काठमाडौं । सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ । नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि सरकारले छानविन शुरु गरेको हो । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिलाई यही असार १५ गतेभित्र कारवाहीको सिफारिससहितको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ । मुलुकका विभिन्न स्थानमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई लेक लाग्नेलगायतका स्वास्थ्य समस्या तथा अन्य विपद्को उद्धारको नाममा फर्जी विवरण तयार पार्ने गरेको पाइएपछि सरकारले कडा नीति अख्तियार गरेको हो । विपद् उद्धारको नाममा फर्जी विवरण तयार पारी बीमा रकम दाबी गर्ने र ठगी गर्ने गरेको पाइएपछि नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ । सरकारले गठन गरेको छानविन समितिका संयोजक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव उपाध्यायले छानविन प्रक्रिया शुरु भएको जानकारी दिए । उनले नेपालको पर्यटन उद्योगलाई नै नकारात्मक असर पु¥याउने गरी भइरहेको गलत धन्दालाई नियन्त्रण गर्नुपर्ने भएकाले सरकारले कडाइका साथ हेरेको बताए । गैरकानूनी क्रियाकलापले नेपालको पदयात्रा तथा पर्वतारोहण सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक सन्देश गएको छ । सरकारले नेपालको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधारका रुपमा स्थापित गर्दै कूल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ । नक्कली बिरामी बनाउने तथा फर्जी बिल बनाई गलत धन्दा गर्ने प्रवृत्तिले समग्र पर्यटन क्षेत्रमा असर पर्ने भएकाले त्यस्तो क्रियाकलापलाई छुृट दिन नसकिने सरकारको भनाइ छ । मन्त्रालयले गठन गरेको छानविन समितिले अध्ययन शुरु गरेको छ । समितिमा १३ टे«किङ कम्पनी, १० हेलिकप्टर कम्पनी र सातवटा अस्पतालविरुद्ध समेत उजुरी परेको छ । उजुरीमाथि छानविन भइरहेको छ । नेपालका बीमा कम्पनीले बीमा गर्न सक्दैनन् भन्नेजस्ता त्राससमेत पर्यटकलाई देखाउने गरिएको व्यवसायीको भनाइ छ । सरकारले गठन गरेको छानविन समितिले बिरामी उद्धारमा संलग्न भनिएका कम्पनी तथा हेलिकप्टर कम्पनीसँग विवरण माग गरेको छ । नेपालको पर्यटन उद्योगमा फैलँदै गएको गलत धन्दालाई पूर्णरुपमा बन्देज लगाउन सरकारी तथा निजी क्षेत्रको साझा प्रयत्न जरुरी देखिएको समितिको भनाइ छ । पदयात्रा तथा हिमाल आरोहणका क्रममा प्राकृतिकरुपमा पदयात्रीलाई लेक लाग्न सक्छ । छानविन समितिमा प्राप्त भएको उजुरीमा व्यवसायीले गलत तरिकाले बिरामी पार्ने र उद्धार गरेको नाटक गर्ने गर्छन् । टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल छानविन समिति गठन हुनु स्वागतयोग्य रहेको बताउनुहुन्छ । उहाँले विगतमा व्यवसायीका तर्फबाट भएका केही कमी कमजोरीलाई सुधार गरेर जानुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले भने “विगतमा व्यक्तिगतरुपमा भन्दा पनि समग्र प्रणालीका कारण गल्ती भएको हो । त्यसलाई आगामी दिनमा सुधार गरेर मर्यादित व्यवसायका लागि पद्दतिको विकास गर्नुपर्छ ।” रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: