Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

‘ऐन लत्याएर’ उपकुलपतिमाथि दुर्व्यवहार प्रधानमन्त्रीले भने, ‘उपकुलपतिमाथि छानबिन हुँदै छ’

काठमाडौँ । विदेश भ्रमणको स्वीकृतिका लागि निवेदन दिएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई प्रचलित पद्धति र कानुनसमेत उल्लंघन गरेर दुव्र्यवहार भएको खुलेको छ । अाजकाे कान्तिपुर पत्रिकामा खबर छ - नेपाल संस्कृत विश्वविद्यालय ऐनअनुसार भ्रमण स्वीकृतिका लागि नौ दिनअघि नै शिक्षा मन्त्रालयमा दिएको निवेदनलाई बेवास्ता गरी प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले शनिबार कोइरालालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर सिधै बालुवाटार पुर्‍याएको थियो । यो ऐनअनुसार उपकुलपतिलगायत पदाधिकारीले अनौपचारिक भेटघाटबाहेक कुनै पनि औपचारिक प्रस्ताव शिक्षा मन्त्रालयमार्फत पठाउनुपर्ने व्यवस्था छ । कोइरालाले ऐनअनुसारै भ्रमण स्वीकृतिपत्र अघि बढाएका हुन् । उनले असार १५ गते मन्त्रालयमा निवेदन दर्ता गरेको र त्यसको दर्ता नम्बर ७३३ रहेको बताएका छन् । ‘अन्य विश्वविद्यालयका उपकुलपतिले पनि मन्त्रीको सचिवालयमा भ्रमण स्वीकृतिको निवेदन दर्ता गराउने चलन छ,’ शिक्षा मन्त्रालयका एक सहसचिवले कान्तिपुरसँग भने, ‘उहाँले पनि त्यही प्रक्रियामा दर्ता गराउनुभएको हो, त्यसरी एयरपोर्टमा रोक्नु उचित भएन ।’ भ्रमणमा नजानु भनेर पहिल्यै रोक्न सकिने समय हुँदाहुँदै बल प्रयोग गरिएको ती सहसचिवले बताए । शिक्षामन्त्रीको सचिवालय भने उपकुलपतिले भ्रमण स्वीकृतिका लागि कहिले निवेदन दर्ता गराए भन्नेमा बेखबर छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका स्वकिय सचिव पुरन केसीले दर्ता भएको जानकारी पाए पनि निवेदन फेला नपरेको बताए । ‘हामीले पनि ३ दिनदेखि निवेदन खोजिरहेका छौं, भेटिएको छैन,’ उनले भने । स्रोतका अनुसार उपकुलपतिलाई दुव्र्यवहार गरेका कारण प्रधानमन्त्री र सरकार आलोचित भएपछि उक्त निवेदन शिक्षा मन्त्रालयका अधिकारीले लुकाएका हुन् । अनुमतिबिना भ्रमण गरेकाले रोकिएको भन्दै प्रधानमन्त्री, शिक्षामन्त्रीलगायत सरकारी पक्षले बचाउ गर्दै आएका छन् । शिक्षामन्त्रीको सचिवालयका कर्मचारी जीवन गौतमले उपकुलपति कोइरालालाई प्रधानमन्त्रीको स्वीकृतिबिना भ्रमणमा नजानुस् भनेर सुझाव दिँदा अटेर गरेको स्वकीय सचिव केसीले दाबी गरे । गत शनिबार साँझ विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जान लागेका उपकुलपति कोइरालालाई प्रधानमन्त्रीले भेट्न खोजेको भन्दै प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । ‘शनिबार बिहान पनि जीवन गौतमले कोइराला सरलाई टेलिफोन गरी प्रधानमन्त्रीसँग सल्लाह गरेर मात्रै भ्रमणमा जानुस् भन्नुभएको थियो,’ केसीले भने, ‘शिक्षा मन्त्रालयमा निवेदन दर्ता गराएका कारण हामीले चासो दिएर उहाँलाई सुझाव दिँदादिँदै अटेरी गर्नुभयो ।’ कोइरालाले भने प्लेन टिकट लिएर उड्ने बेला एक्कासि विमानस्थलका डीआईजी आएर रोकेको बताएका छन् । प्रधानमन्त्री कार्यालयले शनिबार बिहानै कोइरालाले भ्रमण आदेश लिए(नलिएको विषयमा शिक्षा मन्त्रालयसँग बुझेको थियो । प्रधानमन्त्रीका सल्लाहकारहरूले कुलपतिका हैसियतले प्रधानमन्त्रीलाई सोझै सम्पर्क नगरी उपकुलपति कोइरालाले शिक्षा मन्त्रालयमा किन निवेदन दिएको भनी प्रश्न गरेका छन् । जबकि नेपाल संस्कृत विश्वविद्यालय ऐनको दफा ३४ को ‘क’ मा ‘विश्वविद्यालयले नेपाल सरकारलाई सम्पर्क गर्दा शिक्षा मन्त्रालयअन्तर्गत गर्नुपर्ने’ उल्लेख छ । बिनाकानुनी आधार पक्राउ गरी प्रधानमन्त्री निवासमा उपकुलपति कोइरालालाई ग्यारेजमा राखिएको प्रसंगबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ‘कोइरालालाई राम्रो कोठामा काउचमा विराजमान गराएर शिक्षा सचिवले स्पष्टीकरण सोधेको’ भन्दै ट्वीट गरेका छन् । तर, संस्कृत विश्वविद्यालय ऐनमा भएको व्यवस्था हेर्दा भने विश्वविद्यालय सभामा बाहेक शिक्षा सचिवको कुनै पदेन भूमिका देखिँदैन । विश्वविद्यालय सभामा पनि कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्रीपछि तेस्रो वरीयतामा उपकुलपति छन् भने शिक्षासचिव १० औं स्थानमा छन् । सभाबाहेक विश्वविद्यालयको कुनै पनि अंगमा भूमिका नहुने शिक्षासचिवले प्रधानमन्त्री निवासमा उपकुलपति कोइरालासँग स्पष्टीकरण सोध्नु गैरकानुनी हो । सरकारी पक्षले कोइरालाले भ्रमण आदेशका लागि दिएको निवेदनलाई गुमनाम राखेर स्वीकृति नलिएको भन्दै बचाउ गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले ट्वीटमै भनेका छन्, ‘भ्रमण आदेश स्वीकृत नगराई नजानुहोस् भन्ने अनुरोधको कोइराला सरले बेवास्ता गर्नुभयो । मोबाइल नै बन्द गर्नुभयो ।’ शिक्षा मन्त्रालयले पनि प्रेस विज्ञप्ति प्रकाशित गरी उपकुलपति कोइरालाले भ्रमण अनुमति नलिएको जनाएको छ । ‘संस्कृत विश्वविद्यालयका उपकुलपतिले कुलपति, सहकुलपति वा मन्त्रालयबाट कुनै पनि अनुमति लिनुभएको छैन,’ मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विदेश भ्रमणका लागि भिसा सिफारिस गर्न विश्वविद्यालयले अनुरोध पनि गरेको छैन ।’ कोइरालाले भने संस्कृत सम्मेलनमा भाग लिन जान रोकिएको भन्दै सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । प्रधानमन्त्रीले भने, ‘उपकुलपतिमाथि छानबिन हुँदै छ’ प्रधानमन्त्री केपी ओलीले सोमबार नेकपा संसदीय दलको बैठकमा संस्कृत विश्वविद्यालयका उपकुलपतिले स्वीकृति नलिई विदेश जान लागेकाले उनलाई रोकिएको बताएका छन् । ‘संस्कृत विश्वविद्यालयका उपकुलपतिबारे थुप्रै उजुरी परेका छन्,’ उनले भने, ‘उजुरीको निष्पक्ष छानबिन हुन्छ । अहिलेको हल्लाले छानबिन रोकिँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending