Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

चर्चित 'ग्याङ्गस्टर' मुन्नाको जेलमै गोली हानेर हत्या

भारत । उत्तरप्रदेशमा चर्चित ग्याङ्गस्टर ५१ वर्षीय मुन्ना बजरङ्गीको सोमबार बागपत जेलमै‌ गोली हानेर हत्या गरिएको छ । पूर्व बसपा विधायक लोकेश दीक्षितसँग रकम मागेको आरोपमा बागपत अदालतमा आज बजरंगीको पेशीको दिन थियो । त्यहीकारण उनलाई आइतबार मध्यराति झाँसी जेलबाट बागपत ल्याइएको थियो । त्यस क्रममा कुख्यात अपराधी सुनिल राठी र विक्की सुनहेडासँगै उनलाई अलग कोठामा राखिएको थियो । बागपतका जेलर, डेपुटी जेलरसहित चारजना जेलकर्मीलाई त्यहाँको सरकारले निलम्बन गरेको छ । न्यायिक जाँचको पनि आदेश दिइएको छ। २९ जुनमा मुन्ना बजरंगीकी पत्नी सीमा सिंहले आफ्ना पतिको ज्यानमा खतरा रहेको बताउँदै यो कुरा मुख्यमन्त्री योगी आदित्यनाथलाई भन्ने बताएकी थिइन् । उनले पतिको उचित सुरक्षा पनि माग गरेकी थिइन् । पतिको नक्कली इनकाउन्टरको षड्यन्त्र बनाइँदै गरेको भन्दै उनले सरकारसँग गुहार मागेकी थिइन् । उनले युपी एसटीएफ, पुलिसका अधिकारी र केही सरकारी अधिकारी नै षड्यन्त्रमा लागेको उनलले बताएकी थिइन् । मुन्ना बजरंगीको खास नाम नाम प्रेम प्रकाश सिंह थियो । बजरंगीले सन् १९८४ मा लुटपछि एक व्यापारीको हत्या गरेका थिए । उनी भाजपा नेता रामचंद्र सिंह र भाजपा विधायक कृष्णानन्द रायको हत्यामा पनि आरोपी थिए। उनीमाथि भारतीय सरकारले सात लाख रुपैयाँ मूल्य पनि तोकेको थियो । २९ अक्टोबर २००९ मा दिल्ली पुलिसले मुन्नालाई मुम्बईको मलाड इलाकाबाट गिरफ्तार गरेको थियो । उनलाई त्यसपछि अलग-अलग जेलमा राखिएको थियो । पछिल्लो एक वर्षदेखि उनी झाँसीको जेलमा बन्दी थिए । सन् २०१२ मा उले जौनपुरको मडियाहुँ सिटबाट आफ्नो दलको टिकटबाट विधानसभा चुनाव लडेका थिए तर पराजित हुन पुगे । सन् २०१७ मा बजरंगीकी पत्नी सीमा सिंहले आफ्नो दलको टिकटमा विधानसभा चुनाव लडेकी थिइन् तर उनी पनि पराजित भइन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending