Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कर्मचारी उमेरहद ६० वर्ष बनाउन लविङ

काठमाडौं । निजामती कर्मचारीको उमेरहद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउन अर्थ मन्त्रालयका उच्च अधिकारीले लविङ गरेका छन्। उमेरहद ६० वर्ष बनाउँदा निजामती प्रशासनमा दुई वर्षसम्म भर्ना प्रक्रिया रोकिने र लोक सेवाको परीक्षा दिने तयारीमा रहेका युवापुस्तामा वितृष्णा आउन सक्ने खतरा देखिए पनि अर्थले उमेरहद ६० वर्ष बनाउन सरकार समक्ष लविङ गरेको हो। अाजको अन्नपूर्णमा खबर छ-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उमेरहद हालकै ५८ वर्ष कायम राख्नुपर्ने प्रस्तावसहित संघीय निजामती सेवाको विधेयक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थले उमेरहद ६० वर्ष बनाउनु पर्ने रायसहितको परामर्श दिएको छ। अर्थले कर्मचारीको उमेर हद ६० बनाउनु पर्नेलगायत विभिन्न १२ बुँदे सर्त राख्दै विधेयकलाई अघि बढाउन सहमति प्रदान गरेको छ। विधेयकमाथि अर्थका उच्च अधिकारीसँग छलफल गर्दा अधिकांशले उमेरहद ६० वर्ष बनाउन नहुनेमा जोड दिएका थिए। तर, मन्त्रालयले सामान्य प्रशासनलाई सहमति दिँदा उमेर हद ६० वर्ष बनाउने गरी सहमति दिएको भन्दै मन्त्रालयका अधिकांश अधिकारीले असन्तुष्टि व्यक्त गरेका छन्। अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले निजामती विधेयकलाई अघि बढाउन सहमति दिइएको भएपनि के कस्ता परामर्श दिइयो भन्नेमा आफू अनविज्ञ रहेको बताए। अर्थले उमेरहद ६० वर्ष बनाउनु पर्नेको आधार समेत खुलाएको छ। सरकारमाथि थपिँदै गएको निवृत्तीभरणको बोझ, औषत् आयुमा भएको बृद्धि, सबै सेवा तहमा देखिएको अवकाशित उमेरको विविधता र प्रदेश तथा स्थानीय तहको नया संरचनामा अनुभवी कर्मचारीको आवश्यकता समेतलाई दृष्टिगत गरी अनिवार्य अवकाश उमेर ६० वर्ष बनाउनु पर्ने आधार अर्थले पेश गरेको छ। विधेयकमा अर्थ मन्त्रालयले आफू अनुकूल हुने गरी नेपाल राजश्व सेवा गठन गरी सोहीअन्तर्गत आन्तरिक राजश्व तथा भन्सार प्रशासन समूह गठन गर्न समेत प्रस्ताव गरेको छ। अर्थले आर्थिक भार घटाउने गरी कर्मचारी जुनसुकै उमेरमा सेवानिवृत्त भए पनि ६० वर्ष उमेर पुगेपछि मात्रै पेन्सन दिनुपर्ने प्रस्ताव गरेको छ। हाल कर्मचारीहरू जुनसुकै उमेरमा अवकाश पाएपनि अवकाश पाउनासाथ पेन्सन लिँदै आएका छन्। यसैगरी निजामती कर्मचारीका दम्पत्ती नै सरकारी सेवाको निवृत्तिभरणमा रहेको तर एकजनाको मृत्यु भएको अवस्थामा, जिवित अवकाशित कर्मचारीले एकजनाको निवृत्तिभरण छनौट गरी उपभोग गर्न पाउने तर दोहोरो सुविधा नपाउने व्यवस्था गर्न समेत परामर्श दिएको छ। निवृत्तिभरण वृद्धिमा प्रस्तावित सुरु अंकको तीन चौथाईको सटा दुई तिहाई गर्न समेत अर्थले परामर्श दिएको छ। यस्तै अवकाशित सुविधा वापत्को रकममा आयकर नलाग्ने भन्ने व्यवस्था हटाएर प्रचलित आयकर लाग्ने व्यवस्था गर्न समेत अर्थले भनेको छ। हाल वितरण हुने निवृत्तिभरणका लागि पनि छुट्टै अवकाश कोष खडा गरी कार्यान्वयन गर्ने, अन्तरसेवा प्रतियोगितात्मक परीक्षा १० प्रतिशत राख्ने, आन्तरिक प्रतियोगिताको २० प्रतिशत हटाउने र ज्येष्ठताद्वारा ९० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गर्न समेत सामान्यलाई अर्थले परामर्श दिएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending