Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भक्तपुर इन्काउन्टरः गृहमन्त्री बादललार्इ यस्तो गरे सर्वेन्द्रले ब्रिफिङ

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार साँझ काठमाडाैंको काँडाघारीबाट अपहरण गरी भक्तपुरको सानोठिमीमा हत्या गरिएका बालकका ‘अपहरणकारी’लाई इन्काउन्टरमा मारिएको विषयमा चासो व्यक्त गरेका छन् । गृहमन्त्री थापा ‘मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन इन्डोनेसियाको गएकै दिन आइतवार काठमाडाैं काँडाघारीबाट बालकको अपहरण भएको थियो । सोमबार मृत फेला परेका ११ वर्षीय निशान खड्काको अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले सोमवार सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई ‘दोहोरो भिडन्त’का क्रममा गोली हानी मारेको थियो । \"\" सम्मेलनमा सहभागी भएर बुधवार स्वदेश फर्किएका गृहमन्त्री थापाले बिहीवार मध्याह्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित घटनासँग सम्बन्धित प्रहरी अधिकारीलाई बोलाएर बालकको अपहरण र अपहरणमा संलग्न भनिएका व्यक्तिलाई मारिएको घटनाबारे जानकारी लिएका हुन् । गृहमन्त्री थापाले अपहरित बालकको सकुशल उद्दार गर्न नसक्नुका कारण र अपहरणकारी भनिएका व्यक्तिलाई के–कति कारणले गोली हानिएको हो भन्ने विषयमा प्रहरी महानिरीक्षसहित प्रहरी अधिकारीको जवाफ मागेका थिए । जवाफमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरणकारीले बच्चाको हत्या गरेर भागेको र खोजी गर्ने क्रममा भक्तपुर सूर्यविनायकको जंगलमा फेला पर्दा दोहोरो भिडन्त भएको बताएका छन् । अपहरणकारी भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएर गोली हानी मारिएको भन्ने विषय सञ्चारमाध्यममा आएपछि गृहमन्त्री थापाले प्रहरी अधिकारीलाई बोलाएर सो सम्बन्धमा जानकारी लिएका हुन् । \"\" इन्काउन्टरमा मारिएका गोपाल र अजयको गैरन्यायिक हत्या भएको भन्दै उनीहरूका आफन्तले बुधबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । आयोगले बुधवारदेखि नै प्रहरीको इन्काउन्टरमाथि अनुसन्धान थालिसकेको जनाएको छ । त्यस्तै महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गृहमन्त्री बादललाई औपचारिक ब्रिफिङ गरेको छ । आज महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोलीले गृहमन्त्रालय पुगेर भक्तपुर इन्काउन्टरबारे ब्रिफिङ गरेको हो । सिंहले गृहमन्त्रीलाई भक्तपुरमा भिडन्त भएको घटना वास्तविक भएको बताएका छन् । ‘बाहिर प्रचार गरिएको जस्तो फेक घटना होइन’, सिंहले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending