Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नेइमारको सपना ध्वस्त भएको रात !

मस्को । रसियामा भइरहेको विश्वकप फुटबलमा अविश्सनीय परिणाम आउने क्रम जारी छ । २१औं संस्करणमा धेरै टिमले नसोचेको नतिजा भोग्नु परेको छ । विश्वकपका दाबेदार मानिएका टिम एकपछि अर्को गरि घर फिर्ताले धेरैलाई अचम्भितसमेत तुल्याएको छ । सायद कमैले सोचेका थिए, ब्राजिल पनि यति चाँडै घर जान्छ होला । तर त्यो सोच विपरीतमा परिणत भएको छ, र पाँच पटकको विश्व विजेता ब्राजिल पनि छिट्टै घर फर्किएको छ । समूह चरण र अन्तिम १६ सम्म आइपुग्दा ब्राजिलको प्रदर्शन सानदार नै थियो । यस्तै, उसँग स्टार खेलाडी पनि साथमा भएकाले यो पटक उपाधी ब्राजिले नै लिन्छ भन्ने थियो । तर दुर्भाग्य त्यसो हुन पाएन । ब्राजिलको भाग्यले साथ दिएन । ब्राजिलले छैठौं पटक विश्वकप जित्छ भन्ने सबैभन्दा आशा गरिएको कारण अहिलेको पुस्ताका स्टार नेइमार भएर हो । तर बेल्जियमसँग भएको खेलमा नेइमारले जादू देखाउन सकेनन् । र ब्राजिलले हार बेहोर्नु पर्यो । विश्वका सर्वाधिक महंगा खेलाडी नेइमारआवद्ध टिम हार्नुमा धेरै चकित छन् । हुनत खेलमा सधैं जित मात्रै हुन्छ भन्ने होइन । तर पनि नेइमार जस्ता अहिलेका स्टार खेलाडी रहेको टिम आत्मघाती गोलका कारण हार्नु भने निकै आश्चर्यको कुरा मान्न सकिन्छ । ब्राजिलमा जस्तै स्टार खेलाडीले भरिएको बेल्जियम विश्वकपको सबैभन्दा बलियो दाबेदार बनेर उदाएको छ । पहिलो हाफमा सम्हालिन नसक्दा ब्राजिल घर फर्किन बाध्य भयो । चार वर्षअघिको विश्वकपमा सेमिफाइनलसम्म पुगको ब्राजिल यसपटक क्वाटरफाइनलबाट बाहिरियो । ब्राजिल घर फर्कियो । यसको अर्थ नेइमार पनि घर फर्किए । अन्तिम १६ बाट क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी तथा क्वाटरफाइनलबाट नेइमार घर फर्किए । अब रुस विश्वकपमा यो समयका स्टार खेलाडी रोनाल्डो, मेस्सी र नेइमारलाई देख्न पाइने छैन । यो पटक नेइमारको सपनामा टुट्यो । उनको आफ्नो देशलाई विश्वकप जिताउने धोको यो पटकका लागि अधुरै रह्यो । जर्मनी, अर्जेन्टिना। पोर्चुगल, स्पेन जस्ता बलिया टिम बाहिरिएपछि धेरैको आशंका यो पटक नेइमारको भाग्य चम्किन्छ । तर दुर्भाग्य नेइमारको भाग्य पनि चम्किन सकेन । उनले पनि रोनाल्डो र मेसीजस्तै उपाधी नलगेरै घर फर्के । चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा नेइमार चोटग्रस्त भएर क्वाटरफाइनलपछि खेल्न सकेनन् । उनी बिनाको ब्राजिल जर्मनीसँग सेमिफाइनलमा इतिहासकै खराब हारको शिकार बन्यो । नेइमारले टुलुटुलु हेरिमात्रै रहे, गर्न सक्ने पनि केही थिएन । तर चार वर्षपछि उनी ब्राजिलको टिमलाई थप बलियो बनाएर विश्वकपको सपनासहित रुस पुगेका थिए । विश्वकप अघि मात्रै मैदान फर्किएका नेइमारले पहिलो खेलमा त्यति राम्रो गर्न सकेनन् । तर दोस्रो खेलमा उनी र फिलिप कोन्टिन्होको गोलबाट ब्राजिलले जित निकाल्यो । तेस्रो खेलमा पनि उनको प्रदर्शन सुधारिएको देखियो । अन्तिम १६ को खेलमा जित निकाल्दा नेइमारकै भूमिका महत्वपूर्ण रह्यो । यो सबैले नेइमार र उनीसँग जोडिएका सपनाहरु पूरा हुने लाइनमा गए जस्तो देखिएको थियो । तर उनको ब्राजिलियन सपनामा तगारो बनेर आयो बेल्जियम । कजानमा नेइमार निराश देखिन्थे । उनलाई सायद अब फेरि विश्वकपको सपना पूरा भएको हेर्नका लागि अर्को चार वर्ष पर्खिनु पर्ने भयो भन्ने लाग्दै गयो । नेइमारको चारी विश्वकमा धेरै आलोचना पनि भयो । चाहिनेभन्दा बढी नाटक गरेको भन्दै उनको आलोचना तिव्र भयो । तर पनि उनको खेल भने आकर्षक नै रह्यो । नेइमारप्रति जति टिप्पणी भए पनि ब्राजिलको लोभलाग्दो खेलले ति सबै फिक्का बनाइदियो भन्दा फरक नपर्ला । अब नेइमारको र उनको टिमको खेल हेर्न चार वर्ष कुनुपर्ने भएको छ । -एजेन्सी 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending