Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

६ महिनाका लागि पुग्ने खाद्यान्न भण्डारण गर्छौंः आपूर्तिमन्त्री थापा

काठमाडौं, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले भूकम्प र त्यसपछि आउन सक्ने सम्भावित विपत्तिका बेला आपूर्ति व्यवस्था सहज पार्न आगामी ६ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा रहेको बताएका छन् । राजधानीमा आयोजित एक साक्षात्करमा मन्त्री थापाले भूकम्पप्रभावित र सम्भावित बाढी पहिरो आउन सक्ने क्षेत्रलाई लक्षित गरेर खाद्यान्न भण्डारणको व्यवस्था गर्ने तयारीमा रहेको बताए । उनले पेट्रोलियम पदार्थको अभाव हुन नदिन मुख्यमुख्य स्थानमा सञ्चित गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको जानकारी दिए । मन्त्री थापाले राजधानी भित्रिने पृथ्वी राजमार्ग अवरुद्ध भए बिपी राजमार्ग हुँदै पेट्रोलियम पदार्थ आयात गर्ने तयारी भइसकेको बताए । उनले साधन स्रोतको अभावले राहत वितरणमा केही कमजोरी भए पनि आगामी एक महिनाभित्र मङ्सिर÷पुससम्मलाई पुग्ने खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने दृढता व्यक्त गरे । मन्त्री थापाले भूकम्प आउनुपूर्व नेपालसँग एक लाख ५० हजार क्विन्टल खाद्यान्न भण्डारण रहेकामा एक लाख क्विन्टल वितरण भइसकेको जानकारी दिए । उनले आगामी तीन महिनाको लागि भूकम्पपीडितलाई खाद्यान्न वितरण गर्न विश्व खाद्य सङ्गठनसँग सम्झौता हुन लागेको जानकारी दिए । आगामी दिनमा आउनसक्ने विपत्तिका बेला तत्काल खाद्यान्न सङ्कट हुन नदिन काठमाडौंमा चार हजार र पूर्वको लहानमा दुई हजार मेट्रिक टन खाद्यान्न भण्डारण गर्न लागिएको उनले जानकारी दिए । यस्तै काठमाडौँसहित धेरै खुला स्थानमा १५ देखि २० परिवार अट्ने गरी सामुदायिक भवन निर्माण गर्ने तयारी भइरहेको भन्दै त्यस्तो भवन आगामी दिनमा विपत्ति आउँदासमेत आश्रय स्थल हुने विश्वास व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE