Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

प्रधानमन्त्री ओली आज चीन जाँदै, यी विषयमा हुँदै छ सम्झौता

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग नेपालको विकास एवं पूर्वाधार निर्माणमा सहयोग र सहकार्यको प्रस्ताव राख्ने बताएका छन् । ऊर्जा, रेलवे निर्माण र भूकम्पपछिको पुनर्निर्माणमा दुईपक्षीय सम्झौता र समझदारीमै हस्ताक्षर हुने ओलीले जानकारी दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ–‘नेपालको चीनसँगको व्यापार घाटा, रेल र सडक सञ्जाल, प्रसारण लाइन निर्माणलगायतमा चिनियाँ सहयोग र सहकार्यबारे छलफल हुनेछ,’ मंगलबारबाट हुने चीन भ्रमणका एजेन्डाबारे सोमबार संघीय संसद्का दुवै सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, ‘ऊर्जा, रेलवे, पुनर्निर्माणमा दुईपक्षीय सम्झौता र समझदारीमा हस्ताक्षर नै हुनेछ ।’ ओलीले आफ्नो अघिल्लो कार्यकालमा भएका सम्झौता र सहमति कार्यान्वयनबारे थप कुराकानी हुने बताए । विगतका सम्झौता र संयुक्त वक्तव्यमा उल्लेख भएका कुरामा थप छलफल गर्दै छौं,’ उनले भने, ‘हाम्रा प्राथमिकताबारे उहाँहरूलाई जानकारी गराउँछौं । विकासका सन्दर्भमा हामीलाई के कस्तो सहयोग गर्नुहुन्छ र हामी के कस्तो सहकार्य गर्न सक्छौं भन्ने प्रस्ताव राखिनेछ ।’ उनले चीनसँग संयुक्त लगानी, सहयोग र सहकार्यका तीनवटा मोडलबाट अघि बढ्न सकिने उल्लेख गरे । उत्तर–दक्षिण सडकहरू निर्माणमा समझदारी हुने सम्भावना प्रधानमन्त्रीले औंल्याए । ‘उत्तर–दक्षिण जोड्ने सडकहरू, केरुङ र तातोपानी नाकाका सडक स्तरोन्नति तथा चीन जोड्ने उत्तर–दक्षिण करिडोरमा यसपटक समझदारी हुने सम्भावना छ,’ उनले भने । भारतले नाकाबन्दी लगाएयता नेपालले चीनसँग उत्तर–दक्षिण सडक निर्माणमा जोड दिँदै आएको छ । त्यसका लागि ६ वटा नाकाबाट सडक सञ्जाल जोड्न सकिने निष्कर्ष संसदीय समितिले यसअघि नै निकालिसकेको छ । ओलीको पहिलो प्रधानमन्त्रीकालमा भएको भ्रमणकै क्रममा नेपालले चीनसँग यो प्रस्ताव राखेको थियो । अहिले पनि नाका खुलाउने विषय प्राथमिकतासाथ राखिने जानकारी ओलीले दिए । पहिलो कार्यकालदेखि नै चिनियाँ रेललाई प्राथमिकतामा राखेका ओलीले यसपटक यस विषयमा चिनियाँ पक्षसँग विशेष कुराकानी गर्नेछन् । चिनियाँ समकक्षी ली खछ्याङलगायतसँग हुने छलफलमा यी विषय प्राथमिकतासाथ उठाउने जानकारी ओलीले दिए । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको शिष्टाचार भेटमा पनि चीनसँगको सम्बन्ध सुदृढ गर्नेबारे कुराकानी हुनेछ । पर्यटन प्रवद्र्धनमा चीनबाट लिन सकिने लाभ र पर्यटन विकासका विषयमा व्यापारिक समूहहरूसँग पनि छुट्टै छलफल गरिने प्रधानमन्त्रीले जनाए । ल्हासा भ्रमणका क्रममा सीमावर्ती क्षेत्रका समस्याबारे समेत कुरा हुने भनाइ उनको छ । ‘ल्हासा भ्रमणका क्रममा त्यहाँका नेताहरूसँग भेट हुन्छ र सीमावर्ती क्षेत्रका विषयमा कुरा हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालले चीनको संवेदनशीलता पनि बुझेको छ, उनीहरूका जायज चासो र चिन्ता हामी सुन्छौं ।’ उनले चीन भ्रमणका क्रममा गरिने कुनै पनि सम्झौता र छलफल मुलुकको बृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर हुने विश्वास संसद्लाई दिलाए । छिमेकीसँगको मित्रतापूर्ण सम्बन्धबाट अघि बढा नै नेपालले अधिकतम लाभ उठाउन सक्ने उल्लेख गर्दै ओलीले मित्रतामा पनि राष्ट्रिय हित स्वाभिमानको विशेष ख्याल गरिने प्रतिबद्धता जनाए । विकासका लागि नेपालको आफ्नै साधनस्रोत मात्र पर्याप्त नहुने भएकाले छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई मजबुत बनाउँदै आवश्यक सहयोग लिनैपर्ने बाध्यता रहेको ओलीले उल्लेख गरे । कान्तिपुरमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies