Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

केशब बडाल भन्छन्-गगन थापाको कार्यकर्ता हुन् डा.गोविन्द केसी

काठमाडाैं । कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले जबसम्म माग पूरा हुँदैन तबसम्म उपचार गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर समर्थकहरुले अनशनरत डाक्टर गोविन्द केसीलाई बाध्य बनाएर मानव ढाल बनाउने काम गरेको भन्दै कडा आपत्ति जनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘डाक्टर केसीलाई मानव ढाल बनाउने काम भैरहेको छ, उपचार पनि गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर साथीहरुले भन्नुभएको छ, यो गलत र अलोकतान्त्रिक हो, उहाँलाई मानव ढाल नबनाऔं ।’ उनले डाक्टर केसीको जीवनमाथि खेलबाड गर्ने काम नगर्नपनि आग्रह गरे । उनले भने,‘यस्तो अत्याचार नगरौं, संसदले कुन विद्येयक र कस्तो विद्येयक पास गर्ने वा नगर्ने भन्ने अनशनलाई जिम्मा दिने कुरा नगरौं, संसदमा पर्याप्त छलफल हुन्छ, विद्येयकमा चित्त नबुझे विद्येयकउपर छलफल हुन्छ, संशोधन हाल्न पनि सकिन्छ, संसदीय समितिहरुमा पनि पर्याप्त छलफल हुन्छ ।’ उनले ऐन सडकबाट पारित गर्नेजस्तो कुरा गर्न नहुने धारणा राखे । उनले भने,‘कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं।’ सरकार डाक्टर केसीको जीवन रक्षा गर्ने पक्षमा रहेकोले केसीले अनशन काठमाण्डुमा नबसी जुम्लामा किन बसे ? भनेरपनि उनले प्रश्न तेर्साए । उनले भने,‘लोकतान्त्रिक व्यवस्थालाई अफापसिद्ध तुल्याउनको लागि डाक्टर केसीलाई जुम्लामा अनशन बस्न पठाईएको हो ।’ डाक्टर केसीको अनशन धेरै पटक भएकोले कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा केसीको माग किन पूरा गरेनन भनेर बडालले प्रश्न गरे । उनले भने,‘अहिले केसीको पक्षमा चर्को कुरा गर्ने गगन थापा आफू स्वास्थ्यमन्त्री हुँदा किन उहाँका मागहरु पूरा गर्नुभएन् ? ।’ मेडिकल क्षेत्र सफा हुनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको सुनाउँदै उनले डाक्टर धर्मकान्त बाँस्कोटाजस्तो सम्मानित र ईमानदार डाक्टरलाई त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन समेत डाक्टर केसी अनशन बसेको आरोप लगाए । उनले भने,‘डाक्टर बाँस्कोटामात्रै होईन, भगवान कोइरालालाइ पनि त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन उहाँ अनशन बस्नुभयो ।’ नेता बडालले गगन थापाको पक्षमा चुनावको बेला भोट माँगेकोले डाक्टर केसी कांग्रेसको कार्यकर्ता भएको आरोप लगाए । उनले भने,‘डाक्टर केसी कांग्रेसको कार्यकर्ता नभए गगन थापाको पक्षमा निर्वाचनमा किन मत माँग्नुभयो ?, त्यही गुन तिर्नको लागि गगन थापाले अहिले अनशनरत डाक्टर केसीको पक्षमा बोलिरहेका छन् ।’ ६० लाख मानिस काठमाण्डुमा बस्ने भएकोले काठमाण्डु उपत्यकाभित्र मेडिकल कलेज खोल्नै हुँदैन भन्नु काठमाण्डुका जनताविरुद्ध अपराध गरेको उनको गुनासो छ । उनले भने,‘संविधानको भावना विपरितको अभिव्यक्ति हो, कोही अनशन बसेर सडकबाट काठमाण्डुमा मेडिकल कलेज खोल्न पाईँदैन भन्नु दयनीय दृष्टिकोणमात्रै हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending