Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नेकपामा ७० वर्षको उमेर हद राख्न प्रस्ताव

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानमा ७० वर्ष पुगेपछि कुनै पनि कार्यकारी कमिटीमा उम्मेदवार बन्न नपाउने व्यवस्था गर्नुपर्ने माग उठेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न स्थायी समिति बैठकमा स्थायी समिति सदस्य योगेश भट्टराईले विधान र नियमावलीमा १८ बुँदे लिखित सुझाब राख्दै त्यस्तो माग गरेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा भने उमेर हद खुला राख्न सकिने उनको सुझाब छ । तत्कालीन एमालेले नवौँ महाधिवेशनले केन्द्रीय कमिटीसहित कार्यकारी कमिटीमा ७० वर्ष पुगेपछि उम्मेदवार बन्न नपाउने विधान पारित गरेको थियो । उमेर हदकै कारण नेता भरतमोहन अधिकारीले महाधिवेशनबाटै अवकाश लिएको घोषणा गरेका थिए । सबै सदस्यको लिखित सुझाबका आधारमा केन्द्रीय सचिवालयले विधान र नियमावलीलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ । नेता भट्टराईले मोर्चा संगठनमा आबद्ध जनसंगठनका पदाधिकारीहरूको मर्यादाक्रम पार्टीको प्रदेश संगठन कमिटी सोसरह तथा केन्द्रीय कमिटी सदस्यको मर्यादा जिल्ला कमिटी सदस्य सोसरह बनाउने गरी विधान संशोधन गर्नुपर्ने सुझाब राखेका छन् । अन्तरिम काल भएकाले प्रदेश र जिल्ला कमिटीहरू ठूलो बनाउन सकिने उनको सुझाब छ । भट्टराईले लिखित सुझाबमा प्रदेश संगठन कमिटी न्यूनतम २ सय २५ र जिल्ला कमिटी न्यूनतम १ सय ७५ सदस्यीय बनाउने गरी विधान संशोधनको सुझाब दिएका छन् । त्यस्तै, पार्टी सदस्यता शुल्क घटाइनुपर्नेलगायत सुझाब पनि भट्टराईले राखेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending