चरणमा छौं । संघ र प्रदेश सरकार मिलेरै यस्ता आयोजनाहरु सञ्चालन गर्नु पर्दछ ।’
खानेपानी मन्त्री बिना मगरले अब छिट्टै नै सात वटै प्रदेशमा कर्मचारीहरुको व्यवस्थापन गरेर आयोजनाहरुलाई द्रुत गतिले अघि बढाईने बताए । खानेपानीका केही महत्वपूर्ण योजनाहरुको सम्भावना खोजी गर्न समेत प्रदेश सरकारलाई उनले आग्रह गरे ।
कार्यक्रममा सात वटै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरुले छिटो भन्दा छिटो आयोजनाहरु कार्यान्वयन गर्न केन्द्रबाट कर्मचारीहरु पठाउन आग्रह गरे । कर्मचारीहरु नभएका कारण काम गर्न गाह्रो परेको उनीहरुको भनाई थियो । खानेपानी मन्त्रालयले करिब ४ हजार योजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending