Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बाह्रविसे नगरपालिकाका मेयर शेर्पामाथी आक्रमणको प्रयास

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका छन् । सोमबार बिहान काठमाडौंबाट नगरपालिकाको कार्यालय जादै गरेका मेयर शेर्पालाई अरनिको राजमार्गको जुरे नजिकै आक्रमणको प्रयास भएको हो । बा १४ च १४०८ नम्बरको गाडीमा सवार शेर्पालाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायतका टोलीले आक्रमणको प्रयास गरेको शेर्पाले बताए । बाह्रविसे जादै थिए,पहिरोले बाटो अवरुद्ध भएपछि त्यही बसिरेहेको थिए एक्कासी आक्रमण गर्न आए शेर्पाले भने । काँग्रेसले आज देशव्यापी रुपमा गर्न लागेको सरकार विरोधी प्रर्दशनको लागि कांग्रेस कार्यकर्ताहरु सदरमुकाम चौतारा जाँदै थिए । मेयर शेर्पालाई देख्न साथ काँग्रेस कार्यकर्ताहरुले मेयर शेर्पा विरुद्ध नाराबाजी गर्दै आक्रमणको लागि आएको शेर्पाका चालक सुनिल तरानामगरले जानकारी दिए । ठुलो संख्यामा काँग्रेस कार्यकर्ताहरु आक्रमणमा आएपछि सडक अवरुद्धका कारण त्यही रहेका गाडीका यात्रीहरुले आक्रमण गर्न नदिएको चालक मगरले बताए । आक्रमण सम्भव नभएपछि तलाई यही खोलामा मारेर फालिदिन्छु भन्दै धम्की दिएर बस्नेत लगायतका टोलीहरु फर्कैका थिए । स्थानीय तह निर्वाचनमा बस्नेत काँग्रेसबाट मेयरको प्रत्यासी थिए । आफुमाथि आक्रमणको प्रयास भएपछि शान्ति सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीलाई घटनाको विषयमा जानकारी गराएको शेर्पाले बताए । यसैबिच जनप्रतिनिधि माथी कार्यक्षेत्रमा जाँदै गर्दा आक्रमणको प्रयास हुनु निन्दनीय भएको नेकपाका स्थानीय कमिटी सदस्य एवम सासदं अग्नि सापकोटाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending