Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

२४ घण्टामा प्रचण्ड-अोलीका दुर्इ वार्ताः भदौभित्रै पार्टी एकता, सरकारको कामबारे चिन्तित

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुवै अध्यक्षबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता भएको हो । भेटमा पार्टी एकता र सरकारको कामबारे समीक्षा भएको छ । तल्लो तहको पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने र सरकारको काम प्रभावकारी बनाउनेबारे दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यसअघि मंगलबार बेलुकी पनि दुवै अध्यक्षबीच भेटवार्ता भएको थियो । नेकपाले प्रभावकारी काम गर्न नसक्ने आफ्ना मन्त्री हेरफेर गर्ने तयारी पनि गरेको छ । सरकारको काम प्रभावकारी हुन नसकेको गुनासो बढिरहेको बेला कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरु हेरफेर गर्ने तयारी भएको हो । दुई अध्यक्षबीचको छलफलमा यसबारे पनि कुरा भएको बुझिएको छ । हिजो मात्रै प्रचण्डले सञ्चारकर्मीहरुसँग नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीन भ्रमण गर्ने गइरहेको बताएका थिए । प्रचण्डले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकोले सो का लागि थप वातावरण निर्माण गर्न भ्रमण गर्न लागिएको बताएका हुन् । “दुबै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रीत रहनेछ ।” उनले भने, “अध्यक्षका नाताले दुबै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालिका बनेको हो, मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।” भदौभित्रै पार्टी एकता अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक महान् अभिभारा यही भदौसम्म पुरा हुने बताए । तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएको कार्यदलहरुले प्रतिवेदन बुझाई सकेको बताउँदै अध्यक्ष प्रचण्डले पार्टीको स्थायी समिति र सचिवालयको बैठकले यसको अन्तिम टुंगो लगाउने बताए । “तल्लो कमिटिमा कुनै समस्या भएर एकीकरणमा ढिलाई भएको होइन ” उनले भने “एकताका लागि गठित कार्यदलहरुले प्रतिवेदन दिएका छन्, ठूलो पार्टी भएको अवस्थामा देखिने सामान्य असन्तुष्टिहरुको समेत व्यवस्थापन गर्ने गरी यसको टुंगो यही महिनाभित्र लगाइने छ ।” अध्यक्ष प्रचण्डले पार्टी एकतापछि पार्टीले नयाँ गति लिने समेत बताए । सरकारको काम कारबाहीबारे गम्भीर समिक्षा शुरु सरकारको भूमिकाबारे सञ्चारकर्मीहरुले व्यक्त गरेका समीक्षात्मक विचारमाथि टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले जनताको तहमा देखिएको असन्तुष्टिलाई समयमा नै हल गर्नुपर्ने सञ्चारकर्मीहरूसँग बताएका थिए । “जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे हामी दुबै अध्यक्ष गम्भीर छौं” प्रचण्डले भने, “हाम्रो बीचमा यो विषयमा गम्भीर छलफल शुरु भएको छ । आम जनताले सरकारबाट राखेको अपेक्षा पुरा गर्न सरकारको भूमिका र संचरनाका बारेमा के कसरी जाने भन्ने विषयमा गम्भीर ढंगले छलफल भइरहेको छ । हाम्रो मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै हामीले लिएको बाटोतर्फ देशलाई अघि बढाउने हुने छ ।” प्रचण्डले समीक्षाबाट प्राप्त निश्कर्षलाई पार्टीभित्र समेत छलफल गरी सरकारको प्रभावकारिता बढाउने दिशामा गम्भीर र ठोस कदम चालिने समेत बताए । नयाँ संरचनाको अभ्यास नपुग्दा समस्या पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा राखिएको जिज्ञासाका बारेमा अध्यक्ष प्रचण्डले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने बताए । देशमा विगतको संरचना नरहेको र नयाँ संघीय, समानुपातिक र समावेशी राज्य संरचनाको निर्माण भएको परिवेशमा यसले पूर्ण कार्यान्वयनमा आउन समय लाग्ने वहाँको जिकिर थियो । अध्यक्ष प्रचण्डले हरेक परिवर्तनपछि पुराना शक्ति र नयाँ चाहने शक्तिबीच जहिल्यै पनि संघर्ष चर्किने बताउनुहँुदै स्थानीय तहहरुमा केही समस्या देखिएपनि कैयन् सकारात्मक पक्ष समेत रहेको बताए । “कैयन् ठाउँमा केही समस्या देखिएका होलान तर नयाँ संरचनाको अभ्यासका क्रममा यो स्वभाविक हो । यो सँगै विकासको लहर समेत जागेको कुरा पनि बिर्सिनुहुँदैन । स्थानीय तहमा अहिले हाम्रा लागि केही गरौं भन्ने भावनाको विकास भएको छ । यसको परिणाम दीर्घकालमा देखिन्छ ।” उनको भनाई थियो । अध्यक्ष प्रचण्डले संघीयता र समावेशी चरित्रको राज्यसत्ताको स्वामित्व र अपनत्वबोध गर्ने विषयमा सबै पक्षको समान बुझाई र अनुभूति नरहेको कारणले समेत कतिपय अवस्थामा समस्या आउने कुरामा समेत जोड दिए । सरकार र संरचनाबारे पुरै नकारात्मक चित्रण गर्ने समय आइनपुगेकोमा प्रचण्डले विशेष जोड दिए । “अहिले विश्लेषणसम्म ठीकै छ, तर यो कुरै बेठीक भनेर संश्लेषण नै गर्ने अवस्थामा हामी पुगेको छैनौं ।” प्रचण्डले भने “हिजो संघीयता, समानुपातिक समावेशिलगायतका विषय सैद्धान्तिक बहसमा थिए र त्यही अनुरुपको संविधान बन्यो, तर अब यसबारे व्यवहारमा वास्तविक बहस शुरु भएको छ । यसैले अहिले नै संघीयता बेठीक या धर्म निरपेक्षता बेठीक भनेर ठोकुवा गर्ने बेला भएको छैन ।” सामाजिक मूल्यमा ह्रास–ठूलो चिन्ताको विषय अध्यक्ष प्रचण्डले नेपाली समाजका कतिपय सांस्कृतिक, व्यवहारिक तथा नैतिक मूल्यमा देखिएको विचलनप्रति चिन्ता व्यक्त गरे । पछिल्लो दिनमा महिलामाथि बढिरहेको हिंसातर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले समाजको नैतिक मूल्य विचलन भएको त हैन भन्ने प्रश्न समेत उठाए । उनले भने “हाम्रो समाजमा किन यस्तो प्रवृत्ति फैलियो, किन समाज हिंसात्मक भयो र विचलन हुँदैछ भन्ने विषयमा सबैले सोच्नु जरुरी छ । सरकार या नेता विचलन भए त अरु खोजौला तर समाज नै विचलन भएर स्खलित भए त्यो माथि उठाउन निकै गा¥हो पर्छ । यो कुरामा मिडियाले समेत गम्भीरतापूर्वक सोच्न जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending