Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

विचारसहितका कलात्मक र सुन्दर सिर्जनामा जोड

काठमाडौँ। साहित्य सन्ध्याको ३८५ औँ शृङ्खलामा शनिबार ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा भएको परिचर्चामा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य, वरिष्ठ साहित्यकार एवम् सञ्चारकर्मी रघुजी पन्तले लेखनमा नयाँ विम्ब प्रयोग र राम्रा सिर्जना गर्ने हो भने प्रकाशनको समस्या अहिले नरहेको बताए । उनले विद्युतीय माध्यमको प्रयोग गरेर राम्रा सिर्जना सम्प्रेषण गर्न सकिने राम्रो अवसर अहिले आएको बताउँदै भने, “प्रगतिशील स्रष्टाले पनि विचारसहितका कलात्मक र सुन्दर सिर्जना विद्युतीय सञ्चारमाध्यमको प्रयोगका माध्यमबाट सम्प्रेषण गर्नुपर्छ ।” आजको युगमा समाजका आवश्यकता र रुचिका कुरा हाम्रा सिर्जनाले दिन सकेनन् भने सिर्जनाको आकर्षण घट्ने बताउँदै उहाँले नयाँ पुस्तालाई जोड्ने र तिनैलाई केन्द्रमा राखेर सिर्जना गर्न सकेमा सञ्चारमाध्यममा सजिलै स्थान प्राप्त हुन सक्ने विश्वास व्यक्त गरे । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा नारायणप्रसाद निरौलाद्वारा लिखित ‘आमाको माया’ लघुकथा सङ्ग्रहको लोकार्पण गरिएको थियो । डा पुष्करराज भट्टले कृति समीक्षा गर्दै कथामा समाजका यथार्थपरक विसङ्गतिलाई उजागर गरिए पनि रूपान्तरणको वैचारिक आग्रह भने कमजोर भएको र धेरै कथा लघुकथाको मानकअनुसार नरहेको विचार राखे । लघुकथा फरक झट्का दिएर टुङ्गिनुपर्दछ भन्ने पक्षमा कथाकारको ध्यान जानुपर्ने र भाषिक पक्षमा पनि सचेत हुनु आवश्यक रहेको उहाँले बताए । गोष्ठीमा मुकुन्द न्यौपाने, डम्बर पहाडी, निर्भीक राई, गोविन्द नेपाल, देवु लुइँटेल, वैरागी जेठा, उमेश उपाध्याय, गोपाल बराल, वासुदेव अधिकारी, गोविन्द वेदमणि, जयन्ती स्पन्दन, गणेश मार्मिक, तारा गाउँले, कमल जङ्गली, गोमा कटुवाललगायतले आआप्mना कविता, गीत, गजल, एलाक९एक लाइन कविता० वाचन गर्नुभएको मञ्चका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिए । वाचित कृतिमाथि प्रा डा पारसमणि भण्डारीले समीक्षा गर्दै कलामूल्यका हिसाबले सबै कविता बन्न नसकेको तथा कतिपय कविता कलाका हिसाबले मध्यम तर विचार र विषयको उठान राम्रो भएको बताए । कार्यक्रममा रु एक हजार राशिको नियमित मासिक नियात्रा पुरस्कार अच्युत घिमिरेलाई प्रदान गरियो । गोष्ठीमा सन्ध्याका अध्यक्ष राम विनयले स्रष्टा सदैव प्रतिपक्षी हुन्छ भनिन्छ तर स्रष्टाले सकारात्मक र नकारात्मक खुट्याउनसक्नुपर्दछ र समाजरूपान्तरणका पक्षमा कलम चलाउनुपर्दछ भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending