Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

रातो पासपोर्ट दुरुपयोग रोक्ने संयन्त्र खोज्दै

काठमाडौं । विदेश भ्रमणमा जाँदा सहजरूपमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) पाउनुपर्ने सांसदले माग गरेपछि यसको सम्भावित दुरुपयोग नियन्त्रण गर्ने संयन्त्रको खोजी हुन थालेको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथिको छलफलमा उहाँहरूले त्यस्तो प्रबन्ध हुने गरी विधेयक संशोधनका लागि उनीहरूको तर्क छ । सांसदलाई निर्वाचित भएपछि कार्यकालभरि स्वतः त्यस्तो राहदानी दिने वा कुनै निश्चित कार्यक्रमको कारण खुलाएर निवेदन दिएमा राहदानी दिई विदेशबाट फर्केपछि फिर्ता माग्ने भन्नेमा बहस छ । विगतमा राहदानी कसुरमा कतिपय सांसद पक्राउ परी कारबाही भएको सन्दर्भमा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मतान्तर देखिएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यले आफू निर्वाचित प्रमाणपत्र वा सङ्घीय संसद्को सदस्यको परिचयपत्र पेश गरेमा राहदानी विभागले कुटनीतिक राहदानी जारी गर्न सक्ने गरी संशोधन गर्न अधिकांशको माग छ । विधेयकमाथि सोही व्यहोराका संशोधन प्रस्ताव दर्ता पनि भएका छन् । विधेयकमा नेपाल सरकारबाट जारी हुने राहदानीका लागि झुटा विवरण दिएमा वा राहदानीसम्बन्धी कुनै कसुर गरेमा बिना पूर्जी पक्राउ गरी कारबाही गरिने उल्लेख छ । झुटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएमा वा लिने प्रयत्न गरेमा, राहदानी वा अनुमतिपत्र नलिइ विदेश भ्रमण गरेमा वा भ्रमणको प्रयत्न गरेमा तुरुन्तै नियन्त्रणमा लिनसक्ने प्रस्ताव छ । राहदानीको दुरुपयोग गरिएमा अनसुन्धान गर्ने कानूनी संरचनाको स्थापना गर्दै विगतको भन्दा कडा दण्ड सजायको व्यवस्था गरिएको छ । सांसद र उच्च पदाधिकारी पनि राहदानी कसुरमा पर्ने सन्दर्भमा विधेयकले कडाइ गरेको हो । विधेयकमा राहदानी कसुरमा रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्म कैद वा दुबै कारबाही पनि हुनसक्ने उल्लेख छ । कसुरदारका मतियारलाई पनि कारबाही हुने विधेयकमा व्यवस्था छ । प्रस्तावित विधेयकमा नेपाल सरकारले दिएको निर्देशन पालना नगरेमा, आफ्नो राहदानी अर्कालाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा, राहदानीमा फोटो वा विवरण सच्याएमा, अन्य व्यक्तिको राहदानी निजको अनुमति नलिइ बद्नियतपूर्वक नियन्त्रणमा लिएमा कसुरदार ठहर गरी कारबाही गरिने जनाइएको छ । बैठकमा उपसमिति गठन गरेर विस्तृत गर्नसमेत सुझाव आए पनि यही भदौ २९ गते बस्ने समितिको पूर्ण बैठकमै थप छलफल गर्ने निर्णय भएको छ । समितिका ज्येष्ठ सदस्य माधवकुमार नेपालको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो । नेपाली काङ्ग्रेसका पुष्पा भुसालले नगरपालिका र गाउँपालिकाका प्रमुखलाई समेत रातो पासपोर्ट दिने तयारी भएका बेला सांसदलाई त्यसबाट अलग राख्न नहुने बताए । नेपाल कम्युनिष्ट पार्टीका नारदमुनी रानाले सांसदका नाममा रातो पासपोर्ट दुरुपयोग हुने खतरा रोक्ने संयन्त्र बनाएर सांसदलाई कुटनीतिक राहदानी दिन उपयुक्त हुने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने जुनसुकै पदमा रही काम गर्ने नेपालीले निजी कामका लागि विदेश जाँदा साधारण राहदानी प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । विधेयकमाथि विभिन्न छ सांसदले संशोधनको सूचना दर्ता गराएका छन् । मौजुदा राहदानी ऐन, २०२४ का व्यवस्थामा समयसापेक्षरूपमा परिमार्जन गर्न तथा नयाँ संविधान प्रतिकूल बनाउन सरकारले प्रतिनिधिसभामा नयाँ विधेयक लगेको थियो । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले नागरिकको विदेश जाने र आउने क्रमलाई व्यवस्थित गर्न तथा नागरिक उडड्यन सङ्गठन (आइकाओ) का नीतिगत मान्यतालाई सम्बोधन गर्न विधेयकले व्यवस्था गरेको बताए । विधेयकमा चार प्रकारका राहदानी जारी हुने व्यवस्था गरिएको छ । सरकारी कामको सिलसिलामा विदेश जाने तोकिएका पदाधिकारी र उच्चपदस्थ अधिकारीका लागि कूटनीतिक, सरकारी निर्णयबाट कुनै अध्ययन, भ्रमण र तालीममा जाने कर्मचारी तथा पदाधिकारीलाई विशेष, विदेशस्थित नेपालको नियोगमा खटिएर जाने कर्मचारीलाई सर्भिस र नेपाली नागरिकलाई साधारण गरी चार किसिमका राहदानी जारी हुनेछन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending