Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

चीन-अमेरिका व्यापार युद्धः चिनियाँ शेयर बजारमा व्यापक उतारचढाव

चीन र अमेरिकाबीच व्यापार युद्धको दायरा बढ्दै गएको छ । त्यसका कारण चीनको शेयर बजारमा व्यापक उतारचढाव आएको छ ।

ज्यानुअरीको तुलनामा अहिले सांघाइ कम्पोजिट इन्डेक्समा १९ प्रतिशतले कमी आएको छ । चीनको शेयरबजारमा धेरै मानिसहरू डरले शेयर बेचिरहेका छन् तर किनिरहेका छैनन् । चीनको शेयरबजारमा यस्तो उतारचढाव सन् २०१५ पछि पहिलोपटक देखिएको हो । साउथ चाइना मर्निङ् पोस्टको विवरण अनुसार चिनियाँ शेयरबजारमा यो हप्ता ५१४ अर्ब डलरको नोक्सान भएको छ । त्यो भनेको स्वीडेनको सिङ्गो अर्थतन्त्रको आकार बराबर हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०० अर्ब डलर अतिरिक्त शुल्क लगाउने चेतावनी दिएपछि पछिल्लो घटना भएको हो । यसको प्रतिक्रियामा पनि चीनले समेत त्यस्तै खाले कदम चाल्ने चेतावनी दिएको छ । ब्लुमबर्गका अनुसार, व्यापार युद्धको आशंकाका कारण चिनियाँ शेयरबजारमाथि विदेशी लगानीकर्ताको विश्वास डगमगाएको छ । साउन चाइना मर्निङ पोस्टमा प्रकाशित खबर अनुसार विदेशी लगानीकर्ताले ३०६ अर्ब युआनको शेयर मंगलवार बेचे । बिहीवार चाहिँ ८३ करोड युआनको शेयर बेचे । कतिपय विश्लेषक अमेरिकाबाट सुरु गरिएको व्यापार युद्धले शीतयुद्धको जस्तै अवस्था सिर्जना गर्न सक्ने ठान्छन् । चीन र अमेरिका विश्वका सबैभन्दा ठूला अर्थव्यवस्था हुन् । यदि यी दुईबीच तनाव लामो समयसम्म रहे त्यसले विश्व अर्थव्यवस्थालाई असर पार्नेछ । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies