काठमाडाैं । विभिन्न बहानामा यतै बस्नेगरी वा नेपालको बाटो प्रयोग गरी विभिन्न देश जानलाई नेपाल आउने अवैध आप्रवासीको सङ्ख्या बढ्न थालेका विवरणहरू सार्वजनिक भएका छन् ।
हालैका दिनहरूमा नेपाल आएका केही अवैध आप्रवासी पक्राउ परेका छन् भने केहीलाई अध्यागमन विभागले निष्काशन गरेको छ । केही विदेशी नागरिकलाई निश्चित समयसम्म नेपाल आउन नपाउनेगरी फिर्ता पठाइएको छ । गत साता अफ्रिकी मुलुक एरिट्रेयाका नौ जना आप्रवासीलाई नियन्त्रणमा लिइएको थियो । विशेषत: अफ्रिकी मुलुकहरूबाट अवैध रूपमा आप्रवासीहरू आउने गरेको पाइएको अध्यागमन विभागको भनाइ छ । यसरी नेपालमै बस्नेगरी वा विदेश जाने बाटोका रूपमा नेपाल आउने अवैध आप्रवासीलाई अध्यागमन कानुनअनुसार कारबाही हुने सरकारी अधिकारी बताउँछन् । नेपालको अध्यागमन कानुन मिचेको पाइएमा कसुर हेरी सजाय हुने अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले बताए । उनका अनुसार अदालतको अनुमति लिएर अध्यागमन अधिकृतले अवैध आप्रवासीलाई २५ दिनसम्म थुनामा राख्न सक्नेछ । यसको जानकारी भने अध्यागमन अधिकृतले महानिर्देशकलाई दिनुपर्ने प्रावधान छ । यसैगरी अवैध आप्रवासीलाई नेपालबाट समय तोकेर वा नतोकी निष्काशन गर्न सक्ने काफ्लेले बताए । अवस्था र अपराधको प्रकृति हेरेर यस्तो निर्णय गरिने उनले जानकारी दिए । नेपालको अध्यागमन कानुन उल्लङ्घन गर्दै जाली राहदानी तथा कागजात पेस गरेर नेपाल प्रवेश गर्ने अवैध आप्रवासीलाई भने ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद हुनसक्छ । अवस्था हेरेर यस्ता आप्रवासीलाई दुवै सजाय समेत हुनसक्ने काफ्लेले बताए । काफ्लेका अनुसार नेपाल आउने विदेशीका लागि नेपालले नौ थरी प्रवेशाज्ञा (भिसा) जारी गर्दै आएको छ । यसरी दिइएको भिसा जुन प्रयोजनका लागि हो त्यसैका लागि विदेशी नागरिक नेपाल बस्न पाउँछन् । कसैले एउटा प्रयोजनका लागि भिसा लिएर अर्कै काम गरि बसेमा तिनलाई पनि अवैध आप्रवासी मानिने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: