Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

चर्चित 'ग्याङ्गस्टर' मुन्नाको जेलमै गोली हानेर हत्या

भारत । उत्तरप्रदेशमा चर्चित ग्याङ्गस्टर ५१ वर्षीय मुन्ना बजरङ्गीको सोमबार बागपत जेलमै‌ गोली हानेर हत्या गरिएको छ । पूर्व बसपा विधायक लोकेश दीक्षितसँग रकम मागेको आरोपमा बागपत अदालतमा आज बजरंगीको पेशीको दिन थियो । त्यहीकारण उनलाई आइतबार मध्यराति झाँसी जेलबाट बागपत ल्याइएको थियो । त्यस क्रममा कुख्यात अपराधी सुनिल राठी र विक्की सुनहेडासँगै उनलाई अलग कोठामा राखिएको थियो । बागपतका जेलर, डेपुटी जेलरसहित चारजना जेलकर्मीलाई त्यहाँको सरकारले निलम्बन गरेको छ । न्यायिक जाँचको पनि आदेश दिइएको छ। २९ जुनमा मुन्ना बजरंगीकी पत्नी सीमा सिंहले आफ्ना पतिको ज्यानमा खतरा रहेको बताउँदै यो कुरा मुख्यमन्त्री योगी आदित्यनाथलाई भन्ने बताएकी थिइन् । उनले पतिको उचित सुरक्षा पनि माग गरेकी थिइन् । पतिको नक्कली इनकाउन्टरको षड्यन्त्र बनाइँदै गरेको भन्दै उनले सरकारसँग गुहार मागेकी थिइन् । उनले युपी एसटीएफ, पुलिसका अधिकारी र केही सरकारी अधिकारी नै षड्यन्त्रमा लागेको उनलले बताएकी थिइन् । मुन्ना बजरंगीको खास नाम नाम प्रेम प्रकाश सिंह थियो । बजरंगीले सन् १९८४ मा लुटपछि एक व्यापारीको हत्या गरेका थिए । उनी भाजपा नेता रामचंद्र सिंह र भाजपा विधायक कृष्णानन्द रायको हत्यामा पनि आरोपी थिए। उनीमाथि भारतीय सरकारले सात लाख रुपैयाँ मूल्य पनि तोकेको थियो । २९ अक्टोबर २००९ मा दिल्ली पुलिसले मुन्नालाई मुम्बईको मलाड इलाकाबाट गिरफ्तार गरेको थियो । उनलाई त्यसपछि अलग-अलग जेलमा राखिएको थियो । पछिल्लो एक वर्षदेखि उनी झाँसीको जेलमा बन्दी थिए । सन् २०१२ मा उले जौनपुरको मडियाहुँ सिटबाट आफ्नो दलको टिकटबाट विधानसभा चुनाव लडेका थिए तर पराजित हुन पुगे । सन् २०१७ मा बजरंगीकी पत्नी सीमा सिंहले आफ्नो दलको टिकटमा विधानसभा चुनाव लडेकी थिइन् तर उनी पनि पराजित भइन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending