Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

काठमाडौं । एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका तल्ला निकाय तथा जनवर्गिय संगठनहरुको एकता प्रक्रिया आजसम्म पनि टुग्याउन सकेको छैन । पार्टी एकता भएको लामो समयसम्म पनि तल्ला निकायका पार्टी कमिटिहरु तथा जनवर्गिय संगठनहरुबिचमा एकता नहुनुले नेकपाको नेतृत्वतहमा समेत असन्तुष्टी बढेको छ । मुलुककै दुई ठुला पार्टीहरुबिच भएको एकता पश्चात जसरी तिव्र गतिमा एकता प्रक्रियाले मेलो समात्नुपर्ने हो समात्न सकेको छैन । यसरी एकता प्रक्रियाले गति नपाउँदा पार्टी तथा जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र छन् । कहाँ पुग्यो युवा–विद्यार्थीको एकता ? \"\" नेकपाभित्र सबैभन्दा शक्तिशाली मानिने युवा–विद्यार्थीबिचको एकता प्रक्रियामा पनि सहमति जुट्न सकेको छैन । सम्बन्धित संगठनका इन्चार्ज तथा अध्यक्षहरु रहेको कार्यदलका बैठकहरु दैनिकजसो हुने गरेको भएपनि नेतृत्व, नाम तथा झण्डा र कमिटिको संख्यामा कुरा नमिल्दा कार्यदलले पार्टीमा प्रतिवेदन बुझाउन सकेको छैन । वाइएसिएल नेपाल र युवा संघ नेपालबिचको कार्यदलले झण्डा र नेतृत्वबाहेक अन्य विषयमा सहमति नजिक पुगेको बताएको छ भने अखिल क्रान्तिकारी र अनेरास्ववियुबिचमा नेतृत्वमा सहमति जुट्न सकेको छैन । युवा नेताहरुका अनुसार युवाको कार्यदलमा अहिले झण्डाको विषयमा छलफल जारी छ । वाईसिएलले झण्डा आफ्नो र युवा संघ दुवैको नराखी नयाँ बनाउनुपर्ने अडान राखेको छ भने युवा संघले झण्डा आफ्नै हुनुपर्ने अडान राखेको छ । नाम, स्थापना मिति र कमिटि संख्याको विषयमा करिब सहमति नजिक रहेको वाइसिएलका अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले बताएका छन् । युवा संघका अध्यक्ष रमेश पौडेलका अनुसार समानताका आधारमा दुई संगठनकाबिच एकता हुनेछ । नयाँ बन्ने संगठनको अध्यक्षमा भने वाईसिएलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र युवा संघका अध्यक्ष रमेश पौडेल दुवैको दावी रहेको छ । यसैगरी दुई विद्यार्थी संगठनको कार्यदलले भने नेतृत्व बाहेक अन्य विषयमा सहमति जुटाईसकेको छ । अनेरास्ववियुको ‘यु’ लाई दिर्घ ‘यू’ बनाएर एमाले सम्बद्ध अनेरास्ववियुको नाममा सहमति जुटेको छ भने झण्डा यसअघि नै एउटै रहेकोले विवाद थिएन । ४९९ को केन्द्रिय कमिटि बनाउने सहमति गरेका दूई अखिलमा केन्द्रिय समितिका लागी दुवै संगठनबाट हुने प्रतिनिधि संख्यामा समेत सहमति जुटिसकेको छ । सहमतिअनुसार अखिल क्रान्तिकारीबाट २३९ र अनेरास्ववियुबाट २६० रहने छन् । यी दुई संगठनबाट पनि नेतृत्वमा दुवैतिरबाट दावी छ । अखिल क्रान्तिकारीबाट रंजित तामाङ्को दावी रहेको छ भने अनेरास्ववियुबाट महासचिव एैन महरको अध्यक्षमा दावी रहेको छ । अध्यक्ष नविना लामा सांसद भईसकेपछि उनी अध्यक्षको प्रतिष्पर्धामा छैनन् । तर जेजति विवादका विषयहरु रहन्छन् तिनलाइ पार्टी नेतृत्वले टुंग्याउने निर्णय नेकपाले गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending