नेपालगञ्ज । स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ । अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने जुम्लाको स्याउ बिक्रीमा बढी व्यस्त छन् । उपभोक्ता पनि जुम्ला, डोल्पालगायत कर्णालीका क्षेत्रबाट आएको बाहेक अन्यत्रको स्याउमा आँखा लगाउँदैनन् । जुम्लामा मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो भएको छ । दैनिक करीब दुई ट्रक स्याउ नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जी मण्डीमा बिक्रीका लागि आइरहेको छ । त्यहाँबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गर्दछन् । भदौको दोस्रो साताबाट बजारमा आएसँगै भारत र चीनका स्याउ यहाँको बजारबाट विस्थापित जस्तै भएको छ । यसले त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्छन्,“जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी ल्याउने गरिएको छ ।” दैनिक करिब सय क्विन्टल स्याउ बिक्रीका लागि फलफूल मण्डीमा आउँछ । त्यहाँबाट बाँकेका विभिन्न बजारमा खुद्रा मूल्यमा बिक्रीका लागि व्यापारीले लिएर जान्छन् भने बर्दिया र कैलालीसम्म स्याउ जान्छ । फलफूल व्यापारी मोहम्मद नसिम जुम्लाको स्याउ दैनिक २० देखि ५० किलोसम्म बिक्री गरेर आएको नाफाबाट आफू सन्तुष्ट रहेको बताउँछन् ।
यसको थोक मूल्य अहिले रु ५० देखि रु ९० प्रतिकेजी छ । खुद्रा व्यापारीले रु ८० देखि रु १३० प्रतिकिलोसम्म बिक्री गरिरहेका छन् । स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म यसका पारखीले जुम्ली स्याउ नै रोज्दछन् । ठूलो, मझौला र सानो तीन प्रकारले वर्गीकरण गरी स्याउ बिक्री भइरहेको छ । स्थानीय डिबी राउतले जुम्लाको स्याउ स्वादिलो भएकोले अरुभन्दा यही नै रोज्ने गरेको बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: