Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

गृहमन्त्री बादलले २ बर्ष कैद सजायबाट प्रकाण्डलार्इ जोगाउलान ?

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ नै समस्याको समाधान नभएको तर्क आउन थालेको छ । प्रकाण्ड पक्राउको बिषयले सामाजिक सञ्जालहरु रंगिन थालेका छन् । सामाजिक सञ्जालमा प्राय प्रकाउ नै समाधान नभएर समस्या भएको तर्क हुन थालेको छ । तत्कालिन माओवादीबाट गृहमन्त्री बनेका रामबहादुर थापा ‘बादल’ बिदेशमा भएको बेला यता प्रकाण्ड ७ करोड रुपैयाँ चन्दा असुलीको आरोपमा पक्राउ परेका छन् । चन्दा असुलीबारे के छ ऐनमा ? \"\" यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरुको बर्खिलाप हुने गरी वा करकाप गरी चन्दा उठाउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र त्यसरी उठाइएको चन्दा रकमसमेत निजबाट सरकारी बाँकि सरह असूल उपर गरिनेछ । ७ करोड चन्दा असुलीबारे ५ दिन थुनामा राखेर अनुसन्धान \"\" जिल्ला अदालत काठमाडौंले ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको बताइएको छ । प्रहरीले हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जनालार्इ मंगलबार साँझ करिव साढे ७ बजेतिर दक्षिणकारी नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरेको थियो । प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका–६ का हरिचन्द्र आचार्य रहेका छन् । विप्लवको विज्ञप्तिः यस्ता छन् अान्दोलनका कार्यक्रम \"\" पार्टीका शीर्ष नेता पक्राउको विरोधमा विप्लवले हिजो नै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजो बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई सरकारले बिनाकारण गिरफ्तार गरेको छ । सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ । अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ । ’ केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको आरोप नेकपाले लगाएको छ । सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ’ विज्ञप्तिमा उल्लेख । नेकपाले साउन २५ गते देशव्यापी कोणसभा, साउन २६ गते विरोधसभा, साउन २७ गते भण्डाफोर, साउन २८ गते मशालजुलुस र साउन २९ गते नेपाल बन्द कार्यक्रम राखेको छ । प्रकाण्ड पक्राउबारे फेसबुकमा कसले के भने ? पत्रकार रेवती सापकोटाले प्रकाण्ड पक्राउ परे लगत्तै फेसबुकमा लेखे ‘बादल गृहमन्त्री हुने, प्रकाण्ड पक्राउ पर्ने, विप्लव भाग्नुपर्ने कस्ता दिन आए नेपालमा ?’ पत्रकार सापकोटाले लेखे जस्तै जनयुद्धका सहपाठी बादल गृहमन्त्री भएको बेला विप्लव भाग्नुपर्ने स्थिति आएको छ भने यता प्रकाण्डको हातमा हत्कडी लगाइएको छ । \"\" त्यसैगरि अर्का पत्रकार दीपेन्द्र कुँवरले नीजि विचार भन्दै लेखेका छन् ‘प्रकाण्डलाई लगाइएको हत्कडी फरक राजनीतिक विचारप्रतिको असहिष्णुता र अपमान हो । ओली सरकारले अपराधी घोषणा गरेको हो भने सार्वजनिक गरोस् ।’ कुँवरले लेखे जस्तै विप्लव नेतृत्वको पार्टीको फरक राजनीतिक गर्दै आएको छ । संघ, प्रदेश र केन्द्रको चुनावसमेत वहिस्कार गर्दै आएको छ । \"\" वाइसीएलका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ लेखेका छन् ‘नेकपाका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गर्नु समस्याको समाधान होईन् । राजनीतिक समाधान खोज्नुपर्छ ।’ \"\" ४ महिना अघि विप्लवलार्इ नै समात्न निर्देशन थियो \"\" २०७४ साल चैत २० गते खबरडबलीमा विप्लवलाई समात्न प्रहरीको निर्देशनः जनयुद्धको सहयोद्धालाई गृहमन्त्री बादलले बचाउलान कि समाउलान् ? भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा लेखिएको थियो ‘ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई प्रहरी प्रधान कार्यालयले जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न निर्देशन दिएको छ । अहिले भूमिगत अवस्थामा रहेका विप्लवलाई प्रहरी केन्द्रीय कार्यालयले पक्राउ गर्न आदेश दिएको हो । केहि समयअघि विप्लवलाई भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कसुरमा पक्राउ गरी कारवाही गर्न आदेश दिएको थियो । विप्लवलाई अदालतले आदेश दिएलगत्तै प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा जनअदालतको निर्देशन भन्दै पक्राउ पूर्जी कार्यकर्ताले टाँसेका थिए । हालका गृहमन्त्री रामबहादुर थापा बादल माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा विप्लवका सहयोद्धा हुन् । विप्लवलाई पक्राउ गर्न बादललाई चुनौतीको बिषय रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending