Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

खाद्य संस्थानको व्यापारिक भवन निर्माण अवरुद्ध

काठमाडौँ । रोक लगाइएको पाँच महिना बितिसक्दा समेत नक्शा पास गर्नका लागि प्रक्रियामा नआउँदा नेपाल खाद्य संस्थानको व्यापारिक भवन निर्माण अवरुद्ध भएको छ । संस्थानको भद्रकालीस्थित सात रोपनी जग्गामा व्यावसायिक भवन नक्शा पास नै नगरी नियम विपरीत निर्माण गरेको पाएपछि काठमाडौँ महानगरपालिकाले गत वैशाखमा तत्काल निर्माण रोकी नक्शा पास गर्न भनेको थियो । कामपाले रोक लगाएको धेरै समय बितिसक्दा सम्म नक्शा बनाउने प्रक्रियामा समेत संस्थान नआएकाले निर्माणको काम हुन नसकेको कामपा वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले राससलाई जानकारी दिए । नक्शा मात्रै होइन संस्थानले कामपालाई पाँच वर्षदेखिको बक्यौतासमेत तिर्नुपर्ने बताइएको छ । संस्थानले कामपालाई रु सात करोड कर शीर्षकको बक्यौता रकम तिर्न र सम्बन्धित वडामा निर्माणका लागि नक्शा स्वीकृत गर्न कामपाले संस्थानलाई आग्रह गरिसकेको छ । संस्थानले भने आफूहरु नक्शा पासका लागि आउने जनाउँदै बक्यौता तिर्नका लागि भने आफूसँग रकम नभएको बताउँदै आएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा सरकारी वा निजी कार्यालयले भवन निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट अनिवार्य रुपमा नक्शा स्वीकृत गर्नुपर्ने व्यवस्था छ । नियम विपरीत निर्माण गरेकाले कामपाले निर्माणमा रोक लगाएको तण्डुकारले बताए । अहिले निर्माणमा रोक लगाइएको भवन संस्थान आफ्नै नभई व्यापारिक प्रयोजनका लागि अरूले नै निर्माण गरिरहेको भवन भएको बताइएको छ । वडाका सार्वजनिक जग्गा पहिचान पछिल्लो समय कामपाले ३२ वटै वडामा रहेका सार्वजनिक जग्गाको पहिचान गर्न अग्रसरता देखाएको छ । खुला सार्वजनिक स्थानको पहिचान र संरक्षणको काम अघि बढाउन केही महिनाअघि कामपा प्रमुख विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई निर्देशन दिइसकेका थिए । प्रमुखको निर्देशनानुसार हालसम्ममा कामपा वडा नम्बर ११ मा आठ रोपनी जग्गा र अन्य तीन वडामा केही जग्गा पत्ता लगाइएको छ । यसअघि व्यक्तिगत रुपमा प्रयोग भइरहेका ती जग्गामध्ये केहीमा ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्रसहित सबैका लागि प्रयोगमा ल्याउने कामपाको योजना छ । कामपामा हालसम्म् वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा नौ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको कामपा, भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार तीन वडाका जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैंचा निर्माणका लागि डिजाइनको काम भइसकेको छ । कामपाले चालु आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न रु तीन करोड विनियोजन गरेको छ । थापाका अनुसार कामपाका सबै वडामा धेरै थोरै खुला सार्वजनिक जग्गा छ । ती सबै जग्गाको पहिचान गरी प्रयोगमा ल्याइने कामपाको योजना छ । यसअघि केही सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको थियो । कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । अब ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाई सामूहिक प्रयोगमा ल्याइने कामपाको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending