Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नेकपामा ७० वर्षको उमेर हद राख्न प्रस्ताव

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानमा ७० वर्ष पुगेपछि कुनै पनि कार्यकारी कमिटीमा उम्मेदवार बन्न नपाउने व्यवस्था गर्नुपर्ने माग उठेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न स्थायी समिति बैठकमा स्थायी समिति सदस्य योगेश भट्टराईले विधान र नियमावलीमा १८ बुँदे लिखित सुझाब राख्दै त्यस्तो माग गरेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा भने उमेर हद खुला राख्न सकिने उनको सुझाब छ । तत्कालीन एमालेले नवौँ महाधिवेशनले केन्द्रीय कमिटीसहित कार्यकारी कमिटीमा ७० वर्ष पुगेपछि उम्मेदवार बन्न नपाउने विधान पारित गरेको थियो । उमेर हदकै कारण नेता भरतमोहन अधिकारीले महाधिवेशनबाटै अवकाश लिएको घोषणा गरेका थिए । सबै सदस्यको लिखित सुझाबका आधारमा केन्द्रीय सचिवालयले विधान र नियमावलीलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ । नेता भट्टराईले मोर्चा संगठनमा आबद्ध जनसंगठनका पदाधिकारीहरूको मर्यादाक्रम पार्टीको प्रदेश संगठन कमिटी सोसरह तथा केन्द्रीय कमिटी सदस्यको मर्यादा जिल्ला कमिटी सदस्य सोसरह बनाउने गरी विधान संशोधन गर्नुपर्ने सुझाब राखेका छन् । अन्तरिम काल भएकाले प्रदेश र जिल्ला कमिटीहरू ठूलो बनाउन सकिने उनको सुझाब छ । भट्टराईले लिखित सुझाबमा प्रदेश संगठन कमिटी न्यूनतम २ सय २५ र जिल्ला कमिटी न्यूनतम १ सय ७५ सदस्यीय बनाउने गरी विधान संशोधनको सुझाब दिएका छन् । त्यस्तै, पार्टी सदस्यता शुल्क घटाइनुपर्नेलगायत सुझाब पनि भट्टराईले राखेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending