Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीका शेयर, प्रतिफल पाउन गाह्रो

काठमाडौं । शेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ । सो कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीेले साधारण शेयर बिक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गरेको छ । इक्रा नेपालको रेटिङमा पाँचौं नम्बर पाएको सो कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत् आयोजनाको स्थानीयवासीका लागि छुुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको आर्थिक अवस्था असाध्यै कमजोर रहेको त देखिन्छ नै शेयर लगानीकर्ताले आगामी नौ वर्षपछि मात्रै प्रतिफल पाउन सक्ने अवस्था छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको आठ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता रु एक सय मूल्य अंकित रु आठ करोड बराबरको शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको शेयर छिटोमा यही साउन ३१ तथा ढिलोमा भदौ १५ गतेसम्म खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सो कम्पनीको सेयर खरिद गर्न न्यूनतम ५० देखि अधिकतम चार हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सो आयोजनाको क्षमता ८.४ मेगावाट रहेको छ । यस्तै आजदेखि साधारण शेयर बिक्री शुरु गरेको युनियन हाइड्रोपावर कम्पनीको पनि इक्रा नेपालले गरेको रेटिङमा पाँचाैं ग्रेड पाएको छ । यो भनेको वित्तीय रुपमा असाध्यै कमजोर छ भन्ने संकेत हो । सो कम्पनीले आयोजना प्रभावित लमजुङका बासिन्दालाई साधारण शेयर बिक्री गर्न लागेको हो । लमजुुङमा सञ्चालित तीन मेगावाट क्षमताको मिदिम खोला जलविद्युत् आयोजनाले स्थानीयवासीका लागि छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको सात लाख ५० हजार कित्ता शेयर बिक्री शुरु गरेको हो । प्रतिकित्ता रु एक सय अंकित मूल्यमा रु सात करोड ५० लाख बराबरको शेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । सो कम्पनीको शेयर खरिद गर्नेले छिटोमा साउन २८ तथा ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । वित्तीय रुपमा कमजोर रहेको सो कम्पनीको शेयरमा लगानी गर्नेले प्रतिफलका लागि आठ वर्ष प्रतिक्षा गर्नुपर्ने देखिन्छ । इक्रा नेपालको रेटिङमा हिमालयन ऊर्जा विकास कम्पनीले पनि चौथो ग्रेड पाएको छ । यस्तै केही समय पहिले साधारण शेयर बिक्री गरेर बाँडफाँडसमेत गरिसकेको पञ्चकन्या माईहाइड्रो पावरको समेत ग्रेडिङ असाध्यै कमजोर रहेको थियो । सो कम्पनीको शेयरमा दशगुणा बढी आवेदन प¥यो । यी तथ्यले के देखाउँछ भने पछिल्ला दिनमा वित्तीय अवस्था कमजोर रहेका र रेटिङमा समेत असाध्यै पछाडि रहेका जलविद्युत् कम्पनीले एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गरिरहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डले सबै विवरण बुझाएपछि साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । साना लगानीकर्ता भने यस्ता कम्पनीको शेयर खरिद गरेर के कति नाफा कमाउलान् भन्नेतर्फ कोही कसैले सोचेको देखिदैन । बोर्डका प्रवक्ता नीरज गिरीकाअनुसार नियम पु¥याएर आएका कम्पनीलाई अनुमतिपत्र दिइएको छ । “लगानी गर्दा जोखिम छ कि छैन भन्ने हेर्ने जिम्मा लगानीकर्ता कै हो । त्यही भएर बोर्डले सार्वजनिक आह्वानपत्र प्रकाशित गर्दा नै सबै विवरण उल्लेख गर्न भनेका छाैं ” प्रवक्ता गिरीले भने “लगानीकर्ताले शेयर खरिद गर्ने कम्पनीको विवरणका आधारमा नै आफै निर्णय गर्दा नै उपयुक्त हुन्छ ।” पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन(एफपिओ) समेत बिक्री हुनसकेको छैन । नेपाल बैंक लिमिटेडको आइतबार मात्रै एफपिओ बिक्रीको अवधि सकियो । रु दुई अर्ब ७० करोडभन्दा बढीको खरिद भएन । बैंकले करीब रु चार अर्ब ९५ करोडको एफपिओ बिक्री गर्न लागेको थियो । एफपिओ नै बिक्री नभएर शेयर प्रत्याभूतकर्ता कम्पनीले उठाउनु परिरहेको छ । धमाधम आर्थिक अवस्था कमजोर भएका कम्पनीले साधारण शेयर बिक्री गरिरहेका छन् । बोर्डकाअनुसार मैलुङखोला जलविद्युत् कम्पनीले रु सात करोड ३६ लाख २८ हजार ६ सय बराबरको सात लाख ३६ हजार २८६ कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । कालिका पावर कम्पनी पनि रु १२ करोड बराबरको १२ लाख कित्ता तथा शिवश्री हाइड्रोपावर लिमिटेड १४ लाख ७६ हजार ४ सय कित्ता शेयर बिक्री गर्ने तयारीमा छ । गज्र्याङ उपत्यका हाइड्रो पावरले दुई लाख कित्ता र लाफिङ बुद्धले नौ लाख ७८ हजार बराबरको शेयर बिक्रीका लागि तयारी गरेको छ । अधिकांश कम्पनीको आर्थिक अवस्था कमजोर देखिएको छ । शेयर विश्लेषक नीरज पुडासैनीको विचारमा तत्काल फाइदा लिई हालाैं भन्ने मान्यताका साथ लगानीकर्ताले शेयरमा लगानी गर्ने गरेको पाइएको छ । नाफा प्राप्त गर्ने अवधि लामो भएका कम्पनीको शेयर खरिद गर्ने वा नगर्ने भन्ने विषय लगानीकर्ताको विवेकको विषय रहेको उहाँको भनाइ छ । साना लगानीकर्तालाई भने त्यस्ता कम्पनीको शेयर खरिद गर्दा समस्या पर्नसक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending