Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

यस्ता छन् प्रचण्डका दु:ख

काठमाडौं । शक्तिशाली पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जति शक्तिशाली छन्, त्यति नै उनका दु:ख पनि छन् । उनले थुप्रै दु:खबीच आफ्नो राजनीतिक यात्रालाई अघि बढाएका छन् । ‘चार दशकभन्दा बढी सीताले साथ दिनुभयो, यस पटक म उपचार हुँदासम्म सँगै यहीं बस्छु,’ दाहालले सिंगापुरमा पत्नी सीताको उपचारका लागि १५ दिन सिंगापुर बस्दा भनेका थिए । त्यहाँ छोरी गंगा र भतिज समीर सँगै भए पनि उनले सीताको उपचारमा पूरै समय दिए । केही महिनाअघि समीरले उपचारका लागि सीतालाई दिल्ली लगेका थिए । त्यसबेला दाहाल त्यतै बसेका थिए । अाजको कान्तिपुरमा खबर छ-हाल दाहाल दिउँसो राजनीतिमा सक्रिय भए पनि बिहान र बेलुका सीताको रेखदेखमा विशेष ध्यान दिन्छन् । सीताको स्वास्थ्यका लागि विशेष ख्याल गरेको परिवारका एक सदस्यले बताए । सिंगापुरमा उपचारपछि सीताको स्वास्थ्यमा सुधार भयो । दाहालले पत्नीसँगै सिंगापुरका पर्यटकीय स्थलको भ्रमण पनि गरे । सीताको अनुहारमा पनि खुसी देखियो । त्यसले दाहाललाई ऊर्जा थप्यो ।
पछिल्लो समय बेलाबेला सीता बिरामी पर्न थालेपछि दाहाल बढी चिन्तित छन् । उनको उपचारका लागि पनि त्यत्तिकै गम्भीर देखिन्छन् । त्यसकारण उनी असार ३ देखि १८ गतेसम्म सीतासँगै सिंगापुरमा बसे र स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्के ।
पछिल्लो समय बेलाबेला सीता बिरामी पर्न थालेपछि दाहाल बढी चिन्तित छन् । उनको उपचारका लागि पनि त्यत्तिकै गम्भीर देखिन्छन् । त्यसकारण उनी असार ३ देखि १८ गतेसम्म सीतासँगै सिंगापुरमा बसे र स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्के । निजी भ्रमण भए पनि उनी र सीतालाई स्वागत गर्न कम्युनिस्ट पार्टीका महासचिवलगायत सरकारका मन्त्री र नेताहरू ठूलो संख्यामा त्रिभुवन विमानस्थल पुगेका थिए । त्यो दाहाललाई हौसला बढाउन गरिएको स्वागतको नमुना थियो । सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गरेर फर्केपछि सीताको स्वास्थ्यमा सुधार भइरहेको छोरी गंगाले बताइन् । ‘आमाको स्वास्थ्यमा सुधार भइरहेको छ,’ उनले भनिन्, ‘तीन महिनासम्म पानीमा थेरापी गर्न डाक्टरको सुझाव छ । औषधि पनि लिइरहनुभएको छ ।’ त्यहाँका चिकित्कले सीतालाई न्युरोसम्बन्धी रोग पीएसपी (प्रोगेसिभ सुप्रन्युक्लियर पाल्जी) देखिएको बताएका छन् । वास्तवमा ‘ढुंगाको भर माटो, माटोको भर ढुंगा’ भनेझैं पार्टीको काममा दाहालले सीताको भर लिन्थे । माओवादी युद्धको ‘सुप्रिम कमान्डर’ भएका बेला अन्तिम सल्लाह सीताकै हुन्थ्यो । सीताको सल्लाहका कारण धेरै पटक दाहालले संकट पार गरेका छन् । रोल्पामा सीताको सल्लाहमा सेल्टेर परिवर्तन नगरेको भए शाही नेपाली सेनाको आक्रमणमा उनी मारिने थिए । यतिबेला पनि दाहालको मुख्य भर सीता नै हुन् । गत ३ मंसिर २०७४ छोरा प्रकाशको मृत्यु भएपछि दाहालको दाहिने हात भाँचिएजस्तै भएको थियो । संघ र प्रदेशको मुखमा एकमात्र छोरा गुमाएपछि दाहालले भनेका थिए, ‘देश र जनताको सेवाबाहेक मेरो अरू स्वार्थ छैन ।’ त्यसपछि पुत्र वियोगको पीडाबीच उनी निर्वाचनमा होमिए । चितवन–३ को आफ्नो निर्वाचन क्षेत्रको चुनावी कार्यक्रममा केही समय सीता पनि सहभागी भएकी थिइन् । निर्वाचनकै क्रममा उनी बिरामी परेकी थिइन् । दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रकाशले बुवाको कामकारबाहीमा प्रभावकारी भूमिका निभाएका थिए । ‘राजनीतिक र व्यावहारिक हिसाबले परिपक्व भइरहेको थियो, मेरो ठूलो भरोसा थियो,’ दाहालले त्यतिबेला भनेका थिए, ‘शोकलाई शक्तिमा बदल्नेबाहेक अरू उपाय छैन ।’ छोरा प्रकाशको निधनपछि दाहाल आफैं पनि शारीरिक रूपमा कमजोर देखिएका थिए । दाहाललाई हाई प्रेसर र सुगर छ । उनी हरेक बिहान टेबुल टेनिस खेल्ने भएकाले दिनभर सक्रिय हुन सक्छन् । पारिवारिक समस्याबीच दाहालले पार्टी व्यवस्थापन उचित ढंगले गर्दै आएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पारिवारिक समस्याबीच अध्यक्ष दाहालले पार्टीको सही व्यवस्थापन गरिरहेको बताए । ‘अध्यक्षले आफ्ना व्यक्तिगत दु:खबीच पार्टीको काममा निरन्तर लाग्नुभएको छ,’ उनले भने । छोरा प्रकाशको निधनलगत्तै उनी आफ्नो निर्वाचनमा सक्रिय भएर अरू नेताको चुनाव प्रचारप्रसारमा समेत सहभागी भएका थिए । ‘दु:ख र पीडाबीच पनि निरन्तर पार्टी र जनताको काममा लागिरहने अध्यक्षको विशेषता हो,’ श्रेष्ठले भने । कुनै समस्या, पीडा आइपर्दा दाहालले आफूलाई कसरी व्यवस्थापन गर्छन् ? स्वकीय सचिव जोखबहादुर महरा भन्छन्, ‘अध्यक्ष तनाव लिएर बस्ने नेता होइन । एउटा समस्या आउनबित्तिकै नयाँ योजना ल्याएर काम अघि बढाउनु हुन्छ । यसले तनाव, पीडा समाधान गर्दै जान्छ ।’ जेठी छोरी ज्ञानुको २०७० चैतमा क्यान्सरका कारण मृत्यु भएपछि दाहाल पीडामा परेका थिए । पीडालाई पचाएर उनले राजनीतिक यात्रालाई कमजोर हुन नदिएको नेताहरू बताउँछन् । परिवार व्यवस्थापन प्रकाशको निधन भएपछि उनले राजनीतिक उत्तराधिकारीमा छोरी रेणु र बुहारी बिना मगरलाई समान रूपमा अघि सारेका छन् । रेणु भरतपुर महानगरपालिकाकी मेयर छन् भने बिना प्रतिनिधिसभामा कञ्चनपुर–१ बाट निर्वाचित भई हाल खानेपानी मन्त्री छन् । उनको स्वकीय सचिवमा छोरी गंगा छन् । अर्की बुहारी सिर्जना त्रिपाठी कास्की पार्टी कमिटीमा काम गर्छिन् । उनी कुनै लाभको पदमा छैनन् । ‘दाहाल परिवारबाट को अघि जाने भन्ने विषयमा प्रतिस्पर्धा देखिन्छ,’ दाहाल निकट एक नेताले भने, ‘अध्यक्ष अहिलेसम्म कसलाई मुख्य उत्तराधिकारीका रूपमा अघि सार्ने विषयमा दोधारमा हुनुहुन्छ ।’ प्रकाशको निधन भएपछि उनले दुवै नातिलाई आफ्नो निजी निवास खुमलटार ललितपुरमा राख्दै आएका छन् । तनावमा भएका बेला दुवै नाति प्रसिद्ध, प्रणव र नातिनीहरूका साथै परिवारका अन्य सदस्यसँगै समय बिताउँदै आएका छन् । नेता व्यवस्थापन पार्टी एकता भइसकेपछि नेताहरूको व्यवस्थापनको मुख्य जिम्मेवारी उनकै काँधमा आइपर्छ । खासगरी पूर्वमाओवादी नेताको पार्टीमा व्यवस्थापनका लागि उनको मुख्य जिम्मेवारी आइपरेको छ । पार्टी स्थायी समिति टुंग्याए पनि पोलिटब्युरो गठन, भ्रातृ संगठन र जिल्ला समिति टुंगोमा पुगेपछि दाहालको भार कम हुनेछ । निर्वाचनको मुखमा दाहाल पुत्रवियोगको पीडामा थिए । त्यसबेला उनले तत्कालका लागि एमालेसँग चुनावी तालमेल गर्ने र त्यसपछि पार्टी एकताकाको निर्णय लिएका थिए । निर्वाचनमा आएको परिणाम र पार्टी एकताले अलिकति भए पनि पुत्रवियोगको पीडालाई कम गरेको छ । पार्टी एकता हुनुभन्दा अघि दाहालले आफ्नो स्वार्थका लागि नेताहरूले बार्गेनिङ गरेको गुनासो गरेका थिए । ‘नि:स्वार्थ मलाई सहयोग गर्ने नेता कम छन्,’ दाहालले निकट नेताहरूसँग भनेका थिए, ‘पार्टी र सरकारको पद लिन नजिक आउने गर्छन् ।’ पार्टी एकता भइसकेपछि दाहालको राजनीतिक घेरा पनि ठूलो भएको छ । पूर्वमाओवादी मात्र होइन, पूर्वएमालेका नेताहरू उनी निकट भएका छन् । आगामी महाधिवेशनमा अध्यक्ष हुने मनस्थिति उनले बनाएका छन् । त्यसका लागि उनले प्रारम्भिक छलफल सुरु गरिसकेका छन् । पार्टी एकता भइसकेपछि नेता तथा कार्यकर्ताको व्यवस्थापनमा प्रधानमन्त्री केपी ओलीसँग दाहालले सहकार्य गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending