Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

दक्ष जनशक्तिका लागि लगानी गर्दै रुकुमका स्थानीय तह

काठमाडौं । निर्वाचनको समयमा उम्मेदवारले पूरा हुने तथा नहुने विभिन्न आश्वासन बाँड्दै हिँडेको विषयलाई धेरैले नौलो मान्दैनन् । आश्वासनका रूपमा अगाडि सारिएका नारा र विषयमध्ये थोरै मात्रै पूरा हुने गरेको छ । स्थानीय तहको निर्वाचनमा धेरैजसो उम्मेदवारले स्मार्ट सिटीको नारा अगाडि सारे । गर्न सकिने र नसकिने नारा दिने उम्मेदवार कोही विजयी भए भने कोही पराजित भए । बझ्दै नबुझी नारा र आश्वासन दिने धेरैजसो उम्मेदवार आगामी निर्वाचनमा देखिएलान् वा नदेखिएलान् त्यसको कुनै निश्चित छैन । आश्वासन बाँडेकै भरमा निर्वाचन जितेका जनप्रतिनिधिले आफ्ना प्रतिबद्धता के कति पूरा गरे भन्ने खोजी शुरु भएको छ । स्थानीय तहको गत निर्वाचनमा जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्नेमा रुकुमको आठबिसकोट नगरपालिका देखिएको छ । शिक्षा, स्वास्थ्यमा लगानी गर्ने र आर्थिक समृद्धिको जग बसाउने लक्ष्यका साथ सो नगरपालिकाले अभियान नै चलाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माको संयोजनमा आठबिसकोट नगरपालिकाले स्थानीय दुई विद्यार्थीलाई विमान चालक पढाइका लागि फिलिपिन्स पठाएको छ । रुकुमको आठबिसकोट नगरपालिका–५ का ललित भण्डारी र सोही नगरपालिका–१० का गोविन्द केसी विमान चालक पढाइका लागि सोमबार साँझ फिलिपिन्स उड्नुभएको छ । नगरपालिकाले दुई विद्यार्थीका लागि रु ५०/५० लाख रकम उपलब्ध गराएको छ । शैक्षिक कर्जा भने उनीहरूले विस्तारै तिर्ने गरी व्यवस्था मिलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढ्ने प्रतीक्षामा रहेका बेलासँग कुरा गर्दै भण्डारीले आफ्नो पाइलट बन्ने सपना पूरा गर्न नेकपाका नेता जनार्दन शर्मा र नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले खेल्नुभएको भूमिकाको उच्च प्रसंशा गरे । “सानैदेखिको पाइलट बन्ने रुचि थियो, विदेश गएर पढ्नुपर्ने विमान चालक पढाइको पाड्यक्रमका लागि पैसा थिएन । तर नगरपालिकाले विश्वास गरेर हामीलाई पैसा दियो”, भण्डारीले भन्नुभयो, “सामाजवादको आधार तयार पार्ने र गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने भनेर निर्वाचनका क्रममा नेता शर्माले व्यक्त गर्नुभएको प्रतिबद्धता पूरा गर्नुभएको छ ।” विमान चालक पढाइका लागि अध्ययन गर्न जानुभएका अर्का विद्यार्थी केसीले पनि निर्वाचनमा राजनीतिक नेतृत्वले प्रतिवद्धता मात्रै जनाउँदैनन् त्यसलाई पूरा गर्छन् भन्ने कुरा व्यवहारिक रुपमा पुष्टि भएको बताउनुभयो । “जुन विश्वासका साथ हामीलाई राजनीतिक नेतृत्वले लगानी गरेको छ, त्यसलाई म दृढताका साथ पूरा गर्नेछु । आर्थिक रूपमा विपन्न परिवारको चाहना पूरा भएको छ”, केसीले भन्नुभयो । उहाँहरू मात्र होइन, नगरपालिकाले चिकित्सक, इञ्जिनीयर पढ्न चाहने विद्यार्थीका लागि समेत आवेदन माग गरेको छ । नगरपालिकाले यसअघि पाँच जनालाई नर्स र ओभरसियर अध्ययनको व्यवस्था मिलाइसकेको छ । दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने भनेर निर्वाचनका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै शैक्षिक कर्जा दिन थालिएको नगर प्रमुख गोरखबहादुर केसी बताउनुहुन्छ । शैक्षिक कर्जा लिनका लागि आवश्यक धितो र त्यसका लागि आवश्यक शैक्षिक योग्यता भएको कागजात पेश गर्नुपर्ने नियम बनाइएको छ । आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाबाट शैक्षिक कर्जा लिने व्यवस्था नगरपालिकाले गरिदिएको छ । सहकारीबाट लिइएको ऋणको ब्याज नगरपालिकाले तिर्ने व्यवस्था गरिएको छ । रुकुमको स्थायी बासिन्दा रहनुभएका नेकपाका नेता शर्माले दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफूहरूले योग्य विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाएको बताउनुहुन्छ । आर्थिक समृद्धिका लागि दक्ष जनशक्ति जरुरी रहेको भन्दै उहाँले रुकुममा हरेक स्थानीय तहले स्वास्थ्य र शिक्षामा लगानी गरेको र त्यसको प्रतिफल आगामी केही वर्षदेखि देखिने बताउनुभयो । स्थानीय तहले शैक्षिक कर्जा लिएर अध्ययन गरेका विद्यार्थीले रोजगारी पाएपछि मात्रै कर्जाको सावाँ र ब्याज तिर्ने व्यवस्था मिलाएको छ । नेता शर्माले भन्नुभयो, “हामीले निर्वाचनका क्रममा जनतासामु गरेको प्रतिबद्धतालाई व्यावहारिक रूपमा नै कार्यान्वयन थालेका छौँ । यसलाई अरु जिल्लाले समेत अनुशरण गर्न सक्छन् ।” पछिल्लो व्यवस्थाअनुसार पश्चिम रुकुमको रूपमा परिचित सो जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिका रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले एकलौटी रूपमा सो जिल्लाको सबै स्थानीय तहमा विजय हासिल गरेको थियो । विमान चालक तथा चिकित्सक अध्ययन गर्न चाहने योग्य विद्यार्थीलाई नगरपालिकाको सिफारिशमा सहकारीले रु ५० लाखसम्म ऋण दिने व्यवस्था गरिएको छ । राज्यले विगतमा शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेको भए पनि ग्रामीण क्षेत्रका विद्यार्थीले त्यसबाट फाइदा लिन सकेका थिएनन् । नगरपालिकाका प्रमुख केसीले दक्ष जनशक्ति उत्पादन गर्ने र स्थानीय तहबाटै आर्थिक समृद्धिसहितको समाजवादको यात्रा तय गर्ने लक्ष्यका साथ शिक्षा र स्वास्थ्यमा लगानी बढाइएको बताउनुभयो । स्रोतको अभावमा क्षमता भएका विद्यार्थीले समेत प्राविधिक विषयमा अध्ययन गर्न नपाएकाले खाडी मुलुकमा रोजगारीको खोजीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको नगरपालिकको भनाइ छ । प्रमुख केसी स्वदेश वा विदेश जहाँ भए पनि एक÷एक जनालाई त्यस्तो सुविधा वार्षिक रूपमा उपलब्ध गराउने बताउनुहुन्छ । नेकपाका नेता शर्माले नारा र भाषणको भरमा मात्रै समृद्धिको यात्रा तय हुन नसक्ने भएकाले व्यावहारिक रूपमा नै प्रयास गरिएको राससलाई जानकारी दिनुभयो । विमान चालक पढाइका लागि गएका केसी र भण्डारीले पनि स्थानीय सरकार र राजनीतिक नेतृत्वले गरेको विश्वासलाई साकार बनाउने र जिल्लाको नाम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जहाज चढ्न हतारमा रहनुभएका भण्डारीले त आर्थिक पहुँचभन्दा बाहिर रहेको विमान चालकसम्बन्धी अध्ययन गर्ने सपना पूरा भएकामा पटक–पटक नेता शर्मा र नगरप्रमुख केसीलाई धन्यवाद दिनुभयो । रुकुमको स्थानीय तहले शुरु गरेको यस्ता सकारात्मक प्रयासलाई अन्य जिल्लाका स्थानीय तहले पनि अनुशरण गर्न सक्ने र आफूहरू जस्तै प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेलाई सहयोग गर्न आग्रह गर्नुहुन्छ विद्यार्थी केसी । त्रिचन्द्र कलेजबाट बिएस्सी गर्नुभएका केसी र भण्डारीले फिलिपिन्सबाट अध्ययन सकेर देश र जिल्लाको सेवा गर्ने प्रतिबद्धता मात्रै व्यक्त गर्नुभएन अरु जिल्लालाई पनि यस्तो अभियान शुरु गर्न अनुरोध गर्नुभयो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending