Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

९९ वर्षीय बृद्धद्वारा १० वर्षीया बालिका बलात्कृत

भारतको चेन्नइमा एक सरकारी विद्यालयका सेवानिवृत प्रधानाध्यापकले १० वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घटना दुई दिन अघि मात्रै सार्वजनिक भएको हो । बालिकालाई बलात्कार गर्ने ९९ वर्षीय पर्शुराम  पूर्व प्रधानाध्यापक हुन् । बलात्कार आरोपमा उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । यसरी भयो घटनाः पर्शुरामका पाँच घर रहेका छन् । जसमध्ये सन्नीकुप्पम स्थित घरमा दुई वर्षअघि पीडित परिवार भाडामा बस्ने गर्थे । एक दिन ती बालिकाको कोठामा पर्शुराम आए । घरमा पीडितका आमाबुबा थिएनन् । त्यहि मौकामा ती अवोध बालिकालाई पर्शुरामले बाथरुमा लिएर जबरजस्तीकरणी गरे । घटना यसरी पत्ता लाग्यो घटना भएको लामो समय भइसकेको थियो । तर घटना बाहिर आएको थिएन । बालिकालाई थाह थिएन पर्शुरामले आफूलाई बलात्कार गरेको हो भनेर । बल्ल थाह भयो जब बालिकालाई गर्भवती भएको संकेत देखा पर्न थाले । गत शुक्रबार ति पीडित बालिकाको पेट दुख्ने समस्या देखा पर्यो । त्यसपश्चात उनलाई वाकवाकी लाग्न थाल्यो । सुरुमा परिवारले स्कुलमा केही खानेकुरा खाएकाले वाकवाकी लागेको होला भनेर सोचेका थिए । तर समस्या ठिक नहुन थालेपछि बालिकालाई अस्पताल भर्ना गरियो । अस्पताल भर्ना पछि बालिकाको पेटमा बच्चा भएको रिपोर्ट आयो । सुरक्षा अधिकारीका अनुसार बलात्कार आरोपी पर्शुरामका सात बच्चा छन् । शनिबार पीडित बालिकाका आमाबुबाले उनीविरुद्ध बलात्कारको मुद्धा दर्ता गरेका छन् । आरोपी पर्शुरामले पनि आफूले जबरजस्तीकरणी गरेको स्वीकार गरेका छन् । 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending