Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

दिउँसो टिपर चलाउन रोक लगाएपछि दुर्घटनामा कमि

काठमाडौँ। काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ । सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ती सवारी साधनको दुर्घटनाबाट तीनजनाको ज्यान गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४/०७५ मा एक हजार ५८० यस्ता सवारी साधनबाट भएको दुर्घटनामा ४५ जनाको ज्यान गएको थियो । जसमध्ये २०७४ को साउन र भदौमा मात्र ती सवारी साधनका कारण सातको मृत्यु भएको थियो । टिपर दुर्घटनाबाट पैदलयात्रु र साना सवारी चालकको मृत्युका घटना बढेकाले गृहमन्त्री रामबहादुर थापाले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको थियो । साउन १ गते काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त दिउँसोको समयमा त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाएकै कारण दुर्घटनामा कमी आएको बताउछन् । “रातको समयमा कम सवारीसाधन गुडने र सडकमा मानिसको भीडभाड कम हुने भएकाले दुर्घटनामा कमी आएको हो”, उनी भन्छन् “ साँघुरो सडक र बढी सवारीसाधन आवतजावत हुँदा उपत्यकामा धेरै दुर्घटना हुने गरेको हो । ” चालकको लापर्वाही र तीव्र गतिका कारण नै उपत्यकामा बढी ट्रक र टिपर दुर्घटना हुने गरेको उल्लेख गर्दै लामो समयदेखि मुलुकको सवारी साधन व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका जगतमान श्रेष्ठ भन्छन् “ट्रक टिपरका चालकले जति अगाडि देख्छन् त्यति दायाँबायाँ नदेख्दा बढी दुर्घटना हुने गरेको छ ।” पचास प्रतिशत सवारी चालकसँग भारी सवारीसाधन सञ्चालनको अनुमति पत्र (लाइसेन्स) नभएको र त्यसमध्ये पनि २५ प्रतिशत चालक अनुभवविहीन भएका कारण दुर्घटना बढेको जानकारी दिँदै उनी टिपर र ट्रकका अधिकांश चालक सिकारुसमेत रहँदा दुर्घटना हुने गरेको बताउछन् मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउनु तथा बढी रकम पाउने लोभमा दुई/तीनपटक ओहोरदोहोर गर्नु र तीव्र गतिका कारण पनि बढी दुर्घटना हुने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठ दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउँदा व्यवसायमा समस्या परेको बताउछन् । “रातको समयमा निर्माण सामग्री नपाउँदा सामान ढुवानीमा समेत समस्या परेको छ”, उनी भन्छन् । रातको समयमा निर्माण सामग्री सवारीसाधनमा राख्दा वा झार्दा सुतिरहेका मानिसलाई असर पर्ने गरेकाले दिउँसोको समयमा ट्रक र टिपर चलाएर नै दुर्घटना न्यूनीकरण गर्न लागि ट्रक र टिपरको बनावट परिवर्तन गर्न व्यवसायी लागेको उनी बताउछन् । आव २०७४/०७५ मा काठमाडौँ उपत्यकामा मात्र सवारी दुर्घटनाबाट १९४ जनाको ज्यान गएको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा आठ लाखभन्दा बढी र देशभर ३० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending