शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो
जेष्ठ १९ गते, २०७५ शनिवार 2nd June, 2018 Sat०७:४९:१२ मा प्रकाशित
काठमाडाैं ।सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारूप पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनिवार्य गरिएको छ भने कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । योसँगै अब ११ र १२ कक्षामा संकाय (फ्याकल्टी) प्रणाली हटाइएको छ । अब ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीले यसअघिको विज्ञान संकायको कुनै एक विषय र मानविकी तथा शिक्षाको अन्य कुनै विषय पनि रोजेर अध्ययन गर्न सक्ने भएका छन् ।
अाजको राजधानीमा खबर छ-कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिएको हो । सो तहमा कूल १०२४ वार्षिक कार्य घण्टा हुनेछ । प्रारूपमा एक क्रेडिट आवरमा ३२ घण्टा मानिएको छ ।
यसअघि कक्षा ११ र १२ मा नेपाली र अंग्रेजीलाई मात्र अनिवार्य विषय बनाइँदै आएकामा अब दुई विषय थप गरिएको हो । अनिवार्य विषयमा थप भएकामध्ये सामाजिक अध्ययन विषयमा जीवन दृष्टिकोण, नेपालको परिचय, विश्व इतिहास र समसामयिक विषयका सामग्री समेटिने भएका छन् । जीवनोपयोगी शिक्षा विषयमा भने व्यवसाय अभिमुखीकरण, व्यावसायिक योजना निर्माण, अनुसन्धान विधि, व्यक्तित्व विकास, समालोचनात्मक सोच, सुव्यवस्थापन, उपभोक्ता स्वास्थ्य, वित्तीय साक्षरता, नेतृत्व कलालगायतका सामग्री समेटिने मन्त्रालयले जनाएको छ ।
नेपाली विषयलाई पनि प्रयोजनात्मक नेपालीका रूपमा विकसित गरिने मन्त्रालयले जनाएको छ । बाँकी तीनवटा विषय ऐच्छिक रहने व्यवस्था गरिएको छ ।
शिक्षा मन्त्रालयले कक्षा ९ र १० मा पाँचवटा विषय अनिवार्य र दुईवटा ऐच्छिक विषय रहने व्यवस्था गरेको छ । कक्षा १० को जनसंख्या विषय भने हटाइएको छ । ९ र १० को ऐच्छिकमध्ये पहिलो साधारण शिक्षाका विषय र अर्कोमा व्यावसायिक प्रवर्धन गर्ने विषयहरू समेटिने
भएका छन् । आधारभूत तह कक्षा ४ देखि ८ सम्ममा लागू हुने गरी नैतिक आचरण विकासका लागि मानवमूल्य शिक्षाको विषयलाई समेटिने भएको छ । कक्षा १ देखि ३ सम्म समष्टिगत (इन्टिग्रेटेड करिकुलम) पाठ्यक्रम लागू गरिने पनि मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयले २०६३ मा लागू गरेको सो प्रारूप यसअघि २०७१ मा परिवर्तन भएको थियो । हाल विद्यालय तह भन्नाले शिशु कक्षादेखि कक्षा १२ सम्म मानिन्छ । नयाँ प्रारूपका आधारमा क्रमिक रूपमा पाठ्यक्रम र पाठ्यपुस्तक तयार हुनका साथै मूल्यांकन पद्धतिमा पनि परिवर्तन गरिने मन्त्री पोखरेलले जनाएका छन् ।
समाजवादोन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्य घण्टा (क्रेडिट आवर)को संरचना र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिएर प्रारूप पारित गरिएको मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री पोखरेलले नेपालको संविधान, शिक्षा ऐन र नियमावलीअनुरूप हुने गरी राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार गरिएको बताए ।
शिक्षाविद डा. विद्यानाथ कोइरालाले पाठ्यक्रम प्रारूप सकारात्मक रहेको बताए । ‘यसले कम्पिटेन्सी बेस पछ्याएको छ, वार्षिक पद्धति हटेर क्रेडिट आवरमा गएको छ । यसअघि सिंगल ट्र्याक भनिए पनि बजारमा त्यस्तो थिएन, अब यसले एकल पथीय कायम गरेको छ । यी विषय धेरै राम्रो छन्’ शिक्षाविद् कोइरालाले राजधानीसँग भने, ‘तर यसको कार्यान्वयनको विषय महŒवपूर्ण हो ।’
पाठ्यक्रमको कार्यान्वयनका क्रममा शिक्षक व्यवस्थापन, सबै प्रदेशले लिइने परीक्षामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर दिन सक्ने विषय तथा प्राविधिक तथा अन्य शिक्षालाई व्यावसायिक शिक्षा बनाउने विषय चुनौतीका रूपमा रहेको उनको भनाई छ ।
८८ हजार विद्यार्थी भर्ना
सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियान र पाठ्यपुस्तक कार्यक्रमबाट १ कक्षादेखि ५ कक्षा उमेर समूहका ८८ हजार २०७ मध्ये ७६ हजार ६७५ बालबालिका भर्ना भएको जनाएको छ ।
एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ सञ्चालित विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गर्ने अभियान सम्पन्न भएको हो ।
यस अभियानबाट विद्यालय बाहिर रहेका कक्षा १ देखि ५ (५ देखि ९ वर्ष उमेर समूहका) ८८ हजार २०७ मध्ये ७६ हजार ६५७ र कक्षा १ देखि ८ (५ देखि १२ वर्ष उमेर समूहका) ३ लाख १३ हजार २८९ मध्ये २ लाख ५३ हजार ५५६ बालबालिका विद्यालयमा भर्ना भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले छुटेका विद्यार्थीलाई विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियानको तयारी भइरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: