Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

ओली सरकारलाई सर्वोच्चले दियो धक्का

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएका नियुक्ति र निर्णय अहिलेको सरकारले बदर गर्यो । आफ्नो नियुक्ति बदर भएपछि अधिकांश व्यक्तिहरु सर्वोच्च अदालत पुगे । सर्वोच्चले धमाधम नियुक्ति बदरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइरहेको छ । अघिल्लो सरकारले चुनावी आचार संहितालाई उल्लंघन गर्दै राजनीतिक नियुक्ति गरेको भन्दै सरकारले सबैलाई एकमुष्ट पदमुक्त गर्ने निर्णयविरुद्ध परेका रिटहरुमा सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल ती निर्णय लागू नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी हुनु पर्ने वा नपर्ने विषयमा छलफल गर्न अर्को पेशी तोकेको छ । तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीको नियुक्ति सम्बन्धी विषय संसदीय सुनुवाई विशेष समितिमा अड्किएको बेला स्थगित हुँदै आएको पेशीमा आज सुनुवाई भएको हो । कार्कीको एकल इजलासले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. चिन्तामणि पोखरेल यस्तै विष्णु जोशी, काशीनाथ मरासिनी, सन्तोष चौधरी र अरबिन्द कुमार अग्रवाललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । त्यसैगरी गरिबसँग विश्वेश्वर कार्यक्रमका समन्वयकर्ता योगेन्द्र रोका मगर, रामचन्द्र गौतम र शुशील बस्नेत, जोगबुढा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भट्ट, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष रतनबहादुर खड्का, राष्ट्रिय समाचार समितिका सदस्य एकराज पाठक र कृषि सामग्री कम्पनी लिमिटेड भागवतप्रसाद यादवले दायर गरेको रिटमा पनि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यसअघि पनि सर्वोच्चले धेरैको नियुक्ति बदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending