Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

भूकम्पले पालको बासः बाघ, चितुवा र सर्पको त्रास

भक्तपुर, भूकम्प र पटकपटकका पराकम्पनका कारण पालमा बसेका भूकम्पपीडितलाई बाघ, चितुवा र सर्पले दुःख दिएपछि रातभरि त्रासैत्रासमा बस्नु परेको छ । नगरकोट, वागेश्वरी, सुडाल, छालिङ र चाँगु, दधिकोटको विरुजा, तर्खगाल, गुण्डु, सिपाडोललगायतका क्षेत्रमा बाघ र चितुवाको बिगबिगी बढेपछि यहाँका बासिन्दा रातभरि पालो गरेर सुत्न थालेका छन् । रातभरि पालनजिकै बाघ, चितुवा कराउने र नजिकै अस्थायी गोठभित्र पालिएको बाख्रा, गाईका बाच्छालाई समेत मार्न थालेपछि बाघ र चितुवाको डरले पालो गरेर सुत्नु परेको यहाँका बासिन्दाले बताएका छन् । महामञ्जुश्रीनगरकोट नगरपालिकाअन्तर्गत नगरकोट फेदीमा पाल हालेर बसेका नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दिपक लामिछानेले गाउँमा बाघ, चितुवा र सर्पको बिगबिगी बढेपछि रातभरि सुन्नसमेत समस्या परेको बताए । चाँगुदेखि नगरकोटसम्मको घना जङ्गलबाट आउने बाघ र चितुवाको आक्रमणमा पर्ने डरले यहाँका मानिस पालमा बस्दा पनि राति पालो गरेर बस्नु परेको उनले बताए । खरिपाटीका निरञ्जन बजगार्इंले विगत १० दिनदेखि बाघ, चितुवा र सर्पले दुःख दिएपछि गाउँ नै आतङ्कित बनेको बताउँदै उनले भने – ‘भूकम्पको डर र त्रास त एकातिर छँदैछ, अर्कोतिर गाउँमा फेरि बाघ, चितुवा र सर्पले निकै दुःख दिन थालेको छ, रातभरि पालो बसेर सुत्नुपर्ने भएको छ, साह्रै दुःख पाइयो ।’ यतामात्रै होइन जिल्लाको सूर्यविनायक नगरपालिका क्षेत्रअन्तर्गत नंखेल, काक्राकारी आशापुरी, सिपाडोल, सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्रअन्तर्गत दधिकोटको तर्खगाल, बिरुवा, गुण्डु क्षेत्रमा समेत बाघ र चितुवाले आतङ्कित पारेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । सिपाडोलका अनुप कासुलाले जङ्गलबाट आएको बाघ र चितुवाले दुःख दिएर पालमा सुत्न पनि कठिन बनाएको बताउँदै उनले भने –‘बाघ र चितुवाको बिगबिगी बढेको छ, गर्मी लागेर सर्प पनि उत्तिकै आएको छ, पालमा बस्न पनि निकै त्रास भयो ।’ भूकम्प आउने त्रासमा पालमा बसेको र घर नभत्काएका परिवारलाई पनि त्रसित बनाएको छ । उनीहरु घरमा बसौँ भूकम्पको डर पालमा बसौँ चितुवा र सर्पको डर कहाँ गएर बस्ने भन्दै चिन्ता गर्न थालेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले पालमा बस्नेहरुमा सर्पको निकै डर भएको बताए । भक्तपुर अस्पतालदेखि भूकम्पपीडितको शिविर र गाउँगाउँमा पालभित्रै सर्प पस्न थालेपछि समस्या परेको उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE