Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

सलबलाउँदै चिनियाँ सुन तस्कर

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति तथा उनीहरूलाई सघाउने प्रहरी अधिकारी धमाधम पक्राउ परेपछि केही हच्किएका सुन तस्कर फेरि सलबलाउन थालेका छन्। सुन तस्करी प्रकरण छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उस्चस्तरीय समितिले केही समययता तस्करीमा सम्लग्नलाई धमाधम पक्राउ गरी मुद्दा चलाए पछि तस्करीको जालो तोडिने आश गरिए पनि यो रोकिएको छैन। अाजको अन्नपूर्णमा खबर छ-काठमाडौं प्रहरीले अघिल्लो शनिबार र आइतबार दुई दिनमा नौ किलो काँचो सुन नागढुंगाबाट बरामद गर्‍यो। महानगरीय प्रहरी प्रभाग नागढुंगाको दुई दिनको प्रयास पछि यो सुन बरामद गरिएको हो। विमानस्थलमा सुरक्षा कडाईपछि सुन तस्करले रसुवाको केरुङ नाकालाई प्रयोग गर्न थालेका छन्। केरुङ नाकाबाट मात्रै १० महिनाको अन्तरालतमा एक सय ३५ किलो सुन प्रहरीले बरामद गरिसकेको छ। सिन्धुपाल्चोक मार्मिङका तेन्जिङ तामाङ केरुङबाट सुन ल्याउँदै गर्दा आइतबार पक्राउ परे। उनले सुन घुसाउन मिल्ने पेटी बनाई ६ वटा सुनका विस्कुट (प्रति विस्कुट एक किलो) ल्याएका थिए। नागढुंगामा मोटरसाइकलमा सवार व्यक्तिमाथि प्रहरीले सुरक्षाजाँच गर्दैन। विशेष सूचनाका आधारमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको हो।महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार काठमाडौंमा चिनियाँ सुन तस्कर सलबलाउन थालेको सूचना पाएपछि सुरक्षा जाँचमा कडाइ गरिएको छ। सुरक्षा जाँचमा कडाइ गरिएकै कारण दुई दिनमा नौ किलो सुन बरामद भएको उनले जानकारी दिए। तातोपानी नाका बन्द भएपछि तामाङ सुन ल्याउनकै लागि रसुवागढीको बाटो प्रयोग गर्न थालेका हुन्। प्रहरीले पक्राउ गरेका तामाङले रोमिङ सुविधाको चाइनिज फोन बोक्दै आएका थिए। एक पटक काठमाडौंमा सुन ल्याइदिएबापत् उनले ५० हजार रुपैयाँ लिने गरेका थिए। तामाङले आफूलाई सुन दिने व्यक्तिको नाम प्रहरीलाई खुलाएका छन्। तर चिनियाँ तस्करले केरुङमै सेटिङ मिलाएर सुन पठाएपछि स्वदेश फर्कने हुँदा उनीहरू हतपत पक्राउबाट जोगिँदै आएका छन्। यसअघि महानगरीय प्रहरी अपराध महाशाखाले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको ८८ किलो सुन राजधानीका क्षेत्रपाटीबाट बरामद गरेको थियो। मुख्य चिनियाँ तस्कर पान विइ मिङ अझै फरार छन्। केही दिन अघि गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राजदुत यु होङसँगको भेटमा नेपालमा चिनियाँ तस्करहरू सक्रिय रहेको जनाउ दिएका थिए। होङले गृहमन्त्रीबाटै यस्तो आरोप खेपेपछि आफ्नो सरकारलाई ध्यानाकर्षण गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्। काठमाडौं भित्र्याइएको तस्करीको सुनको मुख्य गन्तब्य भारतको विशालबजार नै हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending