Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

रोनाल्डोको ह्याट्रिक, पोर्चुगल र स्पेन बराबरीमा

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको गएराति भएको उत्कृष्ट खेल निकै रोमाञ्चक रह्यो । रुसको सोचीमा भएको खेलमा स्पने र पोर्चुगल भिडेका थिए । दुवै टिमले ३ (३ को बराबरी खेले । तर, यो खेल अवधिभर दर्शकले मुटुको चाल तीव्र हुने खेल हेर्न पाए । चौथो मिनेटमा पाएको पेनाल्टी मार्फत कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाए । त्यसको २० मिनेटपछि स्पेनका लागि डिएगो कोस्टाले बराबरी गोल गरे । रोनाल्डोले ४४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा टिमलाई २(१ को अग्रता दिलाए । । तर दोस्रो हाफमा स्पेनले फेरि बराबरी र त्यसपछि अग्रता लियो । स्पेनका लागि ५५ औँ मिनेटमा डिएगो कोस्टाले फेरि बराबरी गोल गरे । खेलमा उनको यो दोस्रो गोल हो । त्यसपछि ५८ औँ मिनेटमा नाचोले गोल गरे र ३/२ को अग्रता दिलाए । तर पोर्चुगलका कप्तान रोनाल्डोले ८८ औँ मिनेटमा ह्याट्रिक गर्दै खेलमा बराबरी गरे । रोनाल्डोले यो खेलमा चौथो, ४४ र ८६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनको यो करिअरको ५१ औँ ह्याट्रिक हो । यस्तै विश्वकपमा भएको पनि ५१ औँ ह्याट्रिक हो । पोर्चुगल र स्पेनबिचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । खेलमा दबाब स्पेनको रह्यो तर गोल दुवै तर्फबाट भयो । रोनाल्डोले चार फरक फरक विश्वकपमा गोल गरेका हुन् । उनले २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका हुन् । रोनाल्डोले राष्ट्रिय टिमबाट १५० खेलमा ८३ गोल गरेका छन् । स्पेनका आन्द्रेश इनिएस्टाले ३४ औँ मिनेटमा गोल गर्ने प्रयास गरे । ४१ औँ मिनेटमा इस्कोले गोल गर्ने प्रयास गरे तर पोर्चुगलका गोलरक्षकले जोगाए । ७१ औँ मिनेटमा कोस्टाले ह्याट्रिकको मौका गुमाए । ७६ औँ मिनेटमा कोस्टा बाहिरिए । ७९ औँ मिनेटमा पोर्चुगलले गोल गर्ने मौका बनायो । रोनाल्डोले प्रहार गरे तर स्पेनका गोलरक्षकले जोगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending