Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मानव बेचबिखनलार्इ आर्थिकोपार्जनको माध्यम बनाइयोः नागरिक मन्त्री थापा

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विकृतपूर्ण सोचका कारण मानव बेचबिखन तथा ओसारपसारलाई आर्थिकोपार्जनको माध्यम बनाइएकोमा चिन्ता व्यक्त गरेकि छिन् । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मूल समारोहमा उनले सभ्य समाज निर्माणका लागि बाधक तथा जघन्य अपराधका रुपमा रहेको मानव बेचबिखनलाई न्यूनीकरण गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्यको खाँचो औँल्याइन् । उनले ओसारपसारका घटना हुन नदिने र भइहालेमा पीडित र प्रभावितलाई उद्धार गरी संरक्षणका लागि पुनःस्थापना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मानव बेचबिखन तथा ओसारपसारविरुद्धका अभियानमा सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र नागरिक समाजको समन्वयको खाँचो औँल्याइन् । मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन २०६४ तथा नियमावली २०६५, मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय कार्ययोजना, २०७१ र अन्तर्राष्ट्रिय सन्धिसम्झौतामा भएका प्रावधान कार्यान्वयनमा ल्याइएको जानकारी दिइन् । कुनै उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानूनबमोजिमबाहेक मानिसको अङ्ग झिक्नेजस्ता विषय मानव बेचबिखन तथा ओसारपसारमा पर्छन् । उक्त कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानकर्मी तथा संस्थालाई पुरस्कृत तथा सम्मान गरिएको थियो । ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending