Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

दक्ष जनशक्तिका लागि लगानी गर्दै रुकुमका स्थानीय तह

काठमाडौं । निर्वाचनको समयमा उम्मेदवारले पूरा हुने तथा नहुने विभिन्न आश्वासन बाँड्दै हिँडेको विषयलाई धेरैले नौलो मान्दैनन् । आश्वासनका रूपमा अगाडि सारिएका नारा र विषयमध्ये थोरै मात्रै पूरा हुने गरेको छ । स्थानीय तहको निर्वाचनमा धेरैजसो उम्मेदवारले स्मार्ट सिटीको नारा अगाडि सारे । गर्न सकिने र नसकिने नारा दिने उम्मेदवार कोही विजयी भए भने कोही पराजित भए । बझ्दै नबुझी नारा र आश्वासन दिने धेरैजसो उम्मेदवार आगामी निर्वाचनमा देखिएलान् वा नदेखिएलान् त्यसको कुनै निश्चित छैन । आश्वासन बाँडेकै भरमा निर्वाचन जितेका जनप्रतिनिधिले आफ्ना प्रतिबद्धता के कति पूरा गरे भन्ने खोजी शुरु भएको छ । स्थानीय तहको गत निर्वाचनमा जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्नेमा रुकुमको आठबिसकोट नगरपालिका देखिएको छ । शिक्षा, स्वास्थ्यमा लगानी गर्ने र आर्थिक समृद्धिको जग बसाउने लक्ष्यका साथ सो नगरपालिकाले अभियान नै चलाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माको संयोजनमा आठबिसकोट नगरपालिकाले स्थानीय दुई विद्यार्थीलाई विमान चालक पढाइका लागि फिलिपिन्स पठाएको छ । रुकुमको आठबिसकोट नगरपालिका–५ का ललित भण्डारी र सोही नगरपालिका–१० का गोविन्द केसी विमान चालक पढाइका लागि सोमबार साँझ फिलिपिन्स उड्नुभएको छ । नगरपालिकाले दुई विद्यार्थीका लागि रु ५०/५० लाख रकम उपलब्ध गराएको छ । शैक्षिक कर्जा भने उनीहरूले विस्तारै तिर्ने गरी व्यवस्था मिलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढ्ने प्रतीक्षामा रहेका बेलासँग कुरा गर्दै भण्डारीले आफ्नो पाइलट बन्ने सपना पूरा गर्न नेकपाका नेता जनार्दन शर्मा र नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले खेल्नुभएको भूमिकाको उच्च प्रसंशा गरे । “सानैदेखिको पाइलट बन्ने रुचि थियो, विदेश गएर पढ्नुपर्ने विमान चालक पढाइको पाड्यक्रमका लागि पैसा थिएन । तर नगरपालिकाले विश्वास गरेर हामीलाई पैसा दियो”, भण्डारीले भन्नुभयो, “सामाजवादको आधार तयार पार्ने र गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने भनेर निर्वाचनका क्रममा नेता शर्माले व्यक्त गर्नुभएको प्रतिबद्धता पूरा गर्नुभएको छ ।” विमान चालक पढाइका लागि अध्ययन गर्न जानुभएका अर्का विद्यार्थी केसीले पनि निर्वाचनमा राजनीतिक नेतृत्वले प्रतिवद्धता मात्रै जनाउँदैनन् त्यसलाई पूरा गर्छन् भन्ने कुरा व्यवहारिक रुपमा पुष्टि भएको बताउनुभयो । “जुन विश्वासका साथ हामीलाई राजनीतिक नेतृत्वले लगानी गरेको छ, त्यसलाई म दृढताका साथ पूरा गर्नेछु । आर्थिक रूपमा विपन्न परिवारको चाहना पूरा भएको छ”, केसीले भन्नुभयो । उहाँहरू मात्र होइन, नगरपालिकाले चिकित्सक, इञ्जिनीयर पढ्न चाहने विद्यार्थीका लागि समेत आवेदन माग गरेको छ । नगरपालिकाले यसअघि पाँच जनालाई नर्स र ओभरसियर अध्ययनको व्यवस्था मिलाइसकेको छ । दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने भनेर निर्वाचनका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै शैक्षिक कर्जा दिन थालिएको नगर प्रमुख गोरखबहादुर केसी बताउनुहुन्छ । शैक्षिक कर्जा लिनका लागि आवश्यक धितो र त्यसका लागि आवश्यक शैक्षिक योग्यता भएको कागजात पेश गर्नुपर्ने नियम बनाइएको छ । आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाबाट शैक्षिक कर्जा लिने व्यवस्था नगरपालिकाले गरिदिएको छ । सहकारीबाट लिइएको ऋणको ब्याज नगरपालिकाले तिर्ने व्यवस्था गरिएको छ । रुकुमको स्थायी बासिन्दा रहनुभएका नेकपाका नेता शर्माले दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफूहरूले योग्य विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाएको बताउनुहुन्छ । आर्थिक समृद्धिका लागि दक्ष जनशक्ति जरुरी रहेको भन्दै उहाँले रुकुममा हरेक स्थानीय तहले स्वास्थ्य र शिक्षामा लगानी गरेको र त्यसको प्रतिफल आगामी केही वर्षदेखि देखिने बताउनुभयो । स्थानीय तहले शैक्षिक कर्जा लिएर अध्ययन गरेका विद्यार्थीले रोजगारी पाएपछि मात्रै कर्जाको सावाँ र ब्याज तिर्ने व्यवस्था मिलाएको छ । नेता शर्माले भन्नुभयो, “हामीले निर्वाचनका क्रममा जनतासामु गरेको प्रतिबद्धतालाई व्यावहारिक रूपमा नै कार्यान्वयन थालेका छौँ । यसलाई अरु जिल्लाले समेत अनुशरण गर्न सक्छन् ।” पछिल्लो व्यवस्थाअनुसार पश्चिम रुकुमको रूपमा परिचित सो जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिका रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले एकलौटी रूपमा सो जिल्लाको सबै स्थानीय तहमा विजय हासिल गरेको थियो । विमान चालक तथा चिकित्सक अध्ययन गर्न चाहने योग्य विद्यार्थीलाई नगरपालिकाको सिफारिशमा सहकारीले रु ५० लाखसम्म ऋण दिने व्यवस्था गरिएको छ । राज्यले विगतमा शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेको भए पनि ग्रामीण क्षेत्रका विद्यार्थीले त्यसबाट फाइदा लिन सकेका थिएनन् । नगरपालिकाका प्रमुख केसीले दक्ष जनशक्ति उत्पादन गर्ने र स्थानीय तहबाटै आर्थिक समृद्धिसहितको समाजवादको यात्रा तय गर्ने लक्ष्यका साथ शिक्षा र स्वास्थ्यमा लगानी बढाइएको बताउनुभयो । स्रोतको अभावमा क्षमता भएका विद्यार्थीले समेत प्राविधिक विषयमा अध्ययन गर्न नपाएकाले खाडी मुलुकमा रोजगारीको खोजीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको नगरपालिकको भनाइ छ । प्रमुख केसी स्वदेश वा विदेश जहाँ भए पनि एक÷एक जनालाई त्यस्तो सुविधा वार्षिक रूपमा उपलब्ध गराउने बताउनुहुन्छ । नेकपाका नेता शर्माले नारा र भाषणको भरमा मात्रै समृद्धिको यात्रा तय हुन नसक्ने भएकाले व्यावहारिक रूपमा नै प्रयास गरिएको राससलाई जानकारी दिनुभयो । विमान चालक पढाइका लागि गएका केसी र भण्डारीले पनि स्थानीय सरकार र राजनीतिक नेतृत्वले गरेको विश्वासलाई साकार बनाउने र जिल्लाको नाम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जहाज चढ्न हतारमा रहनुभएका भण्डारीले त आर्थिक पहुँचभन्दा बाहिर रहेको विमान चालकसम्बन्धी अध्ययन गर्ने सपना पूरा भएकामा पटक–पटक नेता शर्मा र नगरप्रमुख केसीलाई धन्यवाद दिनुभयो । रुकुमको स्थानीय तहले शुरु गरेको यस्ता सकारात्मक प्रयासलाई अन्य जिल्लाका स्थानीय तहले पनि अनुशरण गर्न सक्ने र आफूहरू जस्तै प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेलाई सहयोग गर्न आग्रह गर्नुहुन्छ विद्यार्थी केसी । त्रिचन्द्र कलेजबाट बिएस्सी गर्नुभएका केसी र भण्डारीले फिलिपिन्सबाट अध्ययन सकेर देश र जिल्लाको सेवा गर्ने प्रतिबद्धता मात्रै व्यक्त गर्नुभएन अरु जिल्लालाई पनि यस्तो अभियान शुरु गर्न अनुरोध गर्नुभयो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending