Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

एक बर्षमा अध्ययनका लागि ५६ हजार विदेशिए

काठमाडाैं । अध्ययनका लागि बार्षिक विदेश जानेको संख्यामा व्यापक वृद्धि भएको छ । गत बर्ष ३८ हजार  नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक गएका थिए । गत बर्षका तुलनामा यो बर्ष निकै बढी विदेशिएका छन् । यो बर्ष ५६ हजार  नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेशिएका छन् । शैक्षिक परामर्शदाता संस्थाहरूको अनुमानमा उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरूका कारण वर्षेनी सवा खर्ब रूपियाँको हाराहरीमा रकम विदेशीएको देखिन्छ । तर नेपाल राष्ट्र बैंकका एक जना अधिकारीले यो आर्थिक वर्ष विद्यार्थीहरूका कारण ४० अर्ब रूपियाँ विदेशिने अवस्था रहेको बताएका छन् । एक जना शिक्षाविद्ले नेपालका विश्वविद्यालय र कलेजहरूले गुणस्तरीय शिक्षा सुनिश्चित नगरेसम्म विद्यार्थी विदेश जाने प्रवृत्ति रोक्न नसकिने जनाएका छन् । यो वर्षमात्र विदेशमा पढ्न जानका लागि ५६ हजार विद्यार्थीले सरकारी स्वीकृति अर्थात \'नो अब्जेक्सन सर्टिफिकेट\' लिएको शिक्षा मन्त्रालयले जनाएको छ । विदेशमा गएर उच्च शिक्षा लिने नेपाली विद्यार्थीको मोह ह्वात्तै वढ्दै जानुको कारणबारे नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले भने, \"नेपालमा राम्रा शिक्षाका अवसरहरु पर्याप्त छैनन्, पढाइ पश्चात रोजगारीका अवसरहरु पर्याप्त छैनन् । यावत कारणले विदेश जाने प्रचलन बढ्यो र यो हरेक वर्ष बढ्दो छ ।\" यो वर्ष विद्यार्थीहरू सबैभन्दा धेरै अष्ट्रेलिया, त्यसपछि जापान, अमेरिका, ब्रिटेन र भारतमा गएको देखिन्छ । विदेशमा पढ्न जाँदा कुन देश, पढाइको विषय, विश्व विद्यालय अनुसारको शुल्क र बसोबाससहित एक विद्यार्थीको कम्तिमा १५ देखि २० लाख रूपियाँ खर्च हुने गरेको शैक्षिक परामर्श दिने संस्थाहरुको भनाइ छ । त्यस हिसाबमा ५६ हजार विद्यार्थी बाहिरिँदा झण्डै १ खर्व १२ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिन सक्ने देखिन्छ । तर स्वीकृति लिएका सबै पढ्न नजाने र केहीले छात्रवृत्तिसमेत पाउने हुनाले रकम कम देखिएको राष्ट्र ब्याङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले भने, \"यो वर्षको ११ महिनालाई आधार मान्ने हो भने ३४ अर्ब रूपियाँ बाहिर गइसकेको छ । त्यो हिसाबले यो आर्थिक वर्षमा करिब ४० अर्ब रुपियाँको हाराहारीमा पैसा बाहिरिने देखिन्छ ।\" पछिल्ला वर्षहरूमा पढ्नका लागि विदेश जाने क्रम उच्च वर्गमा मात्रै नभइ मध्यम वर्गीय परिवारमा पनि बढ्दै गएकोले नेपालबाट रकम बाहिरिने क्रम बढ्दै जाने शिक्षा क्षेत्रका जानकारहरूको चिन्ता छ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमा नेपालका विश्वविद्यालयहरूले शैक्षिक गुणस्तर नसुधारेसम्म विद्यार्थीहरू विदेशिने क्रम कम नहुने बताउँछन् । उनी भन्छन्, \"सार्वजनिक कलेज र विश्वविद्यालय सुधार गर्नैपर्छ, गुणस्तरीय पढाइ सुनिश्चित गर्नुपर्छ र त्यसका लागि सबैभन्दा ठूलो कुरा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ ।\" विश्वविद्यालयहरू गुठी जस्ता सार्वजनिक निकायहरूले सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने भन्दै उनले अहिलेको प्रणालीले जबाफदेहिता र गुणस्तरीय शिक्षा दुवै सुनिश्चित गर्न नसक्ने उनले बताए । कतिपय जानकारहरूले शैक्षिक निकायहरू तलैदेखी राजनीतिक छायाँमा परेको भन्दै त्यसमा तत्कालै सुधार आउने अवस्था नरहेको बताउँछन् । नेपाली शिक्षा प्रणालीले अभिभावक र विद्यार्थी दुवैको विश्वास जित्ने अवस्था नआएसम्म उच्च शिक्षा हासील गर्न देशबाट बाहिर जान चाहने युवाहरूको संख्यामा कमी नआउने उनीहरूको दृष्टिकोण पाइन्छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending