Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

फुटबल पण्डित भन्छन्-यो वर्षको विश्वकप फाइनल ‘भयानक’ हुन्छ

काठमाडौं । विश्वकप फुटबलको २१ औँ संस्करण आजदेखि रुसमा शुरु हुँदै छ । एक महिनासम्म हुने विश्वकप हेर्न फुटबलप्रेमी निकै प्रतिक्षामा छन् । अधिकांश फुटबलका जानकार र समर्थक यो संस्करण कसले जित्ला भनेर अड्कल बाजी पनि लगाइ रहेका छन् । फुटबल पण्डितहरुले आआफ्ना विश्लेषण र दलिल दिएर भविष्यवाणी गरिरहेका छन् । खेल बुझेको र त्यसको रणनीति आफैले बनाउने व्यक्तिले गरेको प्रेडिक्सनले अर्थ पक्कै राख्छ । यसैविच, म्यानचेस्टर युनाइटेडका पोर्चुगिज प्रशिक्षक मोरिन्होले विश्वकपका लागि आफ्नो भविष्यवाणी गर्दै यो विश्वकपको फाइनल निकै ‘भयानक’ हुने बताएका छन् । फाइनलमा पोर्चुगल र अर्जेन्टिना मोरिन्होको भविष्यवाणी अनुसार फाइनलमा यो शताब्दीकै दुई उत्कृष्ट खेलाडीको भेट हुनेछ, क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी । अर्थात रुस विश्वकपमा सबैलाई पछि पार्दै रोनाल्डोको पोर्चुगल र मेस्सीको अर्जेन्टिना फाइनलमा पुग्ने छन् । फाइनल यात्राका लागि पोर्चुगलले सेमिफाइनलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउने उनको प्रेडिक्सन छ । यस्तै अर्जेन्टिनाले यसअघिको फाइनलमा बेहोरेको हारको बदला जर्मनीसँग सेमिफाइनलमा लिएर अन्तिम यात्रा तय गर्ने उनको भविष्यवाणी छ । ब्राजिलले जर्मनीलाई हराएर तेस्रो स्थान लिने मोरिन्होले प्रेडिक्ट गरेका छन् । यसअघि मोरिन्होले स्टार स्ट्राइकर रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल सेमिफाइनलसम्म पुग्ने बताएका थिए । सेमिफाइनलमा पुग्नका लागि पोर्चुगलले क्वाटरफाइनलमा फ्रान्सलाई हराउने उनले बताएका छन् । पोर्चुगलले दुई वर्षअघि घरेलु मैदानमै फ्रान्सलाई हराउँदै युरोकप फुटबलको उपाधि उचालेको थियो । मोरिन्होका अनुसार पोर्चुगलले फेरि फ्रान्सलाई हराउने छ । मोरिन्होका अनुसार ब्राजिल इंग्ल्याण्डलाइ हराएर सेमिफाइनलमा पुग्ने छ । अर्को तर्फ लियोनल मेस्सीको टिम अर्जेन्निटनाले स्पेनलाई हराएर अन्तिम चारको यात्रा तय गर्ने उनले यसअघि प्रेडिक्ट गरेका थिए । त्यस पछिको प्रेडिक्सनमा पोर्चुगल र अर्जेन्टिना अघि बढ्ने मोरिन्होले बताएका हुन् । उनले फाइनलमा कसले जित्छ भन्ने चाहिँ प्रेडिक्ट गरेका छैनन् । तर फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने र त्यसमा रोनाल्डो र मेस्सीको भूमिका महत्वपूर्ण हुने उनले बताएका छन् । रोनाल्डो पेनाल्टीमा गोल गर्न माहिर मानिन्छन् । मेस्सीले दुई वर्षअघि कोपा अमेरिकाको फाइनलमा चिलीसँगको खेलमा पेनाल्टी गुमाएका थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending