Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

२६ दिनमा बल्ल राहत ?

काभ्रे, जिल्लाको दुर्गम तथा विकट क्षेत्रका भुकम्प पिडितहरुले  २६ दिनपछि बल्ल राहात पाएका छन् । सरकारले पु¥याउन नसकेको विकट बस्तीमा नेपाल ब्याग उद्योग संघ काठमाण्डौले राहात वितरण गरेपछि पाउनेहरु राहात पाएपछि खुसी भएभने नपाउनेहरुलाई आहात पुगेको छ । राहत वितरणमा भुकम्प पिडितहरुे पानीमा रुज्दै लाम बसेका थिए । राहत लिन आएका उनीहरुले सरकारले अहिलेसम्म केही सहयोग नगरेको र गरेपनि पहँुचको आधारमा वितरण गरेको गुनासो गरेका छन् । एक हात नभएका फलामेटार–५ बलबहादुर थिङले राहत कुरेको एक महिना बित्यो । भुकम्पका कारण धेरै मेहिनेत र दुःख कष्ट गरी बनाएको घर पूर्णरुपमा क्षति भएपछि दुःखका दिनहरु सम्झिदै गत बैशाख १२ गते र २९ गते दिन सम्झिदाँ उनको मन झस्किन्छ । बुधवार नेपाल ब्याक उद्योग संघ काण्ठमाण्डौले ६ घण्टासम्म गाडीमा गएर राहत वितरण गर्ने ठाउँसम्म पुग्दा एक हातमा छाता र बोरा लिएर बसेकका थिए उनी । धुलै धुलो भएको कपडा लगाएर राहत लिन आएका बलबहादुरले त्रिपालको लागि १० घण्टा हिडेर आएको बताए । बलबहादुर र  उनको परिवार अहिले खुला आकास मुनी बस्ने ठाउँ खोज्दै छन् र एक छाक कसले खुवाउलान् भनेर कुर्दै छन् । गत १२ गते आएको भूकम्प र २९ गतेको पराकम्पनले उनको घरलाई माटोमा मिलाइदिएको छ । उनले दुःखको आँसु झार्दै मलिलो स्वरमा भने ‘अब परिवारलाई कहाँ राख्ने ?कसरी पाल्ने?’ भए जति सबै माटोमा मिसिइसक्यो । सरकारबाट केही राहत सामाग्रीमात्र प्राप्त भए पनि धेरै सहयोग हुने उनले बताए । राहत टोलीले त्रिपाल एक थान, कम्बल एक थान, सर्ट पाइट एक थान र म्याटेस एकथान दिँदा उनको उनको आँखा भावुक भएर रसाएका थिए । उनी लगायत फलामेटार गाविस र डाँडागाउँ गाविसका ४ सय ३७ घरधुरीलाई राहात वितरण गरेका हुन् । जिल्लाको दुर्गम डाँडापारि क्षेत्रमा रहेको फलामेटार गाविस र डाँडागाउँ गाविसका ४ सय ३७ जना घरपरिवारले १२  घन्टाको पैदल यात्रा पार गरेर एउटा त्रिपाल हात पारेका हुन् । वैशाख १२ गतेको विनाशकारी भूकम्पले गाविसका सम्पूर्ण घर र अन्नबाली नष्ट भएपछि गाँस र बास पाउने आसमा यातायातको सुविधा भएको स्याउरी थलीसम्म पैदल हिँडेर उनीहरू त्रिपाल लिन आएका सामाजिक परिचालिका सवित्री श्रेष्ठले बताइन् । उनी भन्छिन–त्रिपाल लिन लाई यति लामो समय कुर्नु परेकोले हामीहरुलाई पिडा त छदै छ अब अस्थायी बास र स्थायी बासका लागि सरकार र सम्बन्धीत निकायसँग कति कुर्नुपर्ने हो ।’ भूकम्पले घर भत्किएपछि खान र बस्न समस्या भएको भन्दै ८ वर्षीय सन्तोष गोले पनि राहत लिन पाँच घन्टा पैदल हिँडेर लिन आएका थिए । उनी पनि गाउँलेसँगै बोरा र नाम्लो बोकेर राहत लिन लाममा बसे । बुबा विदेशमा भएका उनी पाएको राहत कसरी सुरक्षित गर्ने भनेर टोलाउँदै घरमा रहेकी बिरामी आमाको सम्झना गर्दै थिए । उनले भने, ‘म घरबाट हिँडेको १२ घन्टा भइसक्यो । घरमा खानका लागि केही छैन । छाप्रोमा बसेका छौं । आमा खाना र राहतको आसमा बसिरहनुभएको होला । पाएको राहत पनि कसरी लैजाने भन्ने चिन्ताले सताएको छ ।’ उनले थपे ‘पानी पर्न लाग्यो कहाँ बस्ने ? के गर्ने भन्ने चिन्ताले सताएको छ ।’ राहतको आसमा आठ वर्षका बालकदेखि ७५ वर्षका वृद्धा ५ घण्टा पैदल हिडेर पानीमा रुज्दै लाम बसेका थिए । यातातात र सञ्चारको असुविधाका कारण समयमै बिरामीको उपचार भएन । भूकम्पबाट दुई गाविसका ९९ सय प्रतिशत घरहरु पूर्ण क्षति भएका छन् भने डाँडागाउँकी ८० वर्षिय साइली मायाँ गोले र फलामेटार–९ का विनोद तितुङले  ज्यान गुमाएका थिए । नेपाल ब्याग उद्योग संघका अध्यक्ष  विर बहादुर बजगाई, राहात संयोजक राजु महर्जन, विशेष सहयोगी गाविन्द सिंघानीय र छबीलाल तिमल्सिना र समाजसेवी हरि बहादुर के.सी को नेतृत्वमा दुर्गम क्षेत्रलाई लक्षित गरी राहात वितरण गरिएको हो । पूर्व राज्य मन्त्री दोङ र पूर्वसभासद थिङ भूकम्प पिडितको घेरामा भूकम्प पिडितहरुले राहत वितरण गरेको ठाउँमै पूर्व राज्यमन्त्री सूर्यमान दोङ ‘लालध्वज’ र पूर्व सभासद अकलबहादुर थिङ ‘महेश’ लाई २ घण्टा घेरामा राखेका छन् । दुर्गम तथा विकट क्षेत्रमा पर्ने  डाँडापारिका भुकम्प पिडितले बेलैम राहात नपाएको गुनासो गर्दै आफ्नो समस्या सरकारसम्म पु¥याउन माघ गर्दै उनीहरुलाई घेरेका हुन् । वर्तमान सभासद रामहरि सुवेदीले समेत वेवास्था गरेको भन्दै आक्रोश पोखेका उनीहरुले त्यहाँ पुगेका पूर्व राज्य मन्त्री र पूर्व साभासदलाई तत्काल समस्याको समाधान गर्दै  घर टहरा निर्माण गर्ने समेत अनुरोध गरेका थिए । भूकम्प पिडितहरुसँग सूर्यमान दोङले चाडै आफु र आफ्नो पार्टीले सरकारसँग यस क्षेत्रको भूकम्पबाट क्षति अएका घर टहरा र अन्य भौतिक संरचना निर्माणका लागि सम्बन्धीत निकायमा पहल गर्ने बचन दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending