Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

रेणु दाहाल भन्छिन्-भरतपुरलाई देशकै सफा र हरियाली महानगर बनाउँछौं

भरतपुर । प्रमुख रेणुु दाहालले भरतपुरलाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने बताएकी छन् । भरतपुर महानगरपालिकाको मुख्य सहर नारायणगढ बजारको सडक सरसफाइ अभियानको क्रममा प्रमुख दाहालले देशकै सफा र हरियाली महानगर बनाउने बताइन । उनले भनिन, ‘महानगरलाई सफा र हरियाली बनाउने अभियानमा हामी लागेका छौँ, स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न पनि सबैभन्दा पहिला नगर हरियाली र सफा हुनुपर्छ ।’ उनका अनुसार महानगरलाई सफा र हरियाली बनाउनको लागि विभिन्न सरसफाइमा जुटेका सामाजिक संघसंस्थाहरु र अभियान्ताहरुले महानगरलाई साथ र सहयोग भइरहेको छ । मेयर दाहालले भरतपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्दै लैजाँदा सफा र हरियाली अनिवार्य भएको हुँदा यसलाई महानगरले प्रमुख प्राथमिकता दिएको बताइन । महानगरले यसअघि भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न वृहत विज्ञहरुको गोष्ठीसमेत चलाएको थियो । गोष्ठीमा नगरलाई हरियाली र सफा बनाउनुपर्ने कुरासमेत उठेको थियो । प्रमुख दाहालले भरतपुर महानगरलाई सफा र हरियालीको नमुनाको रुपमा चिनाएर विश्वका पाहुनालाई भरतपुर आउने वातावरण सिर्जना गर्नु नै महानगरको ध्येय रहेको बताए । उनले भने, ‘महानगरलाई स्मार्ट सहर बनाउन पनि पहिला सफा र हरियाली चाहिने भएकाले महानगरले सफा र हरियालीलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ । ‘महानगरका ३ वटा वडाहरु सरसफाइयुक्त घोषणा भइसकेको छ, निकट भविष्यमा नै भरतपुर महानगरलाई हरियाली र सरसफाइयुक्त महानगर घोषणा गर्ने अठोट मैले लिएको छु’ प्रमुख दाहालले भनिन् । उनले भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा सहर बनाउन विभिन्न योजनाहरु ल्याएको बताइन । नगरलाई सफा र हरियाली राख्न भरतपुर महानगरले १ घर २ बिरुवा अभियान पनि चलाइरहेको छ । भरतपुरलाई वातावरणमैत्री बनाउन वातावरणको क्षेत्रमा काम गर्ने संघसंस्थालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने प्रमुख दाहालको भनाइ थियो । नारायणगढमा सरसफाइ र बिरुवा रोपन भरतपुर महानगरले सोमबार नारायणगढको सरसफाइ र बृक्षारोपनको कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढको बजारको बीच सडकको क्यारीमा सरसफाइसहित झण्डै ५०० विभिन्न प्रजातिका फूललगायतका बिरुवा रोपिएको भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । \"\" भरतपुर महानगरलाई सफा र हरियाली बनाउने अभियान चलिरहेको उनको भनाइ थियो । सरसफाइ अभियानअन्तर्गत नै आज नारायणगढमा बिरुवा रोप्ने र सरसफाइ गर्ने कार्यक्रम भएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, सरसफाइमा लागेको वे गु्रप, लायन्स क्लब अफ बागेश्वरी, विभिन्न संघसंस्थालगायत सामाजिक अभियान्ताहरु सहभागी थिए । भरतपुर वडा नं १ का वडाध्यक्ष जयदेव श्रेष्ठले सहरलाई हरियाली बनाउनको लागि महानगरले अभियान चलाइरहेको र त्यही अभियानअन्तर्गत नारायणगढ बजारको सरसफाइ तथा बिरुवा रोप्ने काम भएको बताए । सामाजिक अभियान्ताहरुले विभिन्न २० भन्दा बढी जातको बिरुवा संकलन गरेका थिए । ट्राफिक कार्यालयका प्रमुख वेदप्रसाद गौतमले नगरलाई सफा र हरियाली बनाउन ट्राफिक प्रहरीको पनि मुख्य भूमिका हुने भएकाले अभियानमा लागेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE