Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

खाद्यान्न अभावसँगै मूल्य वृद्धि

सोलुखुम्बु । ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ, भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ ।

थुलुङ दूधकोशी गाउँपालिका– ९ लोखीमका सिंहबहादुर तामाङले रु १९ सयमा किनेको चामलको मूल्य वृद्धि भएर रु दुई हजार १०० पुगेको बताउनुभयो । मूल्य वृद्धि हुँदा सर्वसाधारण मारमा परेका छन् । दैनिक उपभोग्य बस्तु दाल, चिनी, चामल, नुन र तेलको मूल्य वृद्धि भएको छ । निर्माण सामग्रीको अभाव भएको छ । सोलु दूधकुण्ड नगरपालिका–५ की करिश्मा बस्नेत मूल्य वृद्धि हुँदा दैनिकी कष्टकर बनेको बताउछन्। उनी भन्छन् “हरेक सामानको मूल्यमा वृद्धि भयो, खान नसकिने अवस्था छ ।” सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ । सो क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले डिजेल र पेट्रोलको अभाव भएको छ । ग्यासमा प्रति सिलिण्डर रु १५० ले वृद्धि भएको व्यापारी दोर्जी शेर्पाले बताए । उनले भने “पुराना मौज्दात सामानको मूल्य वृद्धि भएको छैन तर भर्खरै ढुवानी भएको सामानको मूल्य ढुवानीका कारण बढेको छ ।” उपभोक्ताले निर्माण सामग्रीको अत्याधिक माग गरेका छन् । सामग्री उपलब्ध गराउन नसकेको माँ देवी अटोग्रिल सेन्टरका प्रोपराइटर भोगेन्द्र खनालले बताए । उनले भने “पुनः निर्माण्का चरणमा रहेकाले धमाधम घर निर्माण हुँदै छ, सामान छैन, बर्षा लागिसक्यो । उपभोक्तालाई सामान उपलब्ध गराउन सकेका छनौँ ।” कटारीबाट सामान ढुवानी गर्न नसकिने भएपछि वैकल्पिक मार्गहुँदै सामान ल्याउन नपाएकोे व्यापारी बताउँछन् । शिद्धिचरण लोकमार्गको विकल्पका रुपमा रहेको वर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्डमा पनि १० टन माथिका मालबाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । ढुवानी सेवा ठप्प भएको सोलुखुम्बु उद्योग वाणिज्य संघका सचिव तार्देन शेर्पाले बताए । शेर्पाले भने “पुराना सामानको मूल्य बढेको छैन तर भर्खरै ढुवानी गरिएका सामानको मूल्य ह्वात्तै बढेको छ ।” सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले सवारी साधन सञ्चालनका लागि व्यवसायीले बिपी राजमार्गको प्रयोग गर्न थालेका छन् । सामान आयात ठप्प भएसँगै बजारमा ग्राहकको माग अनुसारको सामग्री उपलब्ध हुन छाडेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए । उनले भने “ढुवानीको वैकल्पिक व्यवस्था नगरे दैनिकी कष्टर बन्छ ।” जिल्लामा मौज्दात सामानले १५ दिन धान्न सक्ने उद्योग वाणिज्य संघले जनाएको छ । उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले भन्नुभयो, “हामीलाई नाकाबन्दीको आभाष भएको छ, पेट्रोलियम पदार्थ, निर्माण सामग्री लगायतको अभाव भएको छ ।” सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश दिएसँगै खाद्यान्न र पेट्रोलियम पदार्थ बोकेका मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएका छन् । ठाँटी क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम असार १५ सम्म सक्ने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending